Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै काम नगर्ने छुट नभएको बताएका छन् । सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई काम नगर्ने छुट नभएको बताएका हुन् । मन्त्री भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका हुन् । यसअघि गत फागुनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका भण्डारी पुन सोही मन्त्रालयमा चौथोपटक मन्त्री भएका हुन् । मन्त्री भण्डारीले भने, ‘अब काम नगर्ने छुट छैन् । काम गर्नैपर्ने बाध्यता छ । मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण छ । मैले यस मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको छु । त्यसैले मेरो…

Read More

धनगढी : बझाङको खप्तड छान्ना गाउँपालिकाका २० वर्षीय राजेन्द्र सार्की असार २४ गतेदेखि हराइरहेका छन्। उनलाई अन्तिम पटक बझाङबाट धनगढी तर्फ जाने बसमा देखिएको थियो। राजेन्द्रको मानसिक अवस्था कमजोर भएकाले उनको खोजी कार्यमा कठिनाई भइरहेको छ। परिवारजनले उनको सुरक्षित खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। राजेन्द्रलाई देखेमा वा सम्बन्धित कुनै जानकारी प्राप्त भएमा, निम्न सम्पर्क नम्बरमा तुरुन्तै जानकारी गर्न अनुरोध गरिएको छ । सम्पर्क नम्बर : ९७६९९६५७१५

Read More

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयमा कार्यान्वयनमा सहयोग नगरेको गुनासो गरिएको छ । राजनीतिक समीकरण फेरिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिएपछि अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको जारी बजेट अधिवेशन अन्त्य गरेको अध्यायदेशमार्फत बजेट ल्याउन खोजेका छन् । त्यसका लागि मन्त्रिपरिषद्बाट प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गराएर सोडारीले प्रदेश प्रमुख मियाँलाई पत्राचार गरेका छन् तर प्रदेश प्रमुख नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन काठमाडौँ हिडेपछि अधिवेशन…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा पदभार ग्रहण गर्दै सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेका छन् । १० दिनको समयसीमा दिइएको कार्यदल प्रतिवेदन पेश गर्न भनिएको छ। यस्तै, उनले वर्तमान सरकारले राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने दाबी गरेका छन्। उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रको संकट समाधान गरेर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्न सरकारले काम गर्छ ।’

Read More

धनगढी : बैतडीका सासंद दामोदर भण्डारी चौथो पटक मन्त्री बनेका छन् । नयाँ गठबन्धनको सरकारमा भण्डारी उद्योगमन्त्रीमा दोहोरिँएका हुन् । यसअघि प्रचण्ड सरकारमा भण्डारी उद्योग मन्त्री थिए । बैतडीको पाटन नगरपालिका-६ मा २०३० साल कात्तिक २० गते जन्मिएका थिए, दामोदर भण्डारी बुबा उदयसिंह भण्डारी र आमा कमला भण्डारीका पुत्र दामोदरले २०४६ सालबाट राजनीति गर्न थाले। भण्डारी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका थिए। २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने। त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए। २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको पार्टी प्रमुख (सचिव)…

Read More

धनगढी : ज्वाइँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ सरकारबाट बाहिरिदा उनै ससुरा शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । लोकतान्त्रिक समाजवादीका नेता भण्डारी र श्रेष्ठ ज्वाइँ ससुरा हुन । ज्वाइँ–ससुरा फरक पार्टीबाट सरकारमा आलोपालो मन्त्री भइरहेका छन् । भण्डारी गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ जना मन्त्रीहरुलाई शपथग्रहण गराएका छन् । शीतलनिवासमा सोमबार आयोजित एक समारोहमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्त्रिपरिषद्…

Read More

धनगढी : एमाले नेतृ एवम कास्की निर्बाचन क्षेत्र नम्बर २ कि सांसद विद्या भट्टराई शिक्षा मन्त्री बनेकी छन् । शिक्षा मन्त्री बनुकी विद्या स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालिन सँस्कृति तथा पर्यटन मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । अधिकारीको निधनपछि रिक्त भएको स्थानमा एमालेले विद्यालाई उमेद्वार बनाएको थियो । त्यो निर्बाचन जितेकी भट्टराई कास्की २ बाट २०७९ सालमा दोश्रो पटक पनि प्रत्यक्ष निर्बाचित भएकी जनप्रतिनिधि हुन् ।

Read More

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्।  उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ। यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री: १) केपी शर्मा ओली, प्रधानमन्त्री२)प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय ३)विष्णु पौडेल उपप्रधान तथा अर्थ४)पृथ्वीसुब्बा गुरुङ, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय५)रमेश लेखक, गृह६)शरदसिंह भण्डारी, श्रम रोेजगार मन्त्रालय७)आरजु राणा, परराष्ट्र मन्त्रालय८)प्रदीप यादव, खानेपानी मन्त्रालय९)बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय१०)दामोदर भण्डारी, उद्योग वाणिज्य११)नवलकिशोर साह सुडी, महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक…

Read More

धनगढीः कैलालीका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको विनोद अटो वर्कशपमा काम गर्ने ३५ वर्षीय जिवन लामा आइतवार मृत अवस्थामा फेला परेका हुन्। लामा भीमदत्त नगरपालिका–४ विद्युत कार्यालय अगाडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो । सभापति शेरबहादुर देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाएका छन् । इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै नाम दिन ढिलाइ गरिरहेका थिए । तर, देउवाले तीन मन्त्रालयभन्दा दिन नसक्ने सुनाएपछि शेखर कोइराला र गगन थापा समूहले पाण्डे, पौडेल र अधिकारीको नाम दिएका हुन् । कसलाई कुन मन्त्रालय ? १. प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास २. रमेश लेखक-गृह ३. आरजु राणा-परराष्ट्र ४. दीपक खड्का-ऊर्जा ५. ऐनबहादुर शाही- वन ६. अजय चौरसिया- कानून ७. तेजुलाल चौधरी-…

Read More