Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा यर्सागुम्बा र चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका–१ घर भई हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्ने ४८ वर्षीय लोकबहादुर बोहरा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहराले संञ्चालन गरेको खुद्रा पसलमा खानतलाशी गर्दा कपडाको थैली भित्र लुकाई राखेको प्लाष्टिक डिब्बासहितको तौल ९३९ ग्राम यर्सागुम्बा (जडीबुटी) र ६ ग्राम लागूऔषध (चरेश) फेला पारि उनलाई नियन्त्रणमा लिएको जनाएको छ। यर्सागुम्बा र चरेशसहित बोहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले पहिलोपटक सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई बोलाएर छलफल गरेका छन्। मन्त्री भाटले मंगलबार मन्त्रालयमै धनगढीस्थित सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि चिकित्सकहरुलाई बोलाएर छलफल तथा अन्तरक्रिया गरेका हुन्। मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए। छलफलमा सहभागी चिकित्सकले सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै पहिलोपटक सामूहिक छलफल तथा अन्तरक्रिया गरिएको बताएका छन्। यस अगाडि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए। आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट…

Read More

काठमाडौं: नेपाली काँग्रेसमा सुदूरपश्चिमबाट आफूलाई सभापति शेरबहादुर देउवाको उत्तराधिकारी दाबी गर्ने नेताद्वयमध्ये एकजना अलपत्र पर्दा अर्काले मौका पाएका छन्। कञ्चनपुरबाट राजनीति गर्ने नेता रमेश लेखक र एनपी साउँदले आफूलाई देउवाको उत्तराधिकारी दाबी गर्थे। तर, स्रोतका अनुसार अहिले देउवाले लेखकलाई च्यापेको र एनपीलाई बेवास्ता गर्दा उनी अलपत्र परेका छन्। पहिला रमेशलाई मन्त्री नबनाएर एनपीलाई मन्त्री बनाएका देउवाले अहिलेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेशलाई मन्त्री बनाएका छन्। एनपी भने यसपाली मन्त्री बन्न पाएनन्। उनकै एक पार्टी नेताका अनुसार एनपीलाई देउवाको आशीर्वाद नभएकाले उनी मन्त्री बन्न पाएनन्। रमेशलाई पहिले प्रमुख सचेतक बनाएका देउवाले अहिले गृहमन्त्री बनाएका हुन्। उसो त नेपाली…

Read More

धनगढीः कैलालीमा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदीको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङले सोमवार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएपछि नयाँ सचिव आएका छन्। खत्रीको सुदूरपश्चिमबाट सरुवा भएकोमा अर्थमा सहसचिव झकलराम अधिकारी आइपुगेका हुन्। उनी केही दिन अगाडिमात्र मन्त्रालयमा हाजिर भएको बताइएको छ। झलकराम उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए। विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो। हङकङबाट…

Read More

धनगढी: कैलालीमा कार्यरत एक प्रहरी सहायक हवल्दारलाई चितवन रमाना गरिएको छ। हालै धनगढीमै अटो चलाउने गरेकी प्रहरी हवल्दार धनबहादुर धामीकी पत्नीसँग विवाद गरेपछि सहायक हवल्दार मनोज चन्दलाई रमाना गरिएको हो। चन्दले आफू असई हुँ भन्दै अटोमा चढेर पैसा नदिई जान खोज्दा महिलासँग विवाद भएको थियो। सो विवादको गुनासो जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेपछि चन्दलाई दरबन्दी भएकै स्थान चितवन रमाना गरिएको बताइएको छ। चन्द काजमा कैलालीमा कार्यरत थिए। स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेर ड्युटीसमेत नगर्ने उनी बेलाबेला विभिन्न विवादमा मुछिदै आएका थिए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको बजेट भ्याकुम हटाउनका लागि अध्यादेश ल्याउने बाटो पनि तत्कालका लागि बन्द भएको छ । सरकारले संसदको बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयलाई लेखेको पत्र, दर्ता भएर सोही कार्यालयमा राखिएको छ ।  संसद अधिवेशन चालु अवस्थामै रहेका बेला अध्यादेश ल्याउन पाईदैन । अध्यादेश संसद बन्द भएका बेला मात्रै ल्याउन पाईने संबैधानीक प्रावधान छ । सुदूरपश्चिमको बजेट अधिवेशन बन्द भएको छैन ।  संवैधानिक प्रावधान अनुसार सरकारले प्रदेश प्रमुखलाई पत्र पठाएपछि प्रदेश प्रमुखले संसद सचिवालयलाई अधिवेशन अन्त्यका लागि पत्र पठाउनुपर्ने हुन्छ । तर प्रदेश प्रमुख आईतबार नै संघीय राजधानी गएकाले सरकारको पत्र प्रदेश प्रमुखकै कार्यालयमा थन्किएको छ ।…

Read More

काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना…

Read More

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू समाधान हुने बताएकी छन् । सोमबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् । परराष्ट्रमन्त्री देउवाले भनिन्,‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’ उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने…

Read More

काठमाडौ: सुन तस्करीको पैसा हुन्डीबाट भुक्तानीमा सघाएको आरोपमा पक्राउ परेका पेवेल नेपालका सञ्चालकको मुद्दा मिलाइदिने भन्दै डिल गर्ने पूर्वडिएसपी कृष्णप्रसाद (केपी) शर्मासहित चार जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ। सिआइबीमा सेटिङ मिलाउने भन्दै साढे आठ लाख रुपैयाँ उनीहरुले लिएका थिए। सिआइबीले पूर्वडिएसपी शर्मासहित झबिन्द्र खत्री, हरिप्रसाद अर्याल र हिमालप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुमध्यृ हरिप्रसाद र हिमाल प्रसाद फरार छन्। उनीहरुले पेवेल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यसँग आढे आठ लाख रुपैयाँ लिएका थिए। तर, पैसा दिएर पनि सिआबीले पक्राउ गरेपछि वास्तविकता बाहिर आएको थियो। लगत्तै सिआइबीले खत्री र शर्मालाई पक्राउ गरेको थियो। बयानको क्रममा पूर्वडिएसपी शर्माले साढे आठ…

Read More