Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढी उपमहानगरपालिकामा नेकपा (एमाले) को कैलाली जिल्ला कमिटीको टोलीले अनुगमन गरेको छ। आज (सोमवार) एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितको टिमले उपमहानगरको अनुगमन तथा मेयर, उपमेयरसंग छलफल गरेको हो।उक्त छलफलमा एमाले कैलालीका जिल्ला कमिटी सदस्यत्रय कमलसिंह राना, मनोज राई र किशोर शाह पनि थिए। हिजोमात्र उपमहानगरले सार्वजनिक गरेको कक्षा ८ को वार्षिक परिक्षाको प्रारम्भिक प्रतिवेदनका सन्दर्भमा छलफल गरिएको जोशीले जानकारी दिए। उक्त प्रतिवेदनले कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएको देखाएको छ। आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको…

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नेकपा (एमाले) कैलालीको जिल्ला कमिटीको टोलीले निरीक्षण गरिएको छ। आज (सोमवार) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी नेतृत्वको टोलीले अस्पतालको अनुगमन तथा प्रशासनसंग छलफल गरेको हो। सेवाग्राहीको आम जनगुनासोपछि अस्पतालको प्रभावकारी सेवा प्रदानमा सहजीकरण गर्न, गराउन अनुगमन गरिएको जोशीले बताए। उक्त अनुगमन टोलीमा एमाले कैलालीका जिल्ला कमिटी सदस्यत्रय कमलसिंह राना, मनोज राई र किशोर शाह पनि थिए। अनुगमनका क्रममा उक्त टोलीले अस्पतालका समस्या र आवश्यकताबारे मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेबाट जानकारी लिएका थिए। पाण्डेले अस्पताललाई विषेशज्ञ चिकित्सकसहितको ३०० बेड क्षमताको बनाउन पहल गर्न उनीहरुसमक्ष आग्रह गरेका थिए। यस्तै सो क्रममा हालसालै विवादित बनिरहेको अस्पतालको कर्मचारी…

Read More

धनगढीः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव धनगढी आएका छन्। उनी आज बिहान साढे ७ बजे श्री एअरलाइन्सको उडान नम्बर एसएयु २६१ मा धनगढी आएका हुन्। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसहितको टोली पनि हिजो स्थलमार्गबाट धनगढी आएको थियो। नेपाली काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा। आरजू राणा पनि हिजो बिहान सबेरै काठमाडौंबाट स्वागतार्थ धनगढी आएकी छन्। धनगढीस्थित एक होटलमा अस्तिदेखि तीन दिने नेपाल–भारत सम्मेलन भइरहेको छ। चौथाइवाले पनि सोही कार्यक्रममा भाग लिन नयाँ दिल्लीबाट त्यहाँ पुगेको बताइन्छ। दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्धबारे आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अनुराधा गोस्वामीको पनि सहभागिता छ।…

Read More

धनगढीः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा केन्द्रीय सदस्य आरजू देउवा राणा धनगढीमा छिन्। उनी हिजो हतार हतार हिजो धनगढी आएकी थिइन्। हिजै सोही समयमा गौरीफन्टा नाका भएर भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवाले र भारतीय राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख सुनिल अम्बेकर पनि धनगढी आएका थिए। उनीहरुकै स्वागतमा आरजू काठमाण्डौबाट धनगढी आएको बताइएको छ। आरजूले आफ्ना पति पछिल्लोपटक प्रधानमन्त्री हुँदा चौथाइवालेलाई रक्षा बन्धनको डोरो पनि लगाइदिएकी थिइन्। धनगढीस्थित एक होटलमा अस्तिदेखि आयोजित तीन दिने नेपाल–भारत सम्मेलनमा भाग लिन चौथाइवाले र अम्बेकर त्यहाँ पुगेको बताइन्छ। दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्धबारे आयोजित कार्यक्रममा भारतीय…

Read More

काठमाडौंः संयुक्त राष्ट्र संघका उच्च अधिकारी हिजो राति काठमाडौं आइपुगेका छन्। पाँच जनाको टोलीको मुकाम याक एण्ड यति होटलमा राखिएक छ। राष्ट्रसंघीय उपमहासचिव तथा एसिया प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अरमिदा सालसियाह अलिसजाल्बानाको नेतृत्वमा रहेको टोलीले आज र भोलि सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्दैछ। राष्ट्रसंघीय टोलीमा काठमाडौंस्थित कार्यालयका प्रीतनिधिहरु समावेश छन्। उनीहरुले आज बिहान योजना आयोगका उपाध्यक्ष,अर्थमन्त्री, गृहमन्त्री,भौतिक निर्माण तथा यातायातमन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम छ। टोलीले आजै पाटन र वसन्तपुरको अवलोकन भ्रमण गर्नेछ। भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेपछि उपमहासचिव साँझ ८ बजे मलेसिया प्रस्थान गर्ने तालिका छ। त्यसअघि भोलि नै उनले…

Read More

धनगढीः बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री सडक खण्डमा आइतबार दुर्घटना हुँदा २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो। मोटरसाइकल दुर्घटना हुँदा सडक छेउमा लत्रिएको थ्रीफेज लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएका उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। बझाङको तलकोट गाउँपालिका वडा नम्बर–३ का बाल विकाश माध्यामिक विद्यालय धमेनाका निवर्तमान लेखापाल तथा हालसालै प्राथमिक तहको शिक्षक सेवा आयोगमा नाम निकालेर उनी तनहुँ गएका थिए। उनी विद्यालय छुट्टि भएपछि घर आउने क्रममा ग १३ प–७०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको उपरीक्षक खाँणले…

Read More

कञ्चनपुरः महाकाली नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन्। मलामी गएका बेला नुहाउने क्रममा महाकालीमा बेपत्ता शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमालको शव भेटिएको हो। आईतवार दिउँसो उनी भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए। सोही नजिकै सशस्त्र प्रहरीको खोज तथा उद्दार टोलीले शव फेला पारेको हो।

Read More

दार्चुलाः शैल्यशिखर नगरपालिका सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बेरुजु देखिने स्थानीय तहमा परेको छ। महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदन २०७९ अनुसार शैल्यशिखर नगरपालिका प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आउने स्थानीय तहमा परेको हो। कुल १ अर्ब ३४ करोड ६५ लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १६ करोड ३६ लाख ३ हजार अर्थात औसतमा ११.९१ प्रतिशत बेरुजु आएको महालेखाले ३० चैतमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणबाट एक वर्षमा शैल्यशिखरमा औँल्याइएको बेरुजु रु १६ करोड ३६ लाख ३ हजार रहेको छ। योजनाको आवश्यकताभन्दा पनि कार्यकर्ता पाल्ने र पोस्ने उद्धेश्यले बजेट विनियोजित गरेको,…

Read More

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको फेशबुकमार्फत बताएका छन्। उनले भनेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन।’ स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताएका छन्। उनले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं। तपाईंहरुको…

Read More

धनगढीः मलामी गएका कञ्चनपुरका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित नदीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देवसिंह बुडालले जानकारी दिए। आज ९आइतबार० दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन। सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ। तर, बेपत्ता हमाल भने अहिलेसम्म नभेटिएको सई बुडालले बताए।

Read More