धनगढीः सुदूरपश्चिममा करोडौंका ट्रक एम्बुलेन्स अलपत्र बनेर थन्किएका छन्। सुदूर पहाडमा सेवा दिन भन्दै पठाइएका एम्बुलेन्स फिर्ता आएपछि अलपत्र रुपमा थन्किएको बताइएको छ। सुदूरपश्चिम सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो। स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स प्रयोगमा ल्याउन समस्या भएपछि मन्त्रालयमै फिर्ता पठाउन थालिएको हो। बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले बताएका छन्। सुदूरपश्चिमका समाजिक विकास मन्त्री मेघराज खड्काले पहाडी जिल्लाबाट एम्बुलेन्स फिर्ता आउने क्रम जारी रहेको बताए। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साँघुरो बाटोमा चलाउन समस्या भएको र मर्मत खर्च…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: पहिले विदेशबाट नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी हुँदै आएकोमा अवस्था फेरिएको छ। पछिल्ला दिन भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको सीमा सुरक्षा अधिकारीहरू बताउँछन्। नेपालमा भन्सार दर बढी र भारतमा कम हुँदा यस्तो स्थिति सिर्जना भएको हो। विगतमा उता सुन महँगो र नेपालमा सस्तो थियो भने अहिले उल्टो छ। प्रति १० ग्राम सुनको मूल्य भारतमा भन्दा नेपालमा १६ हजार रूपैयाँले बढी छ। जसले गर्दा दिल्लीबाट काठमाडौं आउने विमानमा सुन फेला पर्न थालेको छ। यस्तै यता सुदूरपश्चिमको कैलालीबाट पनि स्थलमार्ग हुँदै सुन तस्करीमा हुन लागेको बताइएको छ। सोही आशङ्कामा प्रहरीले अनुसन्धान पनि थालेको छ। यसैक्रममा सशस्त्र प्रहरीले कैललालीको भजनीबाट एक…
धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको दिल्लीमा उपचार सुरु गरिएको छ। मस्तिष्क घात भएपछि धनगढीको मायामेट्रो अस्पतालबाट रेफर गरिएका हमालको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार थालिएको हो। अहिले हमालको अवस्था स्थिर रहेको उनकी छोरी आरजुले जनाएकी छन्। शुकवार हमालको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई नयाँ दिल्लीतर्फ लगिएको हो। नगरप्रमुख हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएको थियो। श्वास फेर्न समस्या भएपछि राति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका निम्ति भर्ना गरिएको थियो। तर उनलाई रेफर गरेपछि दिल्ली लगिएको हो। यसैक्रममा उनकी छोरी आरजुले नेपालको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको महसुस भएको जनाएकी छन्। उनले नेपालमा…
काठमाडौं: अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या गरेको र शव लुकाएको आरोप लागेका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ। प्रिन्स विलियम काउन्टी सर्किट कोर्टका एक न्यायाधीशले ३७ वर्षीय भट्टको सुनवाइ सन् २०२५ को सेप्टेम्बर ८ का लागि तय गरेका हुन् । शव लुकाएको अभियोगमा भट्टको सुनवाइ आगामी हप्तादेखि हुँदै थियो। तर सोमबार उनीमाथि पत्नीको हत्या गरेको नयाँ अभियोग चलाइएको छ। यो सुनवाइको फैसला आउन करिब चार हप्ता लाग्ने बताइएको छ। कोर्ट टिभीले यो सुनवाइ टिभीमा प्रत्यक्ष प्रसारण गर्न खोजिरहेको छ। तर यसको निर्णय निर्णायकले गर्नेछन्। मेरिकामा रजिस्टर्ड नर्स काफ्लेकी एक छोरी छिन्। छोरीलाई सुरुमा सोसल सर्भिसका…
धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ गरेका पुरुषलाई सार्वजनिक गरिएको छ। शनिबार प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय गंगाराम रानालाई सार्वजनिक गरिएको हो। उनलाई अस्ति समातिएकोमा १० दिन म्याद थप गरेर अनुसन्धान पनि थालिएको छ। तर अहिलेसम्म पनि घटनामा प्रयोग भएको हतियार फेला नपरेकोले अनुसन्धान अझै संकास्पद देखिन्छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आरोपितले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतमा हत्या स्वीकार भने गरेका छन्। यद्यपि उनले घटनामा प्रयोग भएको हतियार देखाउन सकेका छैनन्। सोही कारण उनलाई बुधबार प्रहरीले पक्राउ परेकोमा बिहीबार अदाललबाट १० दिन म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ।…
धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा थानेश्वर लेखकले आफूमाथि कुटपिट भएको बताएका छन्। लेखकले आज (शनिबार) बेलुका भीमदत्त नगरपालिका ६ स्थित ऐठपुर क्षेत्रमा आफूमाथि कुटपिट भएको बताएका हुन्। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक जोशीले योजनाबद्ध रुपमा मान्छे लगाएर आफूलाई कुटाएको भन्दै उनको सामाजिक सन्जालमा रुवाबासी नै चलेको छ। नगरपालिकामा कार्यरत दमकल चालक हरिश साउदलाई लगाएर मेयर र उपमेयरले कुटाएको लेखकको आरोप छ। यस्तै लेखकले आफू भोलि प्रहरीमा मुद्दा दिने पनि बताएका छन् भने उता उपमेयर निलमले भने कुटपिटको विषयमा आफूलाई केही थाहा नभएको बताईन्। उनले सो विषयमा आफूले खण्डन गर्ने जनाएकी छन्। कुटिएका लेखक हालै सम्पन्न वडा नम्बर ६…
धनगढीः दार्चुला र डडेल्धुरामा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–३ गुमखोलीस्थित बसुनढुङ्गा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो। २३ वर्षीय महेश थापाको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लाली दार्चुलाले जनाएको छ। उनी १५० मिटर तल खसेका थिए। यता डडेल्धुरामा पनि भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आलीताल गाउँपालिका–३ सुदुपस्थित चौरा भिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनी तीन सय मिटर तल खसेका थिए।
धनगढी: १८औं संस्करणको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ। महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। यस अगाडि महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनी उनी आएनन्। ओली नआएपछि भण्डारीले महोत्सव उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीले १० बुँदे मागपत्र पनि बुझाएको छ। पश्चिम सेती जलविद्युत आयोजना र सुख्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले जानकारी दिए। ‘२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सव सुरुवात गरेका थियौं,’ उनले भने, ‘अहिलेसम्म केही माग पूरा भएका छन् त…
धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन्। हिजो (शुक्रबार) रातिबाट उनी अस्वस्थ बनेका हुन्। स्रोतका अनुसार हिजो राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई भारतको दिल्लीस्थित म्याक्स हस्पिटल लैजान लागिएको बुझिएको छ। उनलाई एम्बुलेन्समार्फत दिल्ली लगिएको हो। चिकित्सकीय स्रोतले उनलाई ब्रेन अट्याक आएको जनाएको छ भने उनी यस अगाडि पनि बेलाबखत भारतका विभिन्न सहरहरुमा उपचार गराउदै आएका थिए। उनको मष्तिककाे एउटा नसामा समस्या रहेको बताइन्छ। मेयर हमाललाई शनिबारमात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभकाे कामना गरेका थिए। उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र…
बैतडीः बैतडीमा विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत सुर्नया गाउँपालिका–५ घर भएका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको हो। पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाटका अनुसार डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए। एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। तत्काल उपचारका लागि डडेल्धुरा अस्पातल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको वडाअध्यक्ष भाटले जानकारी गराए। मृतक अपिलका बुवा नरेश…