Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीबाट खसी चोरी गरी फरार भएका एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरबाट खसी चोरेर फरार भएका प्युठान मल्लरानी गाँउपालिका ४ का ४५ वर्षीय नारायण पुनमगर पक्राउ परेका हुन्। उनले पुस २९ गते कैलालीबाट खसी चोरेर फरार भएका थिए। कौवापुरबाट खसी चोरेको निवेदन परेपछि लम्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी उनलाई खसीसहित पक्राउ गरेको जनाएको छ। लम्की प्रहरी कार्यालयमा ल्याएर उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

Read More

बझाङः बझाङमा महिला मृत फेला परेकी छन्। मंगलबार बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्। मोहना कफलसेरी खोलामा मृत अवस्थामा फेला परेकी छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षीया स्वस्तिका थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार मंगलवार दिउसो उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भैरहेको जनाइएको छ। उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत विद्यार्थी हुन्।

Read More

कैलालीः सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइली देवी चौधरीले सभामुख भीम भण्डारीसँग समन्वय गरेर अघि बढ्ने बताएकी छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखसँगको समन्वयको आधारमा आधारमा अघि बढ्ने बताएकी हुन्। उपसभामुख पदको गरिमा सधैँ उचो राख्ने र कसैलाई पनि विभेद नगर्ने समेत बताइन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएर उनी हिजो प्रदेश उपसभामुखमा निर्वाचित भएकी थिइन्। उनी नेकपा एमालेबाट सांसद भएकी हुन्।

Read More

धनगढी: धनगढीस्थित लोटस क्याफेले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ। बुधवार क्याफेले आफ्नो चौथो वार्षिकोत्सबको अवसरमा फाउन्डेसनलाई खाद्यान्न र नगद सहयोग गरेको हो। स्थापनाको चार वर्ष पूरा गरेको अवसरमा सहयोग गरिएको क्याफेका संचालक टंक कठायतले जानकारी दिए। यस्तै अर्का संचालक खेमनाथ योगीले पनि फाउन्डेसनलाई ११ हजार बराबरको सहयोग प्रदान गरिएको बताए। उनका अनुसार वार्षिकोत्सवका अवसरमा २० प्रतिशत छुट र म्युजिकल कार्यक्रम पनि राखिएको छ। दृष्टि फाउन्डेसनले असहायलाई सेवा प्रदान गर्दै आएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा गठबन्धन फुटाउने नेकपा एकीकृत समाजवादीको जाल निष्प्रभावी बनेको छ। सुदूरपश्चिममा प्रदेश सरकार गठन भएसङ्गै नेकपा एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस र स्वतन्त्र निर्वाचित भएका प्रदेश सभा सदस्यले गठबन्धन फुटाएर सरकार ढाल्ने खेलोमेलो गर्न थालेका थिए। उनीहरुले त्यसका लागि निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई प्रभावमा पार्नेदेखि विभिन्न किसिमका अफरहरु समेत गरेका थिए। तर, अन्ततः त्यो उनीहरुको जोडबल बेकार बनेको छ। अहिले सत्तारुढ गठबन्धनमा दलहरु एकमत देखिएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेश सभा सदस्यहरुले एकमतका साथ सभामुख, उपसभामुख र सरकार गठनको प्रक्रिया लगभग सकाएका छन्। अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सभामुख पाएको छ।…

Read More

धनगढी – सुदूरपश्चिमको दार्चुला पुर्ख्याैली घर भएका राप्रपाका दीपकबहादुर सिंह उर्जा तथा जलश्रोत राज्यमन्त्री बनेका छन्। मकवानपुरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई हराएर चर्चा कमाएका सिंह राज्यमन्त्री बनेका हुन्। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री भएका छन्। सो पार्टीबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री बन्दा सिंहले राज्यमन्त्री पाएका हुन्। तर, सिंह राज्यमन्त्री बनेपछि उनका थुप्रै मतदाता भने आश्चर्यमा परेका छन्। किनभने चुनाव जितेपछि पनि सिंहले मन्त्री समेत नखाने बताउँदै आएका थिए। जम्मा दुई वटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा राप्रपाले ३…

Read More

धनगढीः अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बालिका बलात्कारको आरोपमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो। जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ। उनी सुदूरपश्चिमको धनगढी आफ्नो घर भएको दाबी गर्छन्। एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो। सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह…

Read More

काठमाडौंः नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर मन्त्री पाण्डेले पदभार ग्रहण गरेका हुन्। उनले महाकाली नदीमा तुइन विस्थापित गर्नका लागि झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय गरेका छन्। ‘पश्चिम नेपालका कस्तो दर्दनाक अवस्था छ, तपाईंहरुले सुन्नुभएकै होला, त्यो काम अहिलेसम्म पूरा गर्न सक्दैन भने यो मन्त्रालय स्थापना भएर अर्थ पनि छैन,’ उनले भने, ‘त्यहाँ आधा घण्टाको अन्तरमा झोलुङ्गे पुल निर्माण हुन्छ ।’ महाकाली नदीमा आधा घण्टाको अन्तरमा कति ओटा झोलुङ्गे पुल चाहिन्छ अध्ययन गरेर आवश्यकताको आधारमा बनाउने उनले बताए।

Read More

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल बहादुर सिंहको काज सरुवा भएको छ। सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको हो। उनको ठाउँमा प्रहरी निरीक्षक बीरेन्द्रसिंह जोहारी आउने भएका छन्। उनी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत थिए।

Read More