Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: संसदीय विशेष समितिको अनुसन्धानपछि सहकारीको रकम अपचलनमा कारबाही सिफारिसमा परेकामध्ये जिबी राई, रवि लामिछाने र छविलाल जोशीमध्ये छवि आज पक्राउ परेका छन्। गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्व डीआईजी जोशीलाई काठमाडौं प्रहरीले पक्रेको छ।  प्रहरीले जोशीको शंखमूलस्थित घरबाट गत माघमा पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित कागजात, कम्प्युटर बरामद गरेको छ। उनकै घरमा जीबीको नेचर हर्ब इन्टरनेसनल प्रालि खोलिएको थियो। विभिन्न सहकारी संस्थाको रकम अपचलनमा थप कारबाहीका लागि प्रक्रिया अघि बढाउन संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको जनाइएको छ। …

Read More

काठमाडौं: हालै अवकाश प्राप्त एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिएका छन्। प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका उनीहरुले निवेदन फिर्ता लिएका हुन्। उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ। उनीहरूले सो व्यवस्था…

Read More

धनगढी: धनगढी विमानस्थलमा ढलेर एक जनाकाे मृत्युु भएकाे छ। शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बाेडिङ पास गर्ने क्रममा ढलेर गाेदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बाेहाेराकाे ढलेर मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले ढलेर बेहाेस् भएका बाेहाेरालाई तत्काल माया मेट्राे अस्पताल पुगाइएकाे तर चिकित्सकले मृत घाेषणा गरेकाे बताए। उनकाे हदयघातका कारण मृत्युु भएकाे आशंका गरिएको छ। बाेहाेराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ। आज (आइतबार) बजेट पारित भएको हो। ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो। छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए। तर आइतबार भने बजेट बहुमतले पारित भयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरेका थिए।

Read More

धनगढी: कैलालीमा चक्कुले आफ्नै घाँटी काटेर एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको जानकी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर ओडले आफ्नै घाँटीमा चक्कुले काटेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले मानसिक सन्तुलन ठीक नभएका ओडले शनिबार बिहान चक्कुले आफ्नै घाँटी र हातमा काटेको बताए। गम्भीर घाइते भएका ओडलाई तत्कालै टीकापुर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा आत्माहत्याको प्रयास गरेकी एक युवतीको उद्दार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ ओलानी बस्ने २२ वर्षीया कविता साउँदले आत्माहत्या…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ। भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो। छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खेमादेवी विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका छन्। ‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभित्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं। यो बजेट कहाँबाट आयो, कसरी आयो ? सरकारलाई बताई दिन आग्रह गर्दछु’ बजेट माथिको छलफलका क्रममा प्रदेश सभा विष्टले भनिन्। यती मात्रै होईन, उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि…

Read More

धनगढी: नेकपा माओवादी सांसद अक्कल बहादुर रावलले पहाडमा छुटै प्रदेशको माग गरेका छन्। सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले सन्तुलन गुमाएको भन्दै पहाडका जिल्ला मिलाएर छुटै प्रदेशको माग गरेका हुन्। ‘कैलाली कञ्चनपुरको छुटै राज्य बनाउनुहोस्, जुन थारुहरूको पनि माग छ। अब पहाडको पनि छुटै राज्य चाहिन्छ’ उनले भने ‘पहाडका कुना काप्चामा विकास गर्न कति पैसा लाग्छ। त्यहाँ पनि विकास चाहिन्छ नागरिकलाई। अब हामीले बोल्नुपर्ने हुन्छ। कैलाली कञ्चनपुरमा सरकार एकै हुने पहाडमा बजेट चाहिँदैन ? विकास चाहिँदैन ? मन्त्री भएपछि आफ्नो क्षेत्र बाहेक अरू नहेर्ने ?’

Read More

धनगढी: धनगढीमा लागुऔषधसहित २ युवती समातिएकी छन्। हिजो धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउबाट २ युवती समातिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको टोलीले उनीहरूलाई समातेको हो। पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नं. ०८ बस्ने वर्ष २७ की राममति राना र वर्ष २२ की करिना राना रहेका छन्। उनीहरूलाई शंका लागि चेकजाँच गर्दा शुद्ध तौल १ ग्राम ७० मिलिग्राम खैरो हिरोईन बरामद भएको थियो। अहिले उनीहरूलाई कैलाली प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

Read More

काठमाडौं: बाँकेमा जुवातास ह्वात्तै बढेको पाइएको छ। जिल्लाको कोहलपुर क्षेत्रमा दशैं सुरु नहुँदै जुवाखाल बढेको पाइएको हो। अहिले सो क्षेत्रमा दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको बताइन्छ। त्यसमा प्रहरीले पनि सेटिङ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार कोहलपुर प्रहरीले सेटिङमा जुवाखाल चल्न दिएको हो। स्रोतका अनुसार जुवा खेलाउनेमध्ये एक सन्तोष बुढाथोकी (गोरे) हुन्। उनले आफ्नै घरमा जुवा खेलाउने गरेका छन्। त्यस्तै, उमेशजंग ठकुरी, शिशिर गिरी, चिन्तन शाह, राजु शाही, कृष्णराज बंशी लगायतले ठूला जुवा चलाउँदै आएका छन्। उनीहरुले होटल तथा भाडामा घरमा जुवा खेलाउने गरेका छन्। जुवामा इप्रका कोहलपुरका घुमुवाहरु इन्द्रबहादुर शाही, जितेन्द्र केसी देवकोटा, मानबहादुर हमाल लगायतसँग…

Read More

डोटीः डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो। उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  यस्तै कैलालीमा करेन्ट लागेर बालककाे मृत्यु भएको छ। जिल्लाकाे चुरे गाउँपालिका-१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीकाे करेन्ट लागेर मृत्युु भएकाे प्रहरीले जनाएको छ। क्षेत्रीलाई घरमा काेही नभएका बेला खेल्ने क्रममा पानी तान्ने माेटरले करेन्ट लाग्दा घाइते भएका थिए। उनकाे निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका…

Read More