Author: महेन्द्रनगर पोष्ट

दार्चुला: जिल्लाको शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ। कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ। उक्त आवमा संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि १ करोड रुपयौँ बजेट आएको थियो। औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खरिद नगरेर १ करोड रुपैयाँ स्वाहा पारिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको अगाडि बज्ने धुन हटाउनुपर्ने बताएका छन्। चुनावी कार्यक्रमका लागि बारा पुगेका उनले आज त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। ओलीले राष्ट्रिय गान अगाडि ‘प्याप्या‘ धुन हटाइनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए।’म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय गान अगाडि ‘प्याप्या‘ धुन बजाउँछ। सयौं थुंगा फूलका हामी भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन’, अध्यक्ष ओलीले भने, ‘र, राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु। सरकारले यस्ता कुरामा ध्यान दिओस्। राष्ट्रियगान शब्दको धुनमा सुरु हुन्छ र शब्दको धुनमा अन्त्य…

Read More

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले शिक्षा क्षेत्रमा रहेको राजनीति नभएर अराजनीति समस्या रहेको बताएका छन्। आज (बुधवार) धनगढीमा शिक्षा अधिकार अनुगमन समूहले आयोजना गरेको सार्वजनिक शिक्षा सुदृढीकरणमा राजनीतिक उत्तरदायित्व विषयक सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘पहिलो कुरा त अहिले दलाल पुजीवादीहरुले देश चलाइरहेका छन्। त्यसैले त्यसको प्रभाव सबै क्षेत्रमा परिरहेको छ,’ उनले भने,’शिक्षा क्षेत्रमा पनि प्रभाव छ। तर त्यहाँ राजनीति समस्या होइन, समस्या त अराजनीतिकरण हो। त्यसका कारण हामी अहिले यहाँ पुगेका छौँ।’ अराजनीतिक कुराहरुले समाजमा गलत कुरालाई प्रश्रय गरिरहेको उनको दाबी छ। यस्तै उनले शिक्षा क्षेत्रमा…

Read More

धनगढीः नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पार्टीमा आफ्नो कुनै पनि गुट नरहेको बताएका छन्। आज (सोमवार) कैलालीस्थित धनगढीमा आयोजित नेकपा माओवादीको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले आफूले कहिल्यै पनि पार्टीमा गुट नबनाएको र कुनै गुटमा नलागेको बताएका हुन्। यस्तै नेता शर्माले नेकपा माओवादी केन्द्रमा पछिल्लो समय गुटगत प्रवृत्ति बढेको र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने बताए। पार्टीभित्रको गुटगत प्रवृतिले पार्टीमा समस्या निम्तिएको उल्लेख गर्दै माथिल्लो कमिटीबाटै गुट अन्त्यको सुरुवात गरिनुपर्ने उनले बताए। ‘गुट माथिबाटै भत्काउन सुरु गर्ने र तल पनि बाँकी नराख्ने कुरा सँगसँगै लैजानुपर्छ,’ माओवादीको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘मैले कहिल्यै पनि गुट बनाइन्, म कसैको…

Read More

कञ्चनपुर: बेलडाँडी गाउँपालिका–५ झिलमिलाबाट शुक्रबार बेलुकादेखि हराइरहेका २१ महिने नाबालक विवेक पन्त आज (सोमबार) बिहान घर नजिकको झाँडीमा भेटिएका छन्। चिसो र भोकले बिरामी परेका बालकको अवस्था गम्भीर छ। स्वास्थ्य केन्द्र बेलडाँडीमा प्राथमिक उपचारपछि उनलाई धनगढी रेफर गरिएको छ। उनी आमासँग झिलमिलास्थित मामाघरमा बस्दै आएका थिए। बालक बिहान करिब ६ बजेतिर मामा घर भन्दा करिब ७ सय मिटर दक्षिण झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए। ‘झाँडीमा बालक रोइरहेको सूचना छिमेकीबाट पायौँ,’ प्रहरी निरीक्षक पन्तले भने, ‘बालकको उद्धार गरी स्वास्थ्य केन्द्र लग्यौँ, अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढी रेफर गरिएको छ।…

