Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर मन्त्री पाण्डेले पदभार ग्रहण गरेका हुन्। उनले महाकाली नदीमा तुइन विस्थापित गर्नका लागि झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय गरेका छन्। ‘पश्चिम नेपालका कस्तो दर्दनाक अवस्था छ, तपाईंहरुले सुन्नुभएकै होला, त्यो काम अहिलेसम्म पूरा गर्न सक्दैन भने यो मन्त्रालय स्थापना भएर अर्थ पनि छैन,’ उनले भने, ‘त्यहाँ आधा घण्टाको अन्तरमा झोलुङ्गे पुल निर्माण हुन्छ ।’ महाकाली नदीमा आधा घण्टाको अन्तरमा कति ओटा झोलुङ्गे पुल चाहिन्छ अध्ययन गरेर आवश्यकताको आधारमा बनाउने उनले बताए।

Read More

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल बहादुर सिंहको काज सरुवा भएको छ। सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको हो। उनको ठाउँमा प्रहरी निरीक्षक बीरेन्द्रसिंह जोहारी आउने भएका छन्। उनी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत थिए।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन्। ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए। चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन्। उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २४ मत पाएकी थिइन्। पन्तले कांग्रेसको १९, नेकपा एकीकृत समाजवादीको ४ र स्वतन्त्र १ मत पाएकी थिइन्।

Read More

काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। आज मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएको थियो। मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए। स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो। पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताए।

Read More

धनगढीः अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बालिका बलात्कारको आरोपमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो। जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ। एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो। सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन्। हाल उनी जिल्ला अदालत…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दिएकी छन्। एमालेका प्रदेशसभा सदस्य सुरेन्द्र पालको प्रस्ताव र माओवादीकी लक्ष्मी बिकको समर्थनमा चौधरीले मनोनयन दर्ता गरेकी हुन्। चौधरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ। चौधरीविरुद्ध कांग्रेसको समर्थनमा नेकपा एकीकृत समाजवादीकी माया पन्तले उम्मेदवारी दिएकी छन्। उपसभामुख चयनका लागि साँझ ६ बजे मतदान गर्ने कार्यसूची छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य माया पन्तले उम्मेदवारी दिएकी छन्। नेपाली कांग्रेसको समर्थनमा पन्तले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्। एकीकृत समाजवादीका प्रदेशसभा सदस्य नरेश शाहीको प्रस्ताव र कांग्रेसकी मधुदेवी भारतीको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्। सभामुख भीमबहादुर भण्डारीले मंगलबार साँझ ६ बजे उपसभामुख चयनका लागि प्रदेशसभाको बैठक बोलाएका छन्। सत्तारुढ गठबन्धनले नेकपा एमालेकी कोइलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। चौधरीले केही बेरमा उम्मेदवारी दिदैछन्। सचिवालयकाअनुसार साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

Read More

धनगढीः सुदूरपश्चिमको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस–नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादी माया पन्त चुनावी मैदानमा उत्रिने भएकी छन्। यसअघि नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख नागरिक उन्मुक्तिले स्वीकार नगरेपछि एमालेले लिएको हो। आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन्। आजै उपसभामुखको पनि निर्वाचन हुँदै छ।

Read More

धनगढीः कैलाली प्रहरीले धनगढीमा अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि बस्ने २३ वर्षीय आयुस ढकाल र गौरीगंगा नगरपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २५ वर्षीय बिजय नेपाली पक्राउ परेका हुन्। उनीहरुलाई ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

Read More

धनगढीः प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा सोमबार सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेका छन्। हिजो भएको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरी दुई खेलमा शतप्रतिशत जित निकाल्दै चार अंकका साथ सेमिफाइनल प्रवेश गरेको छ। यही समूहबाट पहिलो दुई खेलमा जित हात पार्दै एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ। लगातार दोस्रो हारपछि गण्डकीको सेमिफाइनल यात्रा टुंगिएको छ। ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेटायो। कप्तान बिन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन्। सोभा रोकाया ८ रनमा अविजित रहिन्। गण्डकीबाट एकमात्र विकेट निरुता जीटीले लिइन्। यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित…

Read More