धनगढी: नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्वस्थ भएका छन्। विगत लामो समयदेखि मृगौलाको बिरामी रहेका कटवाल सिकिस्त बनेका हुन्।
अहिले कटवालको काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा उपचार भैरहेको छ। अस्पताल स्रोतकाअनुसार २ वटै मृगौला फेल भएका ७५ वर्षीय कटवाल निरन्तर डायलाइसिस गराइरहेका थिए।
तर, आज अचानक डायलाइसिस गर्ने क्रममा उनको मुखबाट रगत आएपछि उनी सिकिस्त बनेका हुन्। कटवाललाई अहिले आइसियुमा राखेर उपचार भैरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।
Facebook Comments Box