Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका एकिकृत समाजवादीका नेता नरेश शाहीले पदभार ग्रहण गरेका छन्। शुक्रवार शाहीले पदभार सम्हालेका हुन्। शाहीले कुनैपनि निर्णय गरेका छैनन्। मन्त्री शाहीले संविधानतह हस्ताक्षर गर्नैपर्ने भए गर्ने तर अध्ययन बिना कुनै निर्णयमा हस्ताक्षर नगर्ने बताएका छन्। युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने शाहीको भनाई छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्। बिहीवार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका शाहले शुक्रवार शपथसँगै पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्री शाहका अनुसार ३० दिनभित्र समितिले प्रतिवेदन पेश गर्ने बताए। उनले भने, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ। भ्रष्टाचारका कुराहरु आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जुृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छाैँ। ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ।’ मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुले पनि शुक्रवार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो कार्यकालका दोस्रा नवनियुक्त मुख्यमन्त्रीले पदभार सम्हालेका छन्। शुक्रवार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हालेका हुन्। यस्तै उनले आजै नियुक्त गरेका २ मन्त्रीहरूले पनि पदभार सम्हालेका छन्। मन्त्रीद्वय प्रकाशबहादुर देउवा र नरेश शाहीले पदभार सम्हालेका हुन्।देउवाले भाैतिक पूर्वाधार विकास मन्त्रालय र शाहीले आर्थिक मामिला तथा याेजना मन्त्रालयको कार्यभार सम्हालेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख र महामन्त्रीमा भोजराज जोशी क्वालिटी निर्वाचित भएका छन्। आज पार्टीको बैठकबाट जोशी निर्वाचित भएका हुन्। समाजसेवी समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशको संगठन विभाग प्रमुख र महामन्त्री भएपछि कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताएका छन्।

Read More

धनगढी: मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ । प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । रावलले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने जानकारी गराए । ‘संसदीय प्रणालीलाई स्वीकार्छु । अनैतिक खेलमा लाग्दिनँ । म अहिल्यै राजीनामा दिन्छु’, उनले प्रतिक्रिया दिए । पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । तर, विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडानले उनले विश्वासको मत पाउन सकेनन् । केही दिनदेखि नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौं आएर बसेका थिए । बिहीबार बिहान…

Read More

धनगढी: नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले बिहीबार विश्वासको मत लिँदैछन्। रावलले ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । काठमाडौंमा रहेका नाउपाका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी नहुने अवस्था देखिएपछि बुधबारको बैठक स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने/नपाउने अझै अन्यौल छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले लिने निर्णयका आधारमा मुख्यमन्त्री रावलको भविष्य तय गर्नेछ । किनभने आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान नाउपाले लिएको छ ।…

Read More

डडेल्धुराः डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको भागेश्वर गाउँपालिका–४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेका हुन्। अमरगढी नगरपालिका–५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।  ९ ग्राम चार सय ५० मिलिग्राम लागुऔषधसहित उपमहानगरपालिका–८ का २२ वर्षीय सिरु राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

Read More

धनगढी: सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी एक महिलाको बाटोमै मृत्यु भएको छ। बझाङको छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७० वर्षीया सिता गिरीको मृत्यु भएको हाे। गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानीय रामभक्त गिरीले बताए। विहान गाउँपालिका भवन व्याँसीमा जेष्ठ नागरिक भत्ता बुझ्न गएकी उनको आज दिउसो फर्कने क्रममा बाटोमै मृत्यु भएको हो। दमकी बिरामी रहेकी गिरी केही समय अघिदेखि अस्वस्थ थिइन्। गिरीको घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैङ्कमा पुग्न गाडीमा १ घन्टाकाे समय लाग्छ। गाउँपालिकाले भत्ता बुझ्न बैङ्कमै जानुपर्ने नियम लागू गरेपछि जेष्ठ नागरिकहरूलाई सकस…

Read More

धनगढी: कैलालीका पत्रकार बिरेन्द्र रावलले मोहन्याल गाउँपालिका-३ को फलेबिसौनामा अशक्त तथा शारीरीक अपांगता भएका बालबालिकालाई सहयोग गरेका छन् । रावलले बुधबार मोहन्यालस्थित बालबालिकाको घरमै पुगेर उनीहरुलाई सहयोग गरेका हुन् । उनकाअनुसार १५ जना बालबालिकासहितका अशक्त, बृद्धबृद्धा र अपांगता भएकालाई सहयोग गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुलाई सहयोग गरिएको रावलले बताए ।

Read More