Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा घाइते भएका हुन् । घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते भएका नगर प्रहरीको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा अधिकांश नयाँ भर्ती भएका नगर प्रहरी रहेका छन् ।

Read More

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो । बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे । उनले…

Read More

काठमाडौं – स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ । प्रभु साहको श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ । एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

Read More

सुर्खेत – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।  सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् । एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् । उनले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ । विगतमा भएका गल्ती…

Read More

गोरखौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे। “एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा…

Read More

काशिराम जैसी,काठमाण्डौं- कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं २ गणेशपुर स्थित जनसेवा माध्यमिक विद्यालयको नव अध्यक्ष पदमा स्थानीय समाजसेवी बालाराम जैसी सर्वसम्मत चयन हुनुभएको छ। बिहिबार विद्यालयमा भएको अभिभावक भेलाले जैसीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ चयन गरेको छ, जसमा टिकाराम न्यौपाने,मनराज धमाला,देबु रसाईली,नन्दाराम धमाला,पाना देवी खनाल,टिकाराम धमाला,देशराम चौधरी,कमला देवी बजगाईं सदस्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष बालाराम जैसीले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै जनसेवा माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने बताउनुभएको छ । नवनिर्वाचित अध्यक्ष जैसीको यो जनसेवा माध्यमिक विद्यालयमा दोस्रो कार्यकाल हो ।

Read More

काशिराम जैसी, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कैलाली-काठमाडौं सम्पर्क समितिको दोस्रो सम्मेलन तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार एक कार्यक्रमका बिच भब्य रुपमा सम्पन्न गरेको छ। सम्मेलनले पवन चौलागाईं को अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा विभोर भट्ट,सचिवमा प्रविन भाट, सह-सचिवमा काशिराम जैसी,कोषाध्यक्षमा दिर्घी रावत रहेका छन । प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष मदन भुल, बिशिष्ट अतिथि संविधान सभा सदस्य भगत बडुवाल , अतिथि मोहोन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर),अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य पदम काफ्ले, उपत्याका विशेष प्रदेश कमिटी उपाध्यक्ष नरेन्द्र बयाडी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य खगेन्द्र रावल ,अखिल (क्रान्तिकारी)…

Read More

— खगेन्द्र गिरि “कोपिला“ नेपाली कांग्रेसका चर्चित नेता प्रदीप गिरिको भाद्र ५ गते ७६ वर्षको उमेरमा निधन भएपछि कांग्रेसको वैचारिक पाटोमा एउटा रिक्तता छाएको छ । कांग्रेसलाई सिद्धान्त र वैचारिकताको सुनपानी छर्किरहने पुस्ताका उनी अन्तिम वक्ता थिए । अब कांग्रेसले हामीभित्र पनि कुनै बेला सैद्धान्तिक छलफल र बौद्धिक अन्तरकृया हुन्थ्यो भनेर सम्झिनुबाहेक अरु विकल्प बाँकी रहेनन् । आजको कांग्रेसलाई सत्ता, सुविधा र शक्ति बाहेक अन्य कुरामा त्यति रुचि छैन । सिद्धान्त त उसको लागि चुनावी घोषणापत्र लेख्दा सम्झिने मन्त्र र वीपी जयन्तीमा वाचन गरिने स्वस्तिगान मात्रै बनेको छ । कांग्रेस समाजवादी हो या पुँजिवादी हो? यसमा विवाद गर्ने प्रशस्त ठाउँ…

Read More

चितवन – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन । चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु¥याएका छन । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍। ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।

Read More