Author: महेन्द्रनगर पोष्ट

दाङ – केही दिनदेखि विवादमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । एकराज उनका प्रेमी भएको समाचार आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई सोमबार राति १२ बजे अस्पताल भर्ना गरिएको हो । सचिवालयका अनुसार मन्त्री खत्री बस्नेतको घरमा आर्थिक लेनदेन मिलान गर्नका लागि पुगेकी थिइन् । ‘बस्नेतले लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्क विहीन…

Read More

हेटौंडा – प्रहरीले १६ किलो गाँजासहित मकवानपुरको हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले बताए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३ हजार ९०५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमित पुष्टी भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या सयमुनि पुगेको छ । पछिल्लो २४ घन्टामा १५ जना संक्रमणमुक्त भइसकेपछि अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ९७ जना पुगेको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ लाख ६८ हजा २ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Read More

काठमाण्डौं – रसियाले नेपालको खेलकुद क्षेत्रका विविध पक्षमा सहयोग गर्ने भएको छ । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँगको भेटमा रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री अथकले दुईदेशीय हितको विषयमा छलफल भएको बताएका छन् । मन्त्री अथकसँगको भेटमा रसियाली खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबैदेशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया ईच्छुक रहेको बताएका छन् । भेटमा मन्त्री अथकले नेपाल र रसिया बिचको ६६…

Read More

चितवन – बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्‍याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटक पटक यौन हिंसा गरेका कारण रक्तस्राव…

Read More

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ । उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

Read More

मुग्लिन – वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । त्रिभुवन विमानस्थलले आगामी दिनमो यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे । नेपाल नागरिक उड्डयन…

Read More

काठमाडौं – सहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रामकुमारी झाँक्रीले एमाले सांसदहरूलाई चुनौती दिएकी छन् । एमाले सांसदहरू गंगा सत्गौवा चौधरी र विमला विश्वकर्माले मन्त्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप लगाएपछि मन्त्री झाँक्रीले प्रमाण ल्याएर आउन चुनौती दिएकी हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीलाई प्रष्टीकरण सोध्ने क्रममा एमाले सांसद चौधरीले ईआरएमसी वा उक्त कम्पनीसँग जोडिएका फर्मले मात्रै सहरी विकास मन्त्रालयका योजना किन पाउँछ ? भनेर प्रश्न गरेकी थिइन् । मन्त्रीले रकम लिएर कालोसूचीमा परेको कम्पनीलाई योजना दिएको उनको आरोप थियो ।…

Read More

प्युठान – प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

Read More