Read More

धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तरगत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रेमबहादुर शाहीले भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् । उनीहरु मध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : राष्ट्रिय युवा संघ नेपाल कैलालीको अधिवेशनमा सहमतिको नाममा टिके प्रथाबाट नेतृत्व चयन गरिएको आरोप लागेको छ। जिल्ला सचिवका आकांक्षीसमेत रहेका भीम बडैलाको समूहले यस्तो आरोप लगाएको हो। हिजोदेखि सुरु भएको अधिवेशन घोडाघोडीको सुखडमा आज सम्पन्न भएको थियो। उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गरेको जनाएको छ। तर, अर्को पक्ष भने उक्त कमिटी स्वीकार्ने पक्षमा छैन। उनीहरुले नेतृत्व चयन तथा सचिव पदमा अधिवेशन प्रक्रिया र विधि प्रक्रिया मिचिएको जनाएका छन्।उनीहरुले अहिले सामाजिक संजालमा विरोध समेत चर्काएका छन्। हेर्नुस् सचिवका आकांक्षीसमेत रहेका भीम बडैलाको स्टाटस राष्ट्रिय युवा संघ नेपाल कैलालीको सुखडमा सम्पन्न नवौं जिल्ला अधिवेशनले संगठनको विधि, विधान, नीति र पद्धतिको…

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकास्थित वडा नम्बर ५ मा निर्माणाधीन सडकमा विवाद देखिएको छ। संघीय सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रममार्फत निर्माणाधिन १६ किलोमिटर सडकको क्षेत्राधिकार खाली गर्न ढिलाई भएको हो। सोही कारण सडक निर्माण तथा कालोपत्रेको काम प्रभावित पनि भएको छ। सडकमा पर्ने गेटा आँखा अस्पताल क्षेत्रमा रहेका टहराहरु अझै खाली भएका छैनन्। क्षेत्रीय सहरी विकासका सडकहरुको क्षेत्र खाली गर्ने दायित्व स्थानीय तहको हो। तर दुई वर्षमा सडक निर्माणको काम पूरा गर्न सम्झौता गरिएको सडकमा रहेका संरचनाहरु अझै खाली भएका छैनन्। विशेष गरी सडकमा पर्ने कत्था उद्योगको अगाडिको टहरा नहटाइएपछि विवाद बढेको हो। उक्त टहराका कारण सडक फराकिलो नबन्ने, सिधा बन्ने…

Read More

धनगढी : बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्षमाथि उनकै वडा कार्यालय सहयोगीले कुटपिट गरेका छन्। वडाध्यक्ष सुरतसिंह नेगीलाई उनकै वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत जनार्दन नेगी र उनका छोरा पारश मिलेर कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए। बिहीबार राति ९ बजेको समयमा स्थानीय बजारमा नेगीमाथि तराजुको ढकले प्रहार गर्दा वडाध्यक्ष नेगीका चार वटा दात भाँचिएको प्रहरीले जनाएको छ। घाइते नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

Read More

धनगढी: कैलालीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशनको बन्दसत्र जारी छ। आज (शुक्रवार) बिहानैदेखी सुखडमा खुलासत्र सुरु भएर अधिवेशन थालिएकोमा अहिलेसम्म नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन। अधिवेशनको बन्दसत्र अहिले पनि जारी रहेको र नेताहरुवसहमतिमै नेतृत्व चयनको अन्तिम प्रयासमा रहेको बताइएको छ। अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका केही पदमा अहिलेसम्म सहमति भएको तर सचिव पदमा सहमति जुट्न नसक्दा बन्दसत्र लम्बिएको जनाइएको छ। यस्तै सहमति नभए चुनावमा जानुपर्ने प्रतिनिधिहरुको भनाई छ।

Read More