Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ भित्र उजुरी दर्ता गर्न गृह मन्त्रालयलेआह्वान गरेको छ। मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको हो। नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौँको माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटना भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Read More

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसले निर्वाचनका लागि दल दर्ता, साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मा काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई दिने बैठकले निर्णय गरेको छ । जम्मा ५ मिनेट बसेको बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय भएकोमा उक्त अभियान भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको काँग्रेसका एक नेताले जानकारी दिएका छन् । बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबिच छलफल भएको हो। बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए। उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

Read More

काठमाडौं – नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् । यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ । घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् । अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा…

Read More

काठमाडौं – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब सय दिन मात्रै बाँकी छ । फिफा विश्वकपका उत्कृष्ट अन्तर्राष्ट्रिय टोलीहरूलाई स्वागत गर्ने क्रममा कतारमा आठ अत्याधुनिक स्टेडियमहरू बनेका छन्। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म ६४ खेलहरू हुनेछ । कतार सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हासन अल थावादीले कतारको राष्ट्रिय दिवसमा लुसेल स्टेडियममा फाइनल खेल हुने बताए । यसअघि २१ नोभेम्बरदेखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच एक दिन अघि नै खेल हुने भएको छ। एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ । गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरूमा आन्तरिक छलफल सुरु भएको छ ।

Read More

मुम्बई – अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । यो फिल्मको वितरक पेरामाउन्ट पिक्चर्स हो । जसका फिल्म पाकिस्तानमा पनि रिलिज हुन्छन् । तर, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन र सिन्ध बोर्ड अफ फिल्म सर्टिफिकेसनले भने आमिरको फिल्मलाई पाकिस्तानमा रिलिज गर्न नदिने भएको छ । ‘हाम्रो नीति…

Read More

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ । नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ ।

Read More

महेन्द्रनगर – महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ । कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता …

Read More