Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको अत्तरियामा सवारी दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक महिला घाइते भएकी हुन्।  अम्बर आयल स्टोर अगाडी ट्रकले मोटरसाइकलाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार घोडाघोडीकी ३० बर्षीया चम्पा सुनार घाइते भएकी हुन्। घाइते सुनारको पद्मा अस्पतालमा उपचार भइरहेको छ। ना ५ ख २९२४ नम्बरको ट्रकले से ५ प ६९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक डोटीको बुडरका ३० बर्षीय लोकेश बिक सकुशल रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

Read More

धनगढी: नेपाल किसान संघ कञ्चनपुरका अध्यक्ष भैरबसिंह ऐरको निधन भएको छ। आज बिहान हृदयघातका कारण धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको मृत्यु भएको हो। ७५ वर्षीय ऐर नेपाली कांग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष र झलारी गाउँ पञ्चायतका उपप्रधानपञ्च समेत थिए।

Read More

धनगढी: होटलको छतबाट खसेर धनगढीमा एक जना युवा घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कमल रोशन होटल एण्ड लजको छतबाट खसेर अछामको मंगलसेनका २६ वर्षीय कपिल सोडारी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्रबहादुर पालले राती करीब साढे १२ बजेतिर सोडारी छतबाट खसेर घाइते भएको जानकारी दिए। सोडारीका दुवै खुट्टामा चोट लागेको छ। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी: नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले देशभरका विमानस्थललाई फ्री ईन्टरनेट सेवा सहज रुपमा प्रदान गर्न निर्देशन दिएको छ। आज एक परिपत्र जारी गर्दै सुदूरपश्चिम प्रदेशसहित देशभरका  विमानस्थलहरुमा सहज र शुलभ निशुल्क ईन्टरनेट सेवा व्यवस्थापन गर्न निर्देशीत गरिएको हो। प्रधान कार्यालयका प्रबन्धक विष्णु गौतमले यसबारे सम्बन्धित नागरिक उड्डयन कार्यालयलाई परिपत्र गरेको बताए।हेर्नुहोस् निर्देशनपत्र

Read More

काठमाडौं: काठमाडौंको किर्तिपुरमा युवा व्यवसायी फिरोज सिंहले नेवारी रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। हालै उनले सस: ट्वा नामक रेस्टुरेन्ट खोलेका हुन्। उनका अनुसार सस भनेको ससुराली र ट्वा भनेको टोल हो। उनले यो रेस्टुरेन्टमार्फत त्यो टोललाई नै परिचित गराउन खोजेको पनि बताएका छन्। यस्तै यो नेवारी रेस्टुरेन्ट भएकाले यहाँ नेवारी स्पेसल खानाका प्रकारहरु उपलब्ध रहने उनको भनाई छ। यस्तै यहाँ आउनेहरुको सत्कार र मीठो खाना खुवाउनुका साथै नेवारी संस्कृतीलाई प्रवर्द्धनसमेत गर्ने हेतुले रेस्टुरेन्ट संचालनमा ल्याइएको उनले जनाए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

Read More

घनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले मातहत अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्। प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुखलगायतलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिएका हुन्। उक्त अवसरमा डिआइजी सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर लाग्न निर्देशन दिए। ‘जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुस्,’ उनले भने। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको १० बुँदे कार्ययोजना मातहतमा समेत अक्षरस कार्यान्वयन गर्न डिआइजी सिंहले निर्देशन दिए। भारतसँगको खुल्ला सिमा नाकाहरुका कारण लागूऔषध सेवन…

Read More

धनगढी: अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टस एण्ड सप्लायर्समा अगलागी भएको छ। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ जयगढ बजारस्थित नृप खड्काको मोटर अटो पार्टस एण्ड सप्लायर्समा बिहीबार राति आगलागी भएको अछाम प्रहरीले जनाएको छ। अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण खुल्न नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं: नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए।त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

Read More

धनगढी: बेलौरी नगरपालिका–५ रामनगरमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का घाइते छन्। करिब साढे १० बजेतिर सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ।

Read More