Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगरः महेन्द्रनगरमा भर्खरै बिस्फोट भएको छ। भीमदत्त नगरपालिका-६ स्थित भानु पाटि प्यालेस अगाडि एक कवाड संकलन केन्द्रमा बिस्फोट भएको हो। बिस्फोट हुँदा एक जना घाइते भएका हुन्। प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ। आगो तापिरहेका बेला बिस्फोट भएको थियो। घटनाको विवरण आउन बाकी छ।

Read More

धनगढी: डडेल्धुराको भागेश्वार गाउँपालिकाले रोजगार सहायक र प्राविधिक सहायक माग गरेकोमा कुनै पनि उम्मेदवारले पास गर्न नसकेको जनाएको छ। एक सूचना जारी गर्दै पालिकाको कार्यालयले यस्तो जनाएको हो। परिक्षार्थीहरुले उक्त परिक्षामा ४० अंक ल्याउन नसकेका हुन्। त्यहाँ अब फेरि परिक्षा हुनेछ।हेर्नुस् सूचना

Read More

महेन्द्रनगर: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सीप, संस्कार र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताएका छन्। आज शुक्लाफाँटा नगरपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास सधैं रहनेछ,’ उनले भने, ‘पछिल्लो समय विद्यार्थीहरु कुलतमा फसिरहेको छन्, अभिभावकहरुले समयमै आफ्ना बाल बालिकाहरुको हेरविचार गर्न जरुरी छ।’ कार्यक्रममा मुख्यमन्त्री रावलसहित नेकपा एमालेका केन्द्रिय सदस्य नरबहादुर धामी, एमाले प्रदेश कमिटि सचिवालय सदस्य बचनबहादुर सिंह, सुदुरपश्चिमका पूर्वमन्त्री लालबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, शुक्लाफाँटाका मेयर रणबहादुर महरालगायतले मन्तब्य राखेका थिए।

Read More

काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

Read More

धनगढीः कैलालीमा एक पुरुष मृत भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका-९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन्। उनी आफ्नै खेतबारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: दार्चुलामा शनिबार बेलुकी प्रहरीले एक पेस्तोल बरामद गर्‍यो। जिल्लाको महाकाली नगरपालिका–९ को सकार खेल मैदानबाट एक जना १५ वर्षीय किशोरको साथबाट पेस्तोल बरामद गरिएको थियो। तर, त्यो पेस्तोल नै नक्कली भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खेलमैदानमा जम्मा भएका केटाहरुबीच झगडा भएका बेला ती किशोरले पेस्तोल देखाएको भनेर प्रहरीमा खबर आएको थियो। त्यसपछि प्रहरीले नक्कली पेस्तोलसहित ती किशोरलाई पक्राउ गरेको थियो। शनिबार बेलुकी ती किशोरलाई जिल्ला प्रहरी कार्यालयको टोलीले समातेर उपचार गराएको थियो। ती किशोरको स्वास्थ्यमा समेत समस्या रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक जगतगाहा मगरले बताए। उनले भने, ‘अस्ति (शनिबार) स्कुले केटाहरुको लफडा…

Read More

धनगढी: निलम्वित विवादित गृहमन्त्री रवि लामिछानेले आईवार पुनः नेपाली नागरिकता लिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन्। उनले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। ०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनले प्रशासनमा पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता पाएका हुन। उनले नागरिकता लिँदा भने उनको भनाई र गराईमा फरक देखिएको छ। पूर्वटेलिभिजनकर्मी समेत रहेका लामिछाने आफुले कार्यक्रम चलाउँदा नागरिकको सुविधाका विषयमा रटान लगाउँथे। नागरिकको अगाडि रहेर नेता तथा मन्त्रीले कुनै सुविधा लिए त्यसको…

Read More

धनगढीः धनगढी ६ लेन सडकमा राखिएका डिभाईडर हटाउन थालिएको छ। डिभाईडरले सवारी दुर्घटना बढेको भन्दै धनगढी उपमहानगरपालिकाको सहकार्य र मोहना अत्तरिया ६ लेन सडक खण्डको सहयोगमा मोहना अत्तरिया ६ लेन सडक खण्डमा राखिएका डिभाईडर हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। सवारी दुर्घटना न्युनिकरण तथा सडकमा नै हुने पार्किङलाई निरुत्साहित पार्न उक्त मोहना अत्तरिया ६ लेन सडक खण्डमा राखिएका डिभाईडर हटाउने कार्य सुरु भएको जनाएको छ। यस्तै साईकल चालकले सडक प्रयोग गर्दा बाँया लेनको प्रयोग, साईकलमा रिफ्लेकटिभ स्टिकरको प्रयोग, सडक क्रस गर्दा अपनाउनु पर्ने सावधानि र रातिको समयमा टल्कने जाकेटको अनिवार्य प्रयोग गर्ने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय…

Read More

धनगढीः कैलालीबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाडा बस्दै आएका २४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट खानीडाडा कैलालीले धानुकलाई पक्राउ परेको हो। लागुऔषध चरेस मुद्दामा जिल्ला अदालत बझाङ्गको २०७६ मंसिर १८ गतेको फैसला आदेशअनुसार ८ महिना २९ दिन कैद र पाँच हजार जरिवाना तोकिएका धानुक फरार थिए। बझाङ्ग जिल्लाको साविक दहबगर गाविस वडा नम्बर ३ स्थायी घर भई हाल चुरे गाउपालीका–५ खानीडाडा बस्दै आएका धानुकलाई शुक्रबार पक्राउ गरिएको हो।

Read More

बैतडीः दशरथचन्द नगरपालिका–८ त्रिपुरा पुजारागाउँबाट प्रहरीले अवैध लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। २ सय ८० ग्राम चरेशसहित सोही ठाउँ बस्ने ५० वर्षीय नारायण सिंह थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले थापाको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा उक्त चरेशसहित फेला पारेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ।

Read More