Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टका अनुसार करिब ४ किलो बाघको हड्डीसहित शनिबार राति बाजुराको बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वलीलाई पक्राउ गरिएको हो। सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीको दुई बेग्लाबेग्लै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्तामा ७५ वर्षीय वृद्ध लाहनु चौधरी मृत फेला परेका हुन्। उनी आफ्नै घर छेउको नालीमा आइतबार मृत अवस्थामा फेला परेका थिए। मृत्युको कारण भने खुल्न सकेको छैन्। यस्तै कैलारी गाउँपालिका–४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक पनि शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। यी दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Read More

धनगढीः बाजुराको एक वडा कार्यालयले विवाह गर्दा स्वीकृति अनिवार्य गरेको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० का स्थानीयले विवाह गर्दा अनिवार्य रुपमा वडा कार्यालयको स्वीकृती लिनुपर्ने भएको हो। विवाह गर्नकै लागि वडा कार्यालयले मापदण्डसमेत बनाएको छ। यदी कसैले वडा कार्यलयको स्विकृती बिनै विवाह गरेमा वा गरेको पाइएमा वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा सुविधाबाट बन्चित गरिने वडा अध्यक्ष दलबहादुर साउँदले बताए। यद्यपि वडा कार्यालयले बालविवाह न्युनिकरण गर्नका लागी यस्तो कदम चाल्नुपरेको जनाएको छ। वडा कार्यालयले विवाहका लागि स्विकृती नलिई विवाह गरेको पाइएमा सेवा सुविधाबाट बन्चित गराइने पनि जनाइएको छ।

Read More

धनगढीः बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत रहेका जीवन बुडालको मृत्यु रहस्यमयी बन्दै गएको छ। दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीले बताए। मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा कार्यरत थिए। बझाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर आएका थिए। शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन। बुडालसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए। दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका…

Read More

गुलरिया: कंचनपुर कृष्णपुर नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका वडा न ८ मा रहेको रैकवार स्वास्थ्य चौकिमा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सनिवार रैकवार स्वास्थ्य चौकिमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाका वडा न ७,८ र ९ का नागरिकहरुलाई लक्षित गरि उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । उक्त निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग सम्बन्धि चेकजाँच,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच,सर्जरी सम्बन्धि सेवा,दन्तरोग सम्बन्धि चेकजाँच र निशुल्क हाइड्रोसिलको शल्यक्रिया सेवा उपलब्ध थिए । नागरिकसँग मेयर कार्यक्रमको…

Read More

धनगढीः आगलागीमा परेर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका ८ कोसेडीका दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ। फागुन ११ गते घरमा नै आगलागीमा परेपछि स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो। घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए। प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई…

Read More

धनगढीः माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा सबै पुरिएपछि बाजुरा हिमाली गाउँपालिका २, ३, ४, ५ र ६ का अधिकांश स्थानीयहरू पालमुनि रात काट्न बाध्य छन्। यहाँका स्थानीय वासीलाई उसै त के खाने, कसरी बाँच्ने भन्ने सधैँको चिन्ता छ। उसैमाथि भूकम्पले घर भत्किएपछि घरमा रहेको अन्न लत्ताकपडा सबै पुरिएपछि अरूको सहारामा बाँच्नु परेको छ। फागुन १० गते गएको भूकम्पको क्षतिबारे हिमाली गाउँपालिकाले सबै वडाको तथ्याङ्क सङ्कलन गरिएको छ। हिमाली गाउँपालिकाको वडा नं। १ देखि ७ सम्मका नौवटा घर पूर्ण रूपमा क्षति भएको र २८ घर चिराचिरा परेको हिमाली गाउँपालिकाले जनाएको छ। हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर…

Read More

काठमाडौंः नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति पदमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङले जित्ने बताएका छन्। पार्टीले राष्ट्रपति पदमा नेम्वाङलाई उठाउने निर्णय गरेपछि बधाई दिँदै जित्ने निश्चित भएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ुसुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।

Read More

कञ्चनपुरः भारतको उद्यमसिंह नगरमा एक नेपाली महिला नेपालीबाटै लुटिएकी छन्। बर्दियाको बासगढीकी ३८ वर्षीया बिनितालाई नशालु पदार्थ सेवन गराएर भारतमा नेपालीले लुटेका हुन। हिमाञ्चल प्रदेशको कुल्लू मनालीबाट स्वदेश फर्किरहेकी उनी रुद्रपुरमा लुटेरा समूहको शिकार बनेकी थिइन्। बाटोमा आफूलाई जुस खुवाएर बेहोस बनाएपछि लुटपाट गरिएको बिनिताले बताइन्। उनका अनुसार साथमा रहेको झोला, मोबाइल र नगद ३० हजार लुटिएको छ। उनी कुल्लूमा रोजगारी गर्थिन्। घर फर्किरहेकी उनी हरिद्धारबाट रुपैडियाको बसमा बसिन्। रुद्रपुरमा उनलाई दुई जना नेपाली नागरिक भेटिए। उनीहरुले बिनितालाई मोटरसाइकलमा गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगाउने बताए। बिनिता पनि छिटो हुने भन्दै उनीहरुसंगै मोटरसाइकलमा महेन्द्रनगरसम्म आउन राजी भइन्। बिनिता किच्छा नजिक पिपलिया…

Read More

धनगढीः मुलुकको सूचना प्रविधि क्षेत्रको उपल्लो पद अहिले पौडेलहरुको पोल्टामा छ। जस्तो नेपाल टेलिकमका हाकिम छन्, सुनिल पौडेल, सेक्युरिटी प्रिन्टिङ प्रेसमा विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारी नियुक्त छन्,प्रदीप पौडेल। यी तिनै भाइ विचौलिया दिपक भट्टका प्रतापले ठाँउ ठाँउमा फिट भएको बताइन्छ। अहिले यिनै पौडेल बन्धुकै कारण मुलुकको सूचना प्रविधि क्षेत्रले एक पछाडि अर्को संकट भोग्दैछ। जस्तो अस्ति सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान दुई घण्टा प्रभावित भयो। दुई हप्ता अघि मात्र लगातार सात घण्टा उडान प्रभावित भयो। बाहना थियो, सरकारी सर्भर डाउन। टिआइएको सर्भर अरु सरकारी निकायकोझैं गृह मन्त्रालय पछाडिको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ।…

Read More