Author: महेन्द्रनगर पोष्ट

धनगढी: २७ पुसमा नागरिक उन्मुक्ति सहितको समर्थनमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसक्नुप-थ्यो। विश्वासको मतको समय सीमाको उत्तरार्ध बिहीबार (२६ माघ) मा प्रदेश सभामा उनले विश्वासको मत सिद्ध गर्न सकेनन्। एक महिनाअघि मुख्यमन्त्री समर्थन गरेको नागरिक उन्मुक्तिले नेकपा एमालेलाई धोका दियो। विश्वासको मत नदिएर उन्मुक्तिका सांसद काठमाडौँमै बसेपछि रावल नेतृत्वको एमाले प्रदेश सरकार २९ दिनमै ढलेको थियो। यसअघि नागरिक उन्मुक्तिले सभामुख चयनमा पनि गठबन्धनका दललाई झस्कायो। सभामुख चयन गरिसक्नु पर्ने अन्तिम समय सीमामा आएर मात्रै उसले सभामुखमा माओवादी केन्द्रलाई सघाएको थियो। २८ पुसमा सभामुखको लागि मत विभाजन हुँदा…

Read More

टेकसिंह धामी, धनगढीः सुदूरपश्चिमको दुर्गम मानिने अछामको रामारोशनमा बुवा मंगलबहादुर शाह र आमा चन्द्रा शाहको कोखबाट २०२८ साल माघ १० मा जन्मिएका थिए कमलबहादुर शाह। त्यसपछि उनको परिवार कैलाली सरेको थियो। कैलाली आएपछि शाहले टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा लिएका थिए। शाहले व्यवस्थापन संकायमा स्नातक सम्मको अध्ययन गरेका छन्। २०४४ सालमा नेविसंघबाट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका शाह २०४६ सालदेखि ५२ सालसम्म नेविसंघको क्याम्पस इकाइ सदस्य, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भएका थिए। शाहले तरूण दलको खेलकुद विभागको केन्द्रीय सदस्य भएर पनि काम गरे। त्यसपछि २०५५ देखि ०६८ सम्म उनी तरुण दलको केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष बने…

Read More

धनगढीः प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन सुदूरपश्चिमका संघीय सांसद एकबद्ध भएका छन्। सुदूरपश्चिमबाट संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकतावद्ध भएका हुन। उनीहरु मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकवद्ध भएर दबाब सृजना गर्नेमा सहमत भएका छन्। संघीय राजधानी काठमाडौँमा भएको छलफलमा एकताबद्ध भएर गेटा मेडिकल कलेजलाई देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन दबाब सृजना गर्न सहमत भएको पूर्वसांसद दीपक प्रकाश भट्टले बताए। ‘सुदूरपश्मिबाट प्रतिनिधित्व गर्ने सांसद साथीहरुसंग गेटालाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने बिषयमा छलफल ग(यौँ, साथीहरु सबै पोजेटिभ हुनुहुन्छ,’ उनले भने, ‘सरकारले…

Read More

धनगढी: यातायात ब्यवसायी तथा मजदूर संगठनको सयुंक्त आन्दोलन अन्तरगत सरकारलाई आफ्ना माग सुनुवाइका लागी सुदूरपश्चिमका मजदूर संगठन र यातायात ब्यवसायीहरुले धनगढी बसपार्कमा कोणसभा आयोजना गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संग र यातायात ब्यवसायी सुदूरपश्चिमको टिमले संयुक्त रुपमा सरकारलाई दवाव दिन धनगढी बसपार्कमा कोणसभा आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटाले लोकतन्त्र, गणतन्त्र आएपनि मजदूर तथा यातायात क्षेत्रका लागी कुनै सरकार नआएको बताए । कुनै ब्यक्तीले उधोगधन्दा खोल्यो भने उसको कति सम्मान छ तर यातायात ब्यवसायी तथा मजदूरको सम्मान कहिल्यै भएन बरु हेप्ने काम…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका एकिकृत समाजवादीका नेता नरेश शाहीले पदभार ग्रहण गरेका छन्। शुक्रवार शाहीले पदभार सम्हालेका हुन्। शाहीले कुनैपनि निर्णय गरेका छैनन्। मन्त्री शाहीले संविधानतह हस्ताक्षर गर्नैपर्ने भए गर्ने तर अध्ययन बिना कुनै निर्णयमा हस्ताक्षर नगर्ने बताएका छन्। युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने शाहीको भनाई छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्। बिहीवार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका शाहले शुक्रवार शपथसँगै पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्री शाहका अनुसार ३० दिनभित्र समितिले प्रतिवेदन पेश गर्ने बताए। उनले भने, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ। भ्रष्टाचारका कुराहरु आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जुृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छाैँ। ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ।’ मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुले पनि शुक्रवार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो कार्यकालका दोस्रा नवनियुक्त मुख्यमन्त्रीले पदभार सम्हालेका छन्। शुक्रवार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हालेका हुन्। यस्तै उनले आजै नियुक्त गरेका २ मन्त्रीहरूले पनि पदभार सम्हालेका छन्। मन्त्रीद्वय प्रकाशबहादुर देउवा र नरेश शाहीले पदभार सम्हालेका हुन्।देउवाले भाैतिक पूर्वाधार विकास मन्त्रालय र शाहीले आर्थिक मामिला तथा याेजना मन्त्रालयको कार्यभार सम्हालेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख र महामन्त्रीमा भोजराज जोशी क्वालिटी निर्वाचित भएका छन्। आज पार्टीको बैठकबाट जोशी निर्वाचित भएका हुन्। समाजसेवी समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशको संगठन विभाग प्रमुख र महामन्त्री भएपछि कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताएका छन्।

Read More

धनगढी: मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ । प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । रावलले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने जानकारी गराए । ‘संसदीय प्रणालीलाई स्वीकार्छु । अनैतिक खेलमा लाग्दिनँ । म अहिल्यै राजीनामा दिन्छु’, उनले प्रतिक्रिया दिए । पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । तर, विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडानले उनले विश्वासको मत पाउन सकेनन् । केही दिनदेखि नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौं आएर बसेका थिए । बिहीबार बिहान…

Read More

धनगढी: नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले बिहीबार विश्वासको मत लिँदैछन्। रावलले ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । काठमाडौंमा रहेका नाउपाका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी नहुने अवस्था देखिएपछि बुधबारको बैठक स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने/नपाउने अझै अन्यौल छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले लिने निर्णयका आधारमा मुख्यमन्त्री रावलको भविष्य तय गर्नेछ । किनभने आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान नाउपाले लिएको छ ।…

Read More