धनगढीः धनगढी उपमहानगरपालिकाका एक वडा सचिव कार्यालय समयमै मदिरा सेवन गरेर लठ्ठ अवस्थामा फेला परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को वडा कार्यालयका सचिव हरिप्रसाद भट्ट कार्यालय समयमै मदिरा सेवन गरी वडा कार्यालय बाहिर सुतेको अवस्थामा फेला परेका हुन्।
आज मदिरा सेवन गरेर वडा सचिव कार्यालय समयै फेला परेको धनगढी उपमहानगरपालिका– वडा नम्बर १९ का वडाअध्यक्ष बाँधुराम चौधरीले बताए।
मदिरा सेवन गरेर वडा सचिव लठ्ठ भएपछि आज दिनभर वडा सचिवले गर्ने कामकाज सबै प्रभावित भएको वडा कार्यालय पुगेका सेवाग्राहीले बताएका छन्।
Facebook Comments Box