Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहान करिव साढे ६ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दीपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका ड्राइभर दलबहादुर बुढा घाइते छन् । उनलाई प्रतिष्ठान जुम्लामा ल्याइएको छ । गाडीमा ५ जना यात्रु सवार थिए। अरू सकुशल रहेका छन् ।

Read More

काठमाडौं – काठमाडौँमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।आइतबार बिहान करिब  ८ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । थप विवरण आउन बाँकी

Read More

आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर खाएर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ। मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा,…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो।

Read More

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने । पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको लामिछानेले आरोप लगाए । विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले भने ‘म चुनौतीका साथ भन्छु…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन् । शनिबार आयोजित पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका हुन् । उनले बन्जी जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताउँदै भने–‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ । ओलीले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा युवाको सहभागी हुनुपर्ने भनाइ छ ।

Read More

दार्चुला – दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं ३ रातोभिटा घर भएका अन्दाजी ५० वर्षीय करविर कार्की वेपत्ता भएका हुन् । बिहिबार साँझ आफनै पसल कोलीगाडबाट घर जाने बेला बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत मगरले जानकारी दिनु भएको छ । बेपत्ता भएका कार्कीको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । बेपत्ता कार्कीको अहिलेसम्म एउटा मोबाइल फोन बाहेक अन्य केही नपाएको प्रहरीले जनाएको छ । बेपत्ता कार्कीलाई खोज्न खण्डेश्वरी प्रहरी चौकी तथा लटिनाथबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन् । ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए । ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । ‘एघार जनाको समिति बनाउने, सात जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमण मुक्त भएका छन् । यस्तै दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

Read More

दाङ – प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु साथै १४ जना घाइते भएका छन् । शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी सत्यनारायण थापाले जानकारी दिए । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।

Read More