Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले लागुऔषध दुव्र्यशनीविरुद्धको महाअभियान सुरु गरेको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) अशोककुमार सिंहको परिकल्पनामा प्रदेश प्रहरी कार्यालयले बुधबारदेखि महाअभियान सुरु गरेको हो । महाअभियान अन्तरगत पहिलो दिन प्रदेश प्रहरी कार्यालयले औषधी व्यवस्था विभागका प्रतिनिधि, औषधी व्यवसायी तथा धनगढीका अस्पताल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा प्रहरीले लागुऔषधका रुपमा समेत प्रयोग हुने औषधीको बिक्रि वितरण जथाभावी रुपमा नगरी अभियानलाई सघाउन आग्रह गरेको छ । प्रहरी नायब महानिरीक्षक सिंहले समाजमा लागुऔषध दुव्र्यशनीकै कारण अपराध जन्मिएको बताउदै न्यूनीकरणमा सबै पक्ष गम्भीर बन्नुपर्ने भन्दै सहयोगका लागि अपिल गरेका छन् । ‘समाजमा तपाई…

Read More

धनगढी: कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। बुधबार कृष्णपुर नगरपालिका वडा न ४ मा रहेको कृष्ण मावि मौवाफाँटाको खेलमैदान एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे। राष्ट्रपति रनिङ सिल्डको उद्घाटनपश्चात प्रदेश प्रमुख जोशीले खेलले खेलाडीलाई मात्र नभइ देशलाई समेत चिनाउने भएकोले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। त्यस्तै उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख हेमराज ओझाले पनि कृष्णपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको बताए। उनले एक वडा एक खेल मैदानको अवधारणा अनुरुप आफू अगाडि बढिरहेको र एउटा नगरस्तरीय राम्रो प्रतियोगिता…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। भोलि (बिहीबार) रावलले विश्वासको मत लिने अन्तिम दिन हो। भोलिसम्म मुख्यमन्त्री रावलले विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। बिहीबार उनले विश्वासको मत नपाएको अवस्थामा उनी अल्पमतमा पर्नेछन्। त्यसपछि नेकपा एमालेका रावल नेतृत्वको गठबन्धन सरकार ढल्नेछ। पुस २७ गते नेकपा (एमाले) सहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको मत लिने गरी (आज) बुधबार आह्वान गरिएको प्रदेश सभा बैठक नै स्थगित गरियो। सरकारलाई समर्थन गरेको निर्णायक दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु काठमाडौंमा रहेको र उनीहरु त्यहाँबाट कैलाली…

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई जोडेर भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरिएकोप्रति उनको सचिवालले खण्डन गरेको छ। मुख्यमन्त्री रावलका स्वकीय सचिव राजबहादुर चन्दले एक बिज्ञप्ति जारी गदै बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री रावलसँग सम्बन्धि भ्रामक र कपोकल्पित सामाग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। उक्त भ्रामक सामाग्रीले मुख्यमन्त्री रावलको व्यक्तिगत चरित्र हत्या र संस्थागत मानमर्दन गर्ने अभिप्राय रहेको बिज्ञप्तीमा उल्लेख छ। ‘उक्त भ्रामक र कपोकल्पित समाचार प्रति घोर निन्दा र भत्र्सना गर्दै समाचारको खण्डन गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। पत्रकारिताको आधारभूत सिद्धान्त, मूल्य मान्यता र आचारसंहिता विपरीत प्रकाशित भएको उक्त समाचारको सन्दर्भमा सत्ता गठबन्धनलाई कमजोर बनाउने प्रयासमा…

Read More

दार्चुलाः दार्चुलाको महाकाली नदीमा बुधबार दिउँसो बगेका एक वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ। महाकाली नगरपालिका–२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। महाकाली नगरपालिका–४ रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब चार सय मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पु¥याएका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पु¥याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ। वृद्ध कसरी महाकालीमा बगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : डडेल्धुरामा एक किशोरी बिहीबार मृत अवस्थामा फेला परेकी छन्। आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। मेलगाझा घर नजिकैको जंगलमा किशोरी रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए। ‘रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ, घटना प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप खुलाउँला।’ अहिले ती किशोरीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ। पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ। किशोरी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन्।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका एक वडा सचिव कार्यालय समयमै मदिरा सेवन गरेर लठ्ठ अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को वडा कार्यालयका सचिव हरिप्रसाद भट्ट कार्यालय समयमै मदिरा सेवन गरी वडा कार्यालय बाहिर सुतेको अवस्थामा फेला परेका हुन्। आज मदिरा सेवन गरेर वडा सचिव कार्यालय समयै फेला परेको धनगढी उपमहानगरपालिका– वडा नम्बर १९ का वडाअध्यक्ष बाँधुराम चौधरीले बताए। मदिरा सेवन गरेर वडा सचिव लठ्ठ भएपछि आज दिनभर वडा सचिवले गर्ने कामकाज सबै प्रभावित भएको वडा कार्यालय पुगेका सेवाग्राहीले बताएका छन्।

Read More

धनगढी: कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई लागु औषध खैरो हिरोईनसहित मंगलवार फेलापारी पक्राउ गरेको प्रहरीले बताएको छ। उनले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागु औषध र साथमा रहेको अनटेस्ट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका ६ बैशाखामा सु.प.प्र.०१०–११ प ७१४६ नम्बरको स्कुटीमा सवार कैलालीको जोशीपुर गाउँपलिका–६ सिम्रीका २३ वर्षीय पारस कठरिया र २३ वर्षीय दिनेश रावतलाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट १ पोका ८३ मिलीग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ । यस्तै भीमदत्त नगरपालिका ४ स्थित भाँसीबाट म२ प १८६६ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय प्रवेश थापा मगर, दार्चुलाको शैल्यशिखर नगरपालिका ३का २९ वर्षीय रामसिंह धामी तथा र भीमदत्त नगरपालिका ४ का १८ वर्षीय अनुराग टोकेलाई पनि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको छ। उक्त प्रदेश सभाको निर्णायक दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेसँगै रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको हो। आज (बुधबार) विश्वासको मत प्रयोजनाका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। तथापि उक्त बैठक स्थगित भएको छ। भोलि १ बजे अर्को बैठक बोलाइएको छ। ‘हाम्रो माग सम्बोधन नभएसम्म हामी सरकारमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेका छौँ । यसका साथै हामी सुदूरपश्चिम सरकारलाई विश्वासको मत पनि नदिने निष्कर्षमा पुगिसकेका छौँ । यसअघि रेशम चौधरीलाई माघ महिनाभित्रै जेलमुक्त गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन…

Read More