Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुराको भित्री मधेशमा पर्ने नेपाल–भारत सीमानाका बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले परशुराम नगरपालिका–५ परीगाउँको बाङघाट र वडा नम्बर ६ को सिसमझाला घाट बन्द गराएको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले असुरक्षित तरिकाले नाका चलाउन नमिल्ने भन्दै बन्द गरेको जानकारी दिए। प्रजिअ न्यौपाने भने, ‘त्यो गैरकानुनी हो, नेपाल–भारतको बोर्डर खोल्न त्यहाँ भन्सार राख्नुपर्छ। पुल हुनुपर्छ। त्यस्तो असुरक्षित किसिमले नाका चलाउन मिल्दैन।’ उनले अनौपचारिक हिसाबले चलेको भए पनि असुरक्षा हुन्छ भन्दै रोकेको जानकारी दिए। तर स्थानीयले भने प्रशासनको निर्णयमा आपत्ति जनाएका छन्। भित्री मधेशका बासिन्दाले दुवै नाकामार्फत् डुङ्गा चढेर दैनिक उपभोग्यको सामग्री ल्याउने गरेका थिए। परशुराम नगरपालिकामा मात्रै…

Read More

काठमाडौंः बालाजु माछापोखरी क्षेत्र सोमबार एकाएक अशान्त बन्यो। ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुरहरूले अवरुद्ध पारेको सडक प्रहरीले हस्तक्षेप गरेर खोल्न खोज्दा मजदुर आक्रोशित भएका थिए। विवाद चर्किंदै गएपछि यतिसम्म पुग्यो कि आन्दोलनरत मजदुरहरूले बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन विष्ट सवार बा २ झ १४४ नम्बरको स्कार्पियोसहित दुईवटा गाडीमा आगजनी नै गरे। मजदुरहरूले आगजनी गरेका प्रहरीका दुवै गाडी पूर्ण रूपमा ध्वस्त भएका छन्। ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्दा न्यूनतम लाग्ने जरिवाना पाँच सय रुपैयाँबाट एकैपटक १ हजार ५ सय रुपैयाँ पुर्‍याएपछि मजदुरहरू आन्दोलित बनेका हुन्। मजदुर संघले बालाजु क्षेत्र मात्रै होइन, चक्रपथ सडकखण्डका विभिन्न ठाउँमा सवारी…

Read More

बैतडीः बैतडीका स्थानीय तह खेलकुदमय भएका छन्। यहाँका स्थानीय तहहरूमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनमा भइरहेकाले खेलकुदमय भएका हुन्। पालिकामा माघ २५ गते शुरु भएका सिल्ड प्रतियोगिताहरु फागुन ९ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए। यसअघि जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा प्रतियोगिता सम्पन्न भइसकेका छन्। आइतबारदेखि पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी, सिगास र पञ्चेश्वर गाउँपालिकामा रनिङ सिल्ड सञ्चालन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। यसका साथै फागुन ३ गते दशरथचन्द नगरपालिका र फागुन ७ गतेदेखि सुर्नया गाउँपालिकामा रनिङ सिल्ड प्रतियोगिताको तयारी भइरहेको छ। पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले यहाँका…

Read More

धनगढी: दार्चुलाको उत्तरी क्षेत्रमा भारतीय ज्यादती कायमै छ। भारतीय पक्षले तवाघाट–लिपुलेक सडक खण्डमा विस्फोट गराउँदा ढुंगा उछिट्टिएर व्याँस गाउँपालिका–२ का हिक्मत महराको घरमा क्षति पुगेको छ। भारतले गत कात्तिक दोस्रो साता उक्त सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर हिक्मतका नौ वर्षीय छोरा पवनको मृत्यु भएको थियो। भारतले पुनः त्यही क्षेत्रमा विस्फोट गराउदा घरमा क्षति पुगेको छ। व्यास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेर भारतीय सडकमा विस्फोट गराउँदा दुम्लिङ नजिकको अरतौलीमा रहेको महराको घरमा क्षति पुगेको जानकारी गराएको छ। भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर सीमा क्षेत्रमा विगतदेखि नै व्यापक क्षति पु-याउँदै आएको छ।महाकालीपारि भारतीय…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित चार जना युवा प्रक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ परेको हो। धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट अवैध लागूऔषध दुई सय १० मिलिग्राम सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकका २१ वर्षीया मनिका वुढा, धनगढीगाँउका २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै जानकी गाउँपालिका–६ जगतपुर घर भई टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायत पनि पक्राउ परेका छन्। उनी अवैध लागूऔषध १ सय मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ परेका हुन्। ईलाका…

Read More

धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले दुई जनालाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ फनपार्कस्थित भारतबाट भन्सार छली गरेर ल्याएका समानसहित दुई जना पक्राउ परेका हुन्। मोटरसाइकल चालक भारतको लखिमपुर खिरि कृष्णनगर–८ पलियाका २४ वर्षीय अमन गुप्ता र मोटरसाइकल चालक बाजुरा बडिमालिका नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–२ तिलके ताल बस्ने २४ वर्षीय सुरज बोहरा पक्राउ परेका छन्।  बोहराले चलाएको से.३ प ५५११  नम्बरको मोटरसाइकलमा दुई सय चार थान सुट र ५ थान साडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। करिब एक लाख ४५ हजार मुल्य…

Read More

धनगढी: नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकाे सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेकाे बताएका छन्। समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेकाे दाबी गरे। खनालले भने, ‘अहिलेकाे गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्ताे केही सम्भावना देखिरहेकाे छैन्,’राष्ट्रपतिकाे निर्वाचनकाे हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने उनकाे भनाइ छ। ‘राष्ट्रपतिकाे निर्वाचन भनेकाे महत्त्वपूर्ण एजेन्डा हाे। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडाे दुरदर्शिताका साथ संविधानकाे मर्म, हामीले स्थापित गरेकाे लाेकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो…

Read More

धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्। मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। हिजो देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। हिजो पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्। पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ। भोलि प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ। प्रशिक्षणमा प्रशिक्षार्थीहरुको परिक्षा समेत लिइने र उत्तीर्ण हुनेहरुले जिल्लास्तरमा प्रशिक्षण दिने छन्।

Read More

धनगढी: कंचनपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी कार्यक्रमस्थल नजिकैबाट १३ जना युवा समातिएका छन्। सोमवार महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई पनि प्रहरीले समातेको छ। पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्। बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा…

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षणका लागि कैलाली पुगेका हुन। दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए। उनले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन्। त्यसपछि नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन्। यस्तै आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने…

Read More