Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले तारजाली नाघ्नेलाई सम्मान गरिएको भन्दै हालेको विवादास्पद पोस्ट एकछिनमै हटाएका छन्। चर्को आलोचनापछि मेयर हमालले उक्त स्टाटस मेटाएका हुन्। यसअघि आज उनले धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्ने वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरेको भन्दै फेसबुकमार्फत प्रचार गरेका थिए। मेयर हमालले तारजाली नाघ्ने क्रममा भेटिएका पाध्यायलाईसम्मान गरेको जनाएका थिए। उनको व्यैक्तिक स्वतन्त्रता हनन हुनेगरी सार्वजनिक रुपमा बेइज्जत गरेको आरोपपछि मेयर हमाल पोस्ट हटाउन बाध्य भएका हुन्।

Read More

काठमाडौँः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका छन्। आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए। रेशमलाई डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष उनले ८ वटा माग राखेका नउपाका एक नेताले बताए। जसमा उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ। नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ। सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश राख्नु पर्ने रेशमको माग छ। नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदीको सरुवा भएको छ। मन्त्रालयका प्रदेश सचिव सुवेदीको संघीय गृह मन्त्रालयमा सरुवा भएको हो। उनको बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ। आर्थिक मामिला मन्त्री रनेशकुमार शाही र मन्त्रालयका कर्मचारीहरुले उनको बिदाई गरेका हुन्। उनी सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पाँच महिना बसेका छन्। सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा नयाँ सचिवको रुपमा छविलाल रिजाल आउने मन्त्रालय स्रोतले बताएको छ।

Read More

झलारी: शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। वडा कार्यालयले अतिविपन्न, गरिब, दलित तथा जनजाति परिवारका ४० परिवारको स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष लालबहादुर ऐरले बताए। ‘वडाभित्रका विपन्न ४० परिवारको स्वास्थ्य बिमा गरेका छौं,’ उनले भने, ‘प्रति परिवार वडा कार्यालय ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ।’ यसगरी, वडा कार्यालयले एक सय परिवारलाई डोल वितरण, १२ वटा समूहलाई चारो काट्ने मसिन र २० परिवारलाई फिडर ९बाख्रालाई दाना तथा घाँस० खुवाउने मसिन वितरण गरेको छ। वडाभित्र विपन्न ५ परिवारको लागि शौचालय निर्माण, सार्वजनिक ५ ठाउँमा अटोमेटिक नल्का जडान गरिने अध्यक्ष ऐरले बताए। ‘यहीँ वर्ष ५ वटा ठाउँमा…

Read More

धनगढीः बैतडीमा शनिबार मृत फेला परेका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझ्न मानेका छैनन्। घटना भएको ६ दिन बितिसक्दा पनि आफन्तहरूले शव बुझ्न नमानेका हुन्। आफन्तहरूले बुडालको हत्या भएको र सोही अनुसार छानबिन भएर दोषीलाई कारबाहीको माग राख्दै शव बुझ्न नमानेको प्रहरीले जनाएको छ। दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल गत शनिबार सोही नगरपालिकाको ६ नम्बर वडामा शेरामा मृत फेला परेका थिए। सो दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे चौलानी नदीको बीच भागमा मृत फेला परेको थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल बिदामा घरमा आएका बेला पिकनिक गएका थिए। परिवारले बुडालसँगै पिकनिक गएका ११…

Read More

काठमाडौँः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आठ दलीय गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन्। गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार रेशम चौधरीलाई डिल्लीबजार कारागारमा भेटेका थिए। पौडेलसमक्ष उनले ८ वटा माग राखेका एक नेताले बताए। सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ। नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ। सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश राख्नुपर्ने रेशमको माग छ। नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ। यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग…

Read More

महेन्द्रनगरः कञ्चनपुरको पुनर्वासमा खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–३ भर्री घर भएर पुनर्वास नगरपालिका–२ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षीय छोरा रोमनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्थानीय बिएन पोलिक्लिनिकमा मृत्यु भएको हो।

Read More

धनगढी: कैलालीमा विष सेवन गरेका एक जनाको मृत्यु भएको छ। आज (बुधवार) जिल्लाको गौरीगंगा नगरपालिका ७ ईन्द्रपुर बस्ने डबल बहादुर कामीकी श्रीमती बर्ष ५० की सेतु कामीको मृत्युु भएको हो। प्रहरीका अनुसार उनले आफ्नै घरमा सल्फास नामक विषादी सेवन गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा आजै ज्यान गएको हो।

Read More

धनगढीः प्राइम लाइफ इन्स्योरेन्स धनगढीका शाखा प्रमुख नरेशबहादुर सिंहले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई सहयोग गरेका छन्। आज सिंहले जन्मदिनको अवसरमा फाउन्डेशनमा गएर सहयोग गरेका हुन्। उनले आज परेको आफ्नो जन्मदिनको अवशर पारी दृष्टी फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई बिहानको खाना खुवाएको बताए। सामाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको उनले बताए।

Read More

धनगढीः कैलालीमा झुण्डिएको अवस्थामा दुई जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको पुष्टि गरे तर घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ। जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ।

Read More