धनगढी : ज्वाइँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ सरकारबाट बाहिरिदा उनै ससुरा शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् ।
लोकतान्त्रिक समाजवादीका नेता भण्डारी र श्रेष्ठ ज्वाइँ ससुरा हुन । ज्वाइँ–ससुरा फरक पार्टीबाट सरकारमा आलोपालो मन्त्री भइरहेका छन् ।
भण्डारी गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ जना मन्त्रीहरुलाई शपथग्रहण गराएका छन् ।
शीतलनिवासमा सोमबार आयोजित एक समारोहमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्त्रिपरिषद् सदस्य बनाइएकाहरुलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहण गर्नेमा पहिलोपल्ट मन्त्रिपरिषद्को अनुभव लिन लागेका दर्जन नयाँ अनुहारदेखि दर्जनबढी पटक मन्त्रीको शपथ खाइसकेका शरदसिंह भण्डारीसम्म रहेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का वरिष्ठ नेता भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । उनी विगत ३७ वर्षयता फरक–फरक व्यवस्था र दलको नेतृत्वमा गठन भएका मन्त्रिपरिषद्हरुमा मन्त्री बन्दै आएका छन् ।