धनगढीः संवैधानिक इजलासको फैसलाबाट रवि लामिछानेको पद गुमेको छ। तर गृहमन्त्री छँदा रविले खेलेको भूमिकाको सजायँ महाकाली किनारका जनताले भोग्नुपर्ने अवस्था आउदैछ। महाकाली नदीमा भारतले बलमिच्याइँपूर्वक गरिरहेको तटबन्ध निर्माणको विषय स्थानीयस्तरका साथै गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतसम्म पुगेकै छ। तर, यसमा सुधार हुनुको साँटो गृहमन्त्री र मन्त्रालयस्तरकै सहमतिमा नेपाली भूमिमा जोखिम बढ्नेगरी तटबन्ध धमाधम निर्माण भइरहेको छ। पुस ११ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने रास्वपा मात्रै होइन गृहमन्त्री र गृह मन्त्रालय पनि भारतभक्त देखिएका छन्। कतिसम्म भने, स्थानीयस्तरमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने सिडिओको सरुवा रोकेर भारतीय तटबन्ध निर्माणलाई सघाइँदैछ। सरकारमा जानुअघि विज्ञप्ति निकाल्ने रास्वपा पनि यसबारे चुपचाप छ। माघ…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट ३२ वर्षीय रमेश सिंह र २३ वर्षीय रमेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्। मंगलबार दिउँसो सोहि स्थानका सिंह र धामी पक्राउ परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सिंह र धामीबाट ३८० मिलिग्राम लागुऔषध फेला पारेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको छ।
काठमाडाैं: सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई सो सजाय हुने फैसला सुनाएको हो । यसभन्दा अघि नै (माघ १०) गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यतिबेला नै उनलाईबाल यौन दुरुपयोग र मानव बेचबिखनको आरोपमा ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो । मानव बेचबिखनको कसुरमा भने सजाय निर्धारणका लागि माघ २३ गते(आज) को पेसी तोकिएको थियो ।
बझाङः बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो। खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधवारर (पर्सी) विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले पर्सी विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई जानकारी पनि गराएका छन्। मुख्यमन्त्री रावलले प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेको सभामुख भीमबहादुर भण्डारीले बताए। उनका अनुसार मुख्यमन्त्री रावलले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन्। यस्तै उनले आफू विश्वासको मत लिने तयारीमा रहेको पनि जानकारी दिएको भण्डारीले बताए। उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पर्सी विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ। क्याबिनेट बैठकको निर्णयसहित उहाँको पत्र पनि हामीलाई प्राप्त भएको छ। त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ।’रावल २७…
धनगढी: नेपाल विद्यार्थी संघ डडेल्धुराले अनलाइनमा बढी रहेको ठगीबारे सचेतना कार्यक्रम गरिरहेको छ। संघले अनलाइनका माध्यमबाट हुने जोखिमबारे जनचेतना जगाउन विभिन्न क्याम्पसमा कार्यक्रम गरिरहेको हो । सोही क्रममा आइतबारमात्रै सदरमुकामस्थित भिमदत्त बहुमुखी क्याम्पसमा संघले कार्यक्रम गरेको जिल्ला अध्यक्ष पवन ऎरले जानकारी दिए। कार्यक्रममा परिवर्तन सामाजिक संजालको दुरुपयोग तथा अनलाइनका माध्यमबाट हुने गरेको ठगीबारे विद्यार्थीलाई जानकारी दिइएको उनले बताए । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सांसद सरस्वती खड्का तथा क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष सन्तोष जैरु अतिथि रहेका थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने संघका अध्यक्ष ऎरले बताए ।
धनगढी: कैलालीमा रबि लामिछानेका समर्थकहरुले कान्तिपुर पत्रीका जलाएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान कान्तिपुर बहिष्कार गर्ने भन्दै उनीहरूले पत्रीका जलाएका छन्। रास्वपाका अध्यक्ष समेत रहेका रबिबिरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरुले पत्रीका जलाएको बताएका छन्। स्वयं रबिले पनि आफूलाई मिडियाले खेदेको भन्दै हिजो कोलाहल मच्चाएका थिए। उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्री पदबाट बिदा भएपछि हिजोमात्र मिडियामा झुल्किएका थिए। त्यसपछि उनले त्यहीँ झोकमा उनले मिडियाविरुद्ध आफ्नो भडास पोखेका थिए। उनको पासपोर्ट काण्डको भने अहिले पनि छानबिन जारी छ।
धनगढीः प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति कैलालीले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रीत बालबालिकालाई सहयोग गरेको हो । आइतबार नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री (कापी, कलम) सहयोग स्वरुप प्रदान गरेको हो । संस्थाका अध्यक्ष मनोज अचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यावद ज्ञापन गरेका छन् ।
काठमाडौंः प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रचण्ड र विप्लवबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो। भेटमा माओवादीको तर्फबाट उपाध्यक्ष कृष्ण बहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी छन्। भेटमा समसामयिक राजनीतिक अवस्थाका, नेपाल कम्युनिस्ट पार्टीको मागका साथै पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
बझाङः सेती नदिमा हाम फालेर बझाङमा वडाध्यक्षका छोराले आत्महत्या गरेका छन्। सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए। प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो। थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।