काठमाडौं: नेपाली काँग्रेसमा सुदूरपश्चिमबाट आफूलाई सभापति शेरबहादुर देउवाको उत्तराधिकारी दाबी गर्ने नेताद्वयमध्ये एकजना अलपत्र पर्दा अर्काले मौका पाएका छन्। कञ्चनपुरबाट राजनीति गर्ने नेता रमेश लेखक र एनपी साउँदले आफूलाई देउवाको उत्तराधिकारी दाबी गर्थे।
तर, स्रोतका अनुसार अहिले देउवाले लेखकलाई च्यापेको र एनपीलाई बेवास्ता गर्दा उनी अलपत्र परेका छन्। पहिला रमेशलाई मन्त्री नबनाएर एनपीलाई मन्त्री बनाएका देउवाले अहिलेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेशलाई मन्त्री बनाएका छन्।
एनपी भने यसपाली मन्त्री बन्न पाएनन्। उनकै एक पार्टी नेताका अनुसार एनपीलाई देउवाको आशीर्वाद नभएकाले उनी मन्त्री बन्न पाएनन्।
रमेशलाई पहिले प्रमुख सचेतक बनाएका देउवाले अहिले गृहमन्त्री बनाएका हुन्। उसो त नेपाली कांग्रेसका यी दुई नेताको सम्बन्ध पनि कटुतापूर्ण रहेको बताइन्छ। कञ्चनपुर क्षेत्र नम्बर–३ बाट रमेश र २ नम्बर क्षेत्रबाट एनपी प्रतिनिधिसभाम निर्वाचित सदस्य हुन्।
साउँदको पुरख्र्यौली घर देउवाकै जिल्ला डडेल्धुरा हो भने लेखकको पुरख्र्यौली बैतडी। उसरी कञ्चनपुरमा र सुदूरपश्चिममै कोइराला पक्ष सशक्त छैन। त्यसैले देउवा पक्षकै बीचमा रमेश र एनपीबीच बलियो दुस्मनीपूर्ण प्रतिस्पर्धा छ।
०७४ सालको संसदीय निर्वाचनमा उनीहरू दुवै पराजित भएका थिए। रमेश समूहले भने हारको कारण एनपी समूहलाई मान्दै आएको छ।
नेताहरु भन्छन्, ‘उनीहरुको गुट वडास्तरसम्मै छ। एकअर्कालाई निषेधको राजनीतिक गर्दै आएका छन्। यस्ता कार्यले पार्टीमा इमान्दार नेता कार्यकर्तामाथि अन्याय हुँदै आएको छ।’
कांग्रेसका सबैजसो जिल्ला अधिवेशनमा रमेश र एनपीकै गुटबीच प्रतिस्पर्धामा हुँदै आएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिमा दुई नेताको प्यानल चुनावी मैदानमा उत्रिएको थियो।
र, यो पनि: रमेश काँग्रेसको कार्यसम्पादन समितिमा मनोनीत, एनपी हेरेको हेर्यै
कञ्चनपुरमा शक्तिशाली बन्दै लेखक समूह, एनपी रक्षात्मक