धनगढीः भारतीय पूर्व सेनाध्यक्षहरु नेपाली सेनाको हेलिकोप्टरमा जोमसोम हुँदै मुक्तिनाथ गएका छन्। हिजो सेनाको २६० औं स्थापना दिवसमा आमन्त्रित भारतीय पाहुनाहरु आज बिहान दुई वटा हेलिकोप्टरमा त्यसतर्फ गएका हुन्।
सेनाको एनए ०५८ अगुस्ता र एनए ५३ एमआई हेलिकोप्टरमा २५ जनाको टोली त्यसतर्फ गएको हो। हेलिकोप्टर बिहान साढे ७ बजे काठमाडौंबाट उडेको बताइएको छ। एउटा हेलिकोप्टरमा क्रु मेम्बरसहित ११ जना र अर्कोमा २१ जना सवार छन्। भारतीय चार जना पूर्वसेनाध्यक्षहरु अस्ति आफ्ना परिवारका सदस्यसहित काठमाडौं आएर हिजो सेनाको कार्यक्रममा सहभागी भएका हुन्।
नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्ष विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कपुर र दलवीर सिंह सुहाग अस्ति बिहान काठमाडौं आएका हुन्।
Facebook Comments Box