Author: महेन्द्रनगर पोष्ट

धनगढी : डडेल्धुरामा जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय लालसिंह भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सोही ठाउँका ५६ वर्षीय कल्याण कामीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा भाटलाई सोमबार पक्राउ गरिएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। कामी भागेश्वर गाउँपालिका योजना शाखामा सव ओभरसियर हुन्। शनिबार राति भाटले पटक–पटक फोन गरेर जातीय रूपमा गालीगलौज गरेको कामीले प्रहरीमा दर्ता गराएको जाहेरीमा उल्लेख छ। ‘पक्राउ परेका भाटले पहिले पनि गालीगलौज गर्ने र भेदभावपूर्ण ढंगले नै बोल्ने रहेछन्,’ सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक थापाले भने, ‘अस्ति पनि गालीगलौज गरेछन्। हिजो…

Read More

धनगढी : आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

Read More

धनगढी : नेकपा एमालेका युवा नेता अभिसेक नाथ युवा केन्द्रिय सदस्यमा मनोनीत भएका छन् । अभिषक युवा संघ धनगढीका नगर अध्यक्ष समेत हुन । उनि युवाहरू माझ लोकप्रिय छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी धनगढीका स्थायी बासिन्दा हुन ।

Read More

काठमाडौं : नेकपा एकिकृत समाजवादीका सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न दौडधुप तिव्र पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बनाउने तयारी गरेको बेला आलेले दौडधुप बढाएका छन् । मन्त्री बन्नकै लागि उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग समेत कुराकानी गरेको बताइएको छ । यसका लागि सरकारमा सहभागी समाजवादीका एक मन्त्रीलाई फिर्तासम्म बोलाउनेबारे चर्चा छ । आले यसअघि पनि पर्यटनमन्त्री रहिसकेका व्यक्ति हुन । तर प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बनाउने आश्वासन दिएको बताइन्छ । एकसाताभित्रै श्रेष्ठलाई…

Read More

धनगढी : नेकपा (एमाले) धनगढी उपमहानगरपालिका कमिटीको सदस्यमा युवा नेता हिमान्सु शाह निर्वाचित भएका छन्। हिजो सम्पन्न दोस्रो अधिवेशनबाट शाह नगर सदस्यमा निर्वाचित भएका हुन्। हिमान्सु शाह युवाहरुमाझ अत्यन्त लोकप्रिय नेता हुन्। उनले आफ्नो युवावस्थामा नै विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिहरूमा सक्रिय भूमिका निभाउँदै आएका छन्। उनको लोकप्रियता र प्रभावशाली नेतृत्व क्षमताका कारण उनी यस पटकको अधिवेशनमा विजयी भएका हुन्। यस अधिवेशनमा सहभागी सबै प्रतिनिधिहरूले शाहको विजयीलाई स्वागत गरेका छन्। शाहले आफ्नो चुनावी अभियानमा युवाहरूको हक, अधिकार, र अवसरका लागि आवाज उठाउने वाचा गरेका थिए। उनले निर्वाचित भएपछि पनि आफ्नो प्रतिबद्धता पूरा गर्ने र धनगढीको विकासमा महत्वपूर्ण योगदान दिने बताएका…

Read More

काठमाडौं : नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । नेपाल नेदरल्याण्ड्सलाई हराउँदै शानदार सुरुवात गर्न चाहन्छ । विश्वकप हुँदा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ–११ मैदान उतार्नेछ । कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देशाईलाई आफ्नो प्लेइङ ११ निर्धारण गर्न खासै कठिन हुनेछैन । किनभने पछिल्लो एक वर्षमा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ ११ पत्ता लगाउन सम्भावित सबै परीक्षण गरेको छ । तयारी खेलमा क्यानडाविरुद्ध खेलबाट नेपालको टोलीमा एक परिवर्तन पक्का छ । घाइते दीपेन्द्रसिंह ऐरी क्यानडासँग खेल खेलेका थिएनन् । तर…

Read More

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ह्याट्रिक जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् । मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए । त्यस्तै २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए ।

Read More

काठमाडौं: बैतडीका उद्धव लावडको उपचारमा आर्थिक समस्या आएको भन्दै सहयोगको अपिल गरिएको छ। जिल्लाको दशरथ चन्द नगरपालिकास्थिय देहिमान्डौ घर भएका लावडको उपचारमा समस्या आएको हो। उपचाररत लावडको उपचारका लागि आर्थिक समस्या भएको भन्दै आफन्तले सहयोगका लागि अपिल गरेका छन्। लावड करिब १४ वर्ष पहिले पहिरोमा परि घाईते भएका थिए। त्यसपछि उनको पेटबाट पाईप जोडेर पिशाव गराउने गरि उपचार गरिएको थियो। तर अहिले अपरेसन गर्नुपर्ने भएकाले आर्थिक समस्या आएको बताइएको छ। हाल उनी काठमाण्डौको मेडिकल कलेजमा उपचाररत छन्। सहयोगका लागि ९७४२१६६१६१ मा सम्पर्क गर्न वा ग्लोबल आइएमई बैंकको खातानम्बर ३१०७०१०१३८२८४ मा रकम जम्म गराउन सकिने छ।

Read More

काठमाडौं: कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआइजी अर्जुन चन्द ठकुरीले सम्हालेका छन्। आज (मंगलबार) हाजिर भएका उनले प्रदेश प्रहरीको जिम्मेवारी ग्रहण गरेका हुन्। अस्ति बुधबारमात्रै गृह मन्त्रालयले केही डीआइजीहरुको सरुवा र पदस्थापन गर्दै ठकुरीलाई कर्णाली पठाएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी लालमणी आचार्यलाई भने भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको थियो। आचार्यको स्थानमा ठकुरी गएका हुन्। ठकुरीले कर्णाली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेतका एसएसपी सन्जिव शर्मा दास र एसएसपी बीरबहादुर ओली, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गरेका थिए। यस्तै ठकुरीले जिम्मेवारी सम्हाल्दै…

Read More

धनगढी : कैलालीको अत्तरिया स्थित धर्मा होटलबाट यौन धन्दामा संलग्न तीन जना पक्राउ परेका छन । हिजो राति इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धानको खटिएको टोलीले धर्मा होटल सञ्चालकसहित दुई केटिहरुलाई पक्राउ गरेको हो । उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More