Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सभाकै बैठक कहिले बस्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन्। यसअघि ११ गते बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको थियो। बैठक स्थगित गरिएको २ दिन सम्म पनि अर्को बैठक बस्ने बारे टुङ्गो लाग्न नसकेको हो। सुदूरपश्चिम प्रदेश सभाको अबको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत दिने छन्। उक्त बिषयमा छलफल भइरहेको हुँदा बैठक बस्नेबारे टुङ्गो लाग्न नसकेको हो। अब केही दिनभित्रै प्रदेश सभाको बैठक आह्वान गरिने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। अघिल्लो महिना २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए। यहि २७ गते भित्र रावलले विश्वासको…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका– २ सन्तोशी टोल बस्ने भीमबहादुर कुँवरलाई लागुऔषधसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले कुँवरलाई बिहीबार राति बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीकाअनुसार कुँवरको साथबाट एक ग्राम पाँच सय मिलिग्राम लागुऔषध बरामद गरिएको छ। यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्ककै टोलीका प्रहरी सहायक निरीक्षक चन्द नेतृत्वकै टोलीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय सुशिल कुँवरलाई पनि पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत कैलालीले १२ माघ २०७७ मा लागुऔषध खैरो हिरोइनको मुद्दामा ६ दिन जेल र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो।…

Read More

धनगढीः कञ्चनपुरको शुक्लाफाँटामा अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका–१२ तिल्केका लालदाश रानाको घर पछाडी लुकाएको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ । रानाले आलु बारीमा खाडल खनेर लुकाएको अवस्थामा ७ फिट लम्बाइको सालको गोलिया, ८ फिट लामो सिल्ली गरेर ३४ दशमलव ९५ क्यूफिट काठ बरामद गरिएको छ । बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय वाणीमा बुझाइएको छ ।

Read More

धनगढीः धनगढीबाट लागुऔषधसहित दुई जना युवा–युवती पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ बाग्राकटानबाट उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय विरेन्द्र कुमाल र १७ वर्षीया करिना रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनीहरुलाई दुई ग्राम ५७० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए। उनकाअनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले राति युवा–युवतीलाई नियन्त्रणमा लिएको थियो।

Read More

धनगढीः भ्रष्टाचार अभियोग लागेका नायव सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ। न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले हिजो दाबी नपुग्ने भन्दै यस्तो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा थापाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेषमा मुद्दा दायर गरेको थियो। भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापामाथि १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति कमाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरूलाई पनि विपक्षी बनाइएको…

Read More

काठमाण्डौः लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदी घर भएका उनको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन्। लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उाी केही समयदेखि बिरामी थिए। पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए।

Read More

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ३ मा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका ३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः मंगलवार बाजुरामा आएको भूकम्पले भएको क्षतिको पुरा विवरण अझै आएको छैन। भूकम्प आएको तीन दिन बित्दा पनि क्षतिको पुरा विवरण नआएको हो। हिमपात र वर्षा भएकाले भूकम्पले गरेको क्षतिको विवरण संकलनमा ढिलाई भएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार भूकम्प प्राविधिकको समूह गएर क्षतिको विवरण संकलनको काम जारी छ। जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर मंगलवार दिउसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नटूड्को भूकम्प आएको थियो। उक्त भूकपम्पको कारण भिरबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। अन्य तीन जना घाइते भएका छन्। भूकम्पका कारण बाजुराका ८ स्थानीय तहमा…

Read More

धनगढीः जनचेतना सञ्चार समूहद्वारा सञ्चालित हाँस्यटेली सिरीयल ‘नसानाडी’को छायाँकन सुरु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ मा को राजघाटमा ‘नसानाडी’को छायाँकन सुरु गरिएको संस्थाका अध्यक्ष विजयराज जोशीले जानकारी दिए । बिहीवार एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको काम थालिएको उनले बताए । उक्त सिरीयलले समाजमा भएका विकृति, बिसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगायतका कुराहलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माताले जनाएका छन् । सिरीयलको कथारपटकथारसम्बादरलेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीको हुने छ भने छायाँकन देवेन्द्र पाण्डेले गरेका छन् । न्युज नेपाल टेलिभिजनले सिरियलको प्रसारण गर्ने छ । फागुन १५ गते…

Read More

कैलालीः सुदूरपश्चिम प्रदेशमा फूटकर रुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो। जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो। “कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यसबारे गम्भीर ध्यानाकर्षण भएको छ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ। गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइए कारवाही…

Read More