Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशनको बन्दसत्र जारी छ। आज (शुक्रवार) बिहानैदेखी सुखडमा खुलासत्र सुरु भएर अधिवेशन थालिएकोमा अहिलेसम्म नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन। अधिवेशनको बन्दसत्र अहिले पनि जारी रहेको र नेताहरुवसहमतिमै नेतृत्व चयनको अन्तिम प्रयासमा रहेको बताइएको छ। अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका केही पदमा अहिलेसम्म सहमति भएको तर सचिव पदमा सहमति जुट्न नसक्दा बन्दसत्र लम्बिएको जनाइएको छ। यस्तै सहमति नभए चुनावमा जानुपर्ने प्रतिनिधिहरुको भनाई छ।

Read More

धनगढीः रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस काण्डमा समातिएका छन् । उनीहरु ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् । आयोगको सम्पर्क कार्यालय, बुटवलको टोलीले वडाध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा विचौलिया विनोद भरसमेत छन् । गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । अख्तियार टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरेको आयोगको कार्यालय बुटवलले जनाएको छ ।

Read More

बाइसे–चौबिसे राज्य शासनताका तत्कालीन जाजरकोट राज्यका संस्थापक जगती सिंहले १४५५ मा स्थापना गरेको जगतीपुर दरबारको भग्नावशेष पुग्न सदरमुकाम खलंगाबाट करीब तीन घण्टा लाग्छ। खलंगा नजिकैको बोहरा पारिको उकालो छिचोलेपछि पुगिन्छ, जगतीपुर। जगतीपुरको आँगनबाटै अघि बढेको छ, मध्यपहाडी राजमार्ग। साविकको जगतीपुर गाविस–३ र हाल भेरी नगरपालिका–११ मा पर्ने कटिगाउँ ‘कमरेड गाउँ’ का नामले चिनिन्छ। माओवादीको १० वर्षे सशस्त्र विद्रोहताका सिंगो गाउँले टाउकोमा रातो फेटा बाँध्नेलाई संरक्षण मात्र गरेन, बम–बारुद पनि बोक्यो। तर, यतिबेला कटिगाउँलाई सामाजिक हिंसा, गरीबी र अभावले थिलथिलो पारेको छ। वीरमान विक र ऋण तिर्न नसक्दा साहुले लिएकाे उनकाे घर। तस्वीहरु: लोकेन्द्र विश्वकर्मा ३२ वर्षीय वीरमान विक साहुको गोठालोदेखि…

Read More

दार्चुलाः जिल्लाको व्याँस गाउँपालिका–६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय हुतीका प्रहरी नायव निरीक्षक आनसिंह भण्डारीका अनुसार बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुलमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो। शवको पहिचान हुन नसकेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली घटनास्थल पुग्दै गरेको प्रनानी भण्डारीले बताए। ‘शव पानीमै डुबेको अवस्थामा छ,’ उनले भने, ‘जिल्लाको टोली पुग्ने बितिक्कै बाहिर झिकेर अन्य प्रकृया अगाडि बढाउछौँ।’ मृतकको पहिचान खुल्न सकेको छैन। अहिले इलाका प्रहरी कार्यालय हुती र स्थानीयबासिन्दा घटनास्थलमा छन्।

Read More

धनगढीः आम आदमी पार्टीका सांसद राघव चड्डा र बलिउड अभिनेत्री परिनीति चोपडा गत–साता मुम्बईमा एकसाथ डिनरमा देखिए। त्यसपछि दुई जनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी गरिँदै आएको छ। दुई जनाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् तर राज्यसभा सांसद सञ्जीव अरोडाले एक कदम अगाडि बढेर राघव र परिनीतिलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म हृदयदेखि राघव र परिनीतिलाई बधाई दिन चाहन्छु। उनीहरूको मिलन माया र खुशीले भरियोस्। मेरो शुभकामना।’ अरोडाको लेखाइपछि धेरैले बधाई दिन शुरु गरेका छन् तर अहिलेसम्म दुई जनाले भविष्यको बारेमा फैसला लिन लागेका हुन् कि लिइसके भन्ने पुष्टि हुन सकेको छैन। हालै राघवसँग भारतीय समाचार एजेन्सी एएनआईले…

Read More

धनगढीः साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका ९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन्। चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए। उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा राजेश यादवले बताए। उनलाई २५ दिन अघि गम्भीर अवस्थामा चितवनमा उपचारका लागि ल्याइएको थियो। अस्पतालका जिआई सर्जन डा नारायण बेलबासेका अनुसार उनको स्वास्थ्यमा निकै सुधार भएको छ। तर उनी प्राकृतिक रूपमा अहिले नै दिसा गर्न सक्ने अवस्थामा भने छैनन्। मलद्वार नजिकै ठूलो आन्द्राको भाग थोरै बाहिर निकालेर दिसा बाहिर जान मिल्ने बनाइएको छ। एक…

Read More

धनगढीः गत आमनिर्वाचनमा एकाएक ७ प्रत्यक्ष र १३ समानुपातिक सिट जितेर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले दोहोरो नागरिकता काण्डमा दोषी ठहर गरेपछि ठप्पप्रायः छ। अदालतको फैसलाबाट एकैपटक गृहमन्त्री, सांसद, पार्टी सभापति र संसदीय दलको जिम्मेवारीबाट विमुख भएपछि पार्टीका अन्य मन्त्रीलाई समेत उनले सरकारबाट फिर्ता बोलाएका थिए। अहिले उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ को आगामी उपनिर्वाचनमा होमिएका छन्। आफ्नै काण्डले रिक्त भएको क्षेत्रमा उनी पुनः उठ्दैछन्। यसबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उक्त पार्टीभित्र असन्तुष्टि भुसको आगोझैँ सल्किएको बताइन्छ। आफ्नो अनुपस्थितिमा १९ जना सांसदमध्ये कसैलाई पनि मन्त्री…

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार राति प्रहरीले २ ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको र किशोर–किशोरी भएकाले नाम सार्बजनिक नगरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुरका एक जना ५० वर्षीय पुरुषको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको से ५ प ४६८४ नम्बरको स्कुटर गोदावरी नगरपालिका–१ मनहरास्थित सडकमा दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार सडकमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए। उनलाई सुरुमा अत्तरियास्थित पदमा अस्पतालमा लगिएको थियो। पदमाले सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More