Author: महेन्द्रनगर पोष्ट

जनकपुरधामः प्रहरीको सीआईडी हौं भन्दै लुटपाट गर्ने गिरोहका ६ जना महोत्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत छन्। उनीहरुलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो। बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलका अनुसार उनीहरुले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस २८ गते अपराह्न सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेका थिए। महतोको साथमा रहेका…

Read More

पर्वतः फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ। बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो। पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो। खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए। उनीहरूको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। वालिङ…

Read More

धनगढीः धनगढीको बेलामा रहेको बेलादेवीपुर धाममा महायज्ञ आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको बेलादेवी धाममा अगामी माघ ११ गतेदेखि शिवपुराण एकादशाह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृंगारिक महाआरती हुने भएको हो । बिहीबार धाममा पत्रकार सम्मेलनको आयोजना गर्दै बेलादेवीपुर धाम व्यवस्थापन समितिले महायज्ञबारे जानकारी दिएको हो । व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले माघ २५ गतेदेखि मंसिर ६ गतेसम्म धाममा महायज्ञ आयोजना गरिन लागेको जानकारी दिए । शेष शैयामा शयन गरेका लक्ष्मीनारायणको ठूलो मूर्ती निर्माणार्थ सांस्कृति महोत्सव नाम दिएर महायज्ञ आयोजना गरिरहेको उनको भनाई छ । जोशीकाअनुसार महायज्ञ व्यवस्थापन र सञ्चालनमा करीब १० लाख रुपैयाँ बजेट…

Read More

धनगढीः प्रस्ताव अस्वीकृत भएपछि सिभिल मलमा एक युवाले आत्मदाहको प्रयास गरेको खुलेको छ। बिहीबार बिहान ११ः५५ मा सुन्धरास्थित मलको भुइँतलामा २९ वर्षीय बिसन गुरुङले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीका अनुसार गुरुङ केही महिनायता एक युवतीसँग प्रेममा थिए। युवती मलस्थित सपिङ सेन्टरमा काम गर्थिन्। अस्वाभाविक व्यवहार देखाएपछि युवती गुरुङसँग टाढा हुने कोसिसमा थिइन्। यस क्रममा गुरुङले युवतीलाई नियमित पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउनेलगायतका गतिविधि गर्दै आएका थिए। आजित बनेकी युवतीले पछिल्ला दिन उनलाई वास्ता गर्न छाडेकी थिइन्। यही क्रममा उनी बिहीबार बिहान बोतलमा पेट्रोल लिएर मल पुगेका थिए। युवतीले भेट्न नमानेपछि उनी सरासर मलको भुइँतलामा पुगे र बोतलको पेट्रोल शरीरमा…

Read More

कञ्चनपुरः पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका आमा–छोराकोे अन्तिम संस्कार भोलि महाकालीमा गरिने भएको छ। आइतबार पोखरामा ज्यान गुमाएका भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका छोरा स्लकको शव घर ल्याइदैछ। उनको दिउँसो १२ बजेतिर महाकाली घाटमा अन्तिम संस्कार हुने जनाइएको छ। विमान दुर्घटनामा ज्यान गुमाएका सुष्मा महेन्द्रनगरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती हुन भने स्लक कान्छा छोरा हुन्।

Read More

धनगढीः धनगढीका सरोज चौधरी २८औं पटक भलमन्सा चयन भएका छन्। सरोज धनगढी उप–महानगरपालिका वडा नम्बर ८ धनगढी गाँउको २८औं पटक भलमन्सा चयन भएका हुन्। गाउँको विकास निर्माण, आपसी मेलमिलाप तथा झै–झगडा मिलाउने र सरोकारवाला निकायसंग राम्रो समन्वय गरेको भन्दै फेरी भल्मन्साको जिम्मेवारी दिएको धनगढी गाउँका सुर्य चौधरीले बताए। चौधरी २०५२ सालदेखि लगातार बिना पारिश्रमिक भल्मन्सा बन्दै आएका छन्।

Read More

धनगढीः डोटीमा ६ जनाको ज्यान जाने गरी भूकम्प आएको अढाई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापनाको काममा तदारुकता देखाउन सकेको छैन। सयौं घरहरू क्षतीग्रस्त हुँदा भूकम्पपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्तिबारे विस्तृत तथ्यांकसमेत संकलन गर्न सकेको छैन। कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि ओत लगाएर बस्न बाध्य रहेको डोटीको पूर्वीचौकी गाउँपालिका– ३ काडामाडौका पदम बोहराले दुखेसो सुनाए। ‘राहत ल्याउनेहरू लुगाफाटो र त्रिपाल बोकेर मात्र आउँछन्, टाउको निहुराउने घर पुनर्निर्माण गरिदिए सहयोग हुने थियो’, पूर्वीचौकी ३ गैरागाउँकी लक्ष्मी बोहराले दुखेसो गरिन्, ‘चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या भइसकेको छ।’ स्थानीय तहहरूले पठाएको प्रारम्भिक विवरणका आधारमा राहतका…

Read More

धनगढीः कैलालीमा खुकुरी प्रहारबाट २ युवक घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगपालिका १ भुरुवामा खुकुरी प्रहारबाट दुई युवक घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन्। सोमबार राति छिमेकीको घरमा नाच्न गएको समयमा करीब १० बजेतिर आपसी विवाद भएपछि लफडा भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। विवादपछि स्थानीय ४ जना युवाले २१ वर्षीय जगत टमट्टा र २५ वर्षीय राजेश टमटामाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ। यस्तै घाइते दुबै जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। तर, उनीहरुको नाम खुलाएको छैन्। घटनामा संलग्न एक…

Read More

कैलालीः कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताएकी छन्।कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पु¥याएको बताइन्। “हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ। त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पु¥याउनुपर्नेछ, उनले भनिन्, “जनताकामाझमा बाँडेका सपना पूरा गर्नुछ। दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डो¥याउने मेरो सङ्कल्प रहनेछ।” उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई…

Read More

धनगढीः कैलालीमा खसी चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ को कौवापुरबाट खसी चोरेर भागेका प्युठानको मल्लरानी गाँउपालिका–४ बस्ने ४५ वर्षीय नारायण पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीमा खसी चोरी लगेको भन्ने निवेदन परेपछि खोजतलासका क्रममा पुनमगरलाई खसीसहित पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More