Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौंको किर्तिपुरमा युवा व्यवसायी फिरोज सिंहले नेवारी रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। हालै उनले सस: ट्वा नामक रेस्टुरेन्ट खोलेका हुन्। उनका अनुसार सस भनेको ससुराली र ट्वा भनेको टोल हो। उनले यो रेस्टुरेन्टमार्फत त्यो टोललाई नै परिचित गराउन खोजेको पनि बताएका छन्। यस्तै यो नेवारी रेस्टुरेन्ट भएकाले यहाँ नेवारी स्पेसल खानाका प्रकारहरु उपलब्ध रहने उनको भनाई छ। यस्तै यहाँ आउनेहरुको सत्कार र मीठो खाना खुवाउनुका साथै नेवारी संस्कृतीलाई प्रवर्द्धनसमेत गर्ने हेतुले रेस्टुरेन्ट संचालनमा ल्याइएको उनले जनाए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

Read More

घनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले मातहत अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्। प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुखलगायतलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिएका हुन्। उक्त अवसरमा डिआइजी सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर लाग्न निर्देशन दिए। ‘जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुस्,’ उनले भने। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको १० बुँदे कार्ययोजना मातहतमा समेत अक्षरस कार्यान्वयन गर्न डिआइजी सिंहले निर्देशन दिए। भारतसँगको खुल्ला सिमा नाकाहरुका कारण लागूऔषध सेवन…

Read More

धनगढी: अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टस एण्ड सप्लायर्समा अगलागी भएको छ। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ जयगढ बजारस्थित नृप खड्काको मोटर अटो पार्टस एण्ड सप्लायर्समा बिहीबार राति आगलागी भएको अछाम प्रहरीले जनाएको छ। अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण खुल्न नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं: नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए।त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

Read More

धनगढी: बेलौरी नगरपालिका–५ रामनगरमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का घाइते छन्। करिब साढे १० बजेतिर सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ।

Read More

महेन्द्रनगरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार माघदेखि नै खटाएको ठाउँबाट तलब, भत्ता पाउने गरि उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीमा खटाएको हो। चौधरीको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण, र अभिलेख व्यवस्थापन महाशाखा महाराजगञ्ज काठमाडौंबाट कमल थापा आउने भएका छन्। चौधरीसँगै नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा भएको हो। यसैगरी, प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयकै नायव उपरीक्षक (डीएसपी) को पनि सरुवा गरेको छ। कञ्चनपुर डीएसपी चक्रबहादुर शाहसहित १ सय ५० डीएसपीको सरुवा भएको हो। उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज केन्द्रीय पुस्तकालयमा खटाइएको…

Read More

धनगढीः कैलाली कारागारका प्रहरी प्रमुखसहितका ३० जना प्रहरी कर्मचारीको जिम्मेवारी खोसिएको छ भने जेलरको पनि सरुवा गरिने भएको छ।कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उनीहरुको ठाउँमा बिहीबार नै नयाँ प्रहरी कर्मचारी पठाइएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको बताए। उनकाअनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया पनि अघि बढेको छ। जोशीकाअनुसार जेलर थापाको ठाउँमा अर्को व्यक्ति पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…

Read More

धनगढी: नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्वस्थ भएका छन्। विगत लामो समयदेखि मृगौलाको बिरामी रहेका कटवाल सिकिस्त बनेका हुन्। अहिले कटवालको काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा उपचार भैरहेको छ। अस्पताल स्रोतकाअनुसार २ वटै मृगौला फेल भएका ७५ वर्षीय कटवाल निरन्तर डायलाइसिस गराइरहेका थिए। तर, आज अचानक डायलाइसिस गर्ने क्रममा उनको मुखबाट रगत आएपछि उनी सिकिस्त बनेका हुन्। कटवाललाई अहिले आइसियुमा राखेर उपचार भैरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।

Read More

धनगढी: प्रहरी प्रधान कार्यालयले एकैसाथ ११६ जना डिएसपीको सरुवा गरेको छ। आज (बिहीवार) एक सूचना जारी गर्दै ११६ जना डिएसपीको सरुवा भएको जनाइएको हो। हेर्नुस् सूची

Read More