Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको मन्त्रालय खोसिने सम्भावना देखिएको छ। स्रोतका अनुसार केही दिनमै भण्डारीको मन्त्रालय खोसिन लागेको हो। सात दलीय गठबन्धनमा सहभागी एउटा दल सिके राउत नेतृत्वको जनमत पार्टीले उक्त मन्त्रालय माग गरेको र भण्डारीलाई अरु मन्त्रालयमा व्यवस्थापन गर्नेगरी मन्त्रीपरिषद् हेरफेर गरिन लागेको उच्च स्रोतले महेन्द्रनगरपोस्टलाई बतायो। स्रोत भन्छ-जनमतलाई उद्योग दिने लगभग सहमति भएको छ। यस अघि पनि जनमत पार्टीले नै सो मन्त्रालय मागेको थियो। यो सम्बन्धमा बालकोटमा पनि छलफल भएको छ। यता, जनमत पार्टीले पनि उद्योग मन्त्रालय आफूले पाउनुपर्ने बताउँदै आएको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । अत्तरिया बसपार्क नजिकैबाट गोदावरी नगरपालिका–२ रिङरोडमा बस्दै आएका ३० वर्षीय राजेश पाललाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाल सवार म २ प १५३० नम्बरको स्कुटी शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ५४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । पाल डडेल्धुराको अमरगढी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत सुनिश्चित गर्न काठमाडौँ पुगेका छन्। नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री रावल काठमाडौँ पुगेका हुन्। यहीबीचमा शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेको छ। एमाले सचिव लेखराज भट्ट, पूर्वमन्त्री झपट बोहरालगायतसमेत सम्मिलित टोलीले संयुक्त रुपमा बालकोटमा गरेको सोसंवादलाई अर्थपूर्ण रुपमा लिइएको छ। मुख्यतः टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा सो भेटघाट र संवाद केन्द्रित रहेको एक…

Read More

काठमाडौंः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन्।संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन्। आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन।बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’ पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइरालापक्षको बैडक बत्तीसपुतलीमा…

Read More

धनगढीः कैलालीमा भन्सार छली गरी ल्याइएका राँगा प्रहरीले बरामद गरेको छ। जिल्लाको कैलारी गाउपालिका–७ बाट भन्सार छली गरी ल्याउँदै गरेका एक जोडी र भजनी नगरपालिकाको–७ हिम्मतपुरबाट अर्को जोडी राँगा बरामद गरिएको हो। ती राँगा इलाका प्रहरी कार्यालय हसुलिया र इलाका प्रहरी कार्यालय भजनीमा बुझाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा गरेका हुन्। सोहीअनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिहंको पनि सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनि अत्तरिया कैलालीमा सरुवा भएको छ। सिहंको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी आउने भएका छन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पश्चिम सेती परियोजनाविरुद्ध परेको मुद्दाप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश मुख्‍यमन्त्री राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै आयोजना कार्यान्वयनमा प्रतिकूल हुने गरी गतिविधि भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन्। पश्‍चिम सेती परियोजना निर्माण गर्नका लागि नेपाल सरकार, लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसीबीबीच परियोजना विकासका लागि एमओयू गरिएको थियो। यस्तो एमओयू भएपछि नेपालको जलस्रोतमा भारतको एकाधिकार सिर्जना भएको दाबी गर्दै त्यस्तो प्रावधानमा लाभको बाँडफाँट सुनिश्चित हुने गरी परिमार्जन गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। रिटउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनको बाटो म्‍याद दिएर जवाफ पेस गर्न भनेको छ। सो दायर मुद्दाका सम्बन्धमा अदालतले…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न आयोजनाहरु कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईको चालू आर्थिक वर्षको नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सूचीमा संलग्न आयोजनाहरु कार्यान्वयनका लागि स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने निर्णय गरेको हो। नेपाल सरकारको कोष प्रवाहसम्बन्धी व्यवस्थानुसार सशर्त अनुदानको रुपमा सम्बन्धित स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् मन्त्री खगराज भट्टले बताए। यसैगरी, प्रदेश सरकारले संघीय सरकारसँग गर्नुपर्ने समपूरक र विशेष अनुदानबारे भएको तयारीको जानकारी र सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश सरकार शासकीय सुधार कार्ययोजना २०७९’…

Read More

धनगढीः नेकपा एमालेका नेता डा भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन्। तर, जबरजस्ती कसैले काम गर्न अवरोध गरे विकल्प खोज्ने उनले बताए। पाँच दशकदेखि पार्टी र राष्ट्र हितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए। मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृह जिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे। निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस…

Read More

काठमाडौंः काठमाडौं महानगरपालिकाले सडक विस्तारको क्रममा डोजर लगाएर घर टहरा भत्काएको बिरोधमा पीडित परिवारले आज राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन्। गैरकानुनी तवरले सडक चौंडा गर्ने नाममा महानगरपालिकाले डोजर आतंक मच्चाएको भन्दै नेवार समितिका अध्यक्ष उमेश स्थापितको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण गराउनका लागि काठमाडौं महानगरपालिका नेवार समितिका अध्यक्ष स्थापितको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय सभागृह अगाडि भेला भएका छन्। सांसद, मन्त्रीलाई भेट्नभन्दा पनि मेयर भेट्न गाह्रो भएको भन्दै आक्रोशित स्थानीयले चर्को नारावाजी पनि गरेका छन्। त्यसक्रममा उनीहरुले ‘करचाँहि असुल्ने निजी सम्पत्ति अधिकार गुण्डागर्दी शैलीमा डोजर आतंक गर्ने ’,‘आफ्नो स्वामित्वको जग्गा ठेक्का भएको बाँकी सार्वजनिक…

Read More