Author: महेन्द्रनगर पोष्ट

धनगढी: सरकारले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। तत्कालिन नेकपा माओवादीले वि.सं. ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरेको थियो। सोहीअवसर पारेर सरकारले सार्वजनिक बिदा दिने गरेको छ। माओवादीले सुरु गरेको जनयुद्ध ५ मंसिर ०६३ मा सरकारसँग शान्ति सम्झौता गरेर रोकिएको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाण्डौँ गएका छन्। उनी आइतवार बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास पुगेका हुन्। मुख्यमन्त्री शाह र पार्टी सभापति देउवा बीच आइतवार बिहान भेटवार्ता भएको छ। सभापति देउवा निवास धुम्बाराहीमा उनीहरु बीचमा राजनीतिक छलफल भएको हो। मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक काठमाडौं गएका शाहले देउवासँग भेट गरेका हुन्। मुख्यमन्त्री शाहले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँगसमेत भेटवार्ता गरेका छन्। नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी शनिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका थिए। शनिवार नागरिक उन्मुक्ति पार्टी…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्। आज (आइतवार) समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे।’उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतीका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ।’ यस्तै अध्यक्ष नेपालले रेशमलाई रिहा गर्न सरकारसंग पनि आग्रह गर्ने बताए।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) सुदूरपश्चिम आउने भएका छन्। सोमवार प्रचण्ड कैलाली र कंचनपुर आउन लागेका हुन्। सोमवारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेको बताइएको छ। उनले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। उनी सोमवार बिहान धनगढी पुग्ने छन। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। उनी सोमवार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छ। १२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। उनले सोमवार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।

Read More

धनगढी: २७ पुसमा नागरिक उन्मुक्ति सहितको समर्थनमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसक्नुप-थ्यो। विश्वासको मतको समय सीमाको उत्तरार्ध बिहीबार (२६ माघ) मा प्रदेश सभामा उनले विश्वासको मत सिद्ध गर्न सकेनन्। एक महिनाअघि मुख्यमन्त्री समर्थन गरेको नागरिक उन्मुक्तिले नेकपा एमालेलाई धोका दियो। विश्वासको मत नदिएर उन्मुक्तिका सांसद काठमाडौँमै बसेपछि रावल नेतृत्वको एमाले प्रदेश सरकार २९ दिनमै ढलेको थियो। यसअघि नागरिक उन्मुक्तिले सभामुख चयनमा पनि गठबन्धनका दललाई झस्कायो। सभामुख चयन गरिसक्नु पर्ने अन्तिम समय सीमामा आएर मात्रै उसले सभामुखमा माओवादी केन्द्रलाई सघाएको थियो। २८ पुसमा सभामुखको लागि मत विभाजन हुँदा…

Read More

टेकसिंह धामी, धनगढीः सुदूरपश्चिमको दुर्गम मानिने अछामको रामारोशनमा बुवा मंगलबहादुर शाह र आमा चन्द्रा शाहको कोखबाट २०२८ साल माघ १० मा जन्मिएका थिए कमलबहादुर शाह। त्यसपछि उनको परिवार कैलाली सरेको थियो। कैलाली आएपछि शाहले टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा लिएका थिए। शाहले व्यवस्थापन संकायमा स्नातक सम्मको अध्ययन गरेका छन्। २०४४ सालमा नेविसंघबाट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका शाह २०४६ सालदेखि ५२ सालसम्म नेविसंघको क्याम्पस इकाइ सदस्य, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भएका थिए। शाहले तरूण दलको खेलकुद विभागको केन्द्रीय सदस्य भएर पनि काम गरे। त्यसपछि २०५५ देखि ०६८ सम्म उनी तरुण दलको केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष बने…

Read More

धनगढीः प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन सुदूरपश्चिमका संघीय सांसद एकबद्ध भएका छन्। सुदूरपश्चिमबाट संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकतावद्ध भएका हुन। उनीहरु मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकवद्ध भएर दबाब सृजना गर्नेमा सहमत भएका छन्। संघीय राजधानी काठमाडौँमा भएको छलफलमा एकताबद्ध भएर गेटा मेडिकल कलेजलाई देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन दबाब सृजना गर्न सहमत भएको पूर्वसांसद दीपक प्रकाश भट्टले बताए। ‘सुदूरपश्मिबाट प्रतिनिधित्व गर्ने सांसद साथीहरुसंग गेटालाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने बिषयमा छलफल ग(यौँ, साथीहरु सबै पोजेटिभ हुनुहुन्छ,’ उनले भने, ‘सरकारले…

Read More

धनगढी: यातायात ब्यवसायी तथा मजदूर संगठनको सयुंक्त आन्दोलन अन्तरगत सरकारलाई आफ्ना माग सुनुवाइका लागी सुदूरपश्चिमका मजदूर संगठन र यातायात ब्यवसायीहरुले धनगढी बसपार्कमा कोणसभा आयोजना गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संग र यातायात ब्यवसायी सुदूरपश्चिमको टिमले संयुक्त रुपमा सरकारलाई दवाव दिन धनगढी बसपार्कमा कोणसभा आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटाले लोकतन्त्र, गणतन्त्र आएपनि मजदूर तथा यातायात क्षेत्रका लागी कुनै सरकार नआएको बताए । कुनै ब्यक्तीले उधोगधन्दा खोल्यो भने उसको कति सम्मान छ तर यातायात ब्यवसायी तथा मजदूरको सम्मान कहिल्यै भएन बरु हेप्ने काम…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका एकिकृत समाजवादीका नेता नरेश शाहीले पदभार ग्रहण गरेका छन्। शुक्रवार शाहीले पदभार सम्हालेका हुन्। शाहीले कुनैपनि निर्णय गरेका छैनन्। मन्त्री शाहीले संविधानतह हस्ताक्षर गर्नैपर्ने भए गर्ने तर अध्ययन बिना कुनै निर्णयमा हस्ताक्षर नगर्ने बताएका छन्। युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने शाहीको भनाई छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्। बिहीवार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका शाहले शुक्रवार शपथसँगै पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्री शाहका अनुसार ३० दिनभित्र समितिले प्रतिवेदन पेश गर्ने बताए। उनले भने, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ। भ्रष्टाचारका कुराहरु आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जुृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छाैँ। ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ।’ मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुले पनि शुक्रवार…

Read More