Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज नेपाल आएका छन् । तीनदिने नेपाल भ्रमणका लागि आएका उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

Read More

झापा – नेपाली कांग्रेस झापाले आफ्नो १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमार थेबेले जानकारी दिए। कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन्। यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य…

Read More

बुटवल – अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे नाम परिवर्तन गर्दै बुटवलमा विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला संगठन नाम राखेको छ । भेला हिजो उद्धघाटन सकेपछि हिजो ६ बजेदेखि राति बाह्र सम्म र विहान ७ बजे देखि ९ बजे सम्म चलेको बिशेष राष्ट्रिय भेलाकाे बन्दसत्रले नयाँ कार्यसमिति पनि चयन गरेको छ । देशैभरिबाट उपस्थिति प्रतिनिधि परिपेक्षककाे तीन सदस्य अध्यक्ष मण्डल निर्माण गरि कार्यक्रम शुरु भएको थियो । भने बन्द सत्रकाे अध्यक्षता रेखा चाैहानले गर्नु भएको थियोे । मण्डलका सदस्य पवित्रा शाहीले कार्यक्रम संचालन गर्नु भएको थियोे भने प्रमुख अतिथि बन्द शत्रका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे श्वेतपत्र जारी गर्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशङ्का रहेको छ । एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरू राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरूमा समेत गम्भीर छैनन् भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ ।

Read More

बझाङ – बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ…

Read More

काठमाडौं – दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटना परेको छ । गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजे समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो । साथै उक्त ट्रक चालक-सहचलाक ट्रक भित्र च्यापिएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ ।

Read More

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजमा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका हुन् । आफू सुदूरपश्चिमकै नागरिक भएकाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालनका लागि आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए । ‘मेडिकल विश्व विद्यालय बनाउने की प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौंला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्टाेक्ती दिएका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । उनले भने– समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र…

Read More

काठमाडौं – यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिए । ‘यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ’, उनले भने । उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै…

Read More

बझाङ – बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगेका छन् । निर्वाचित भएलगत्तै अध्यक्ष बोहराले मतदातालाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षाभत्ता वितरण गर्नको लागि घरदैलो गर्न थालेका हुन् । आर्थिक वर्ष २०७८।०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि अध्यक्ष बोहरा लाभग्राहीको घरघरमा पुगेका छन्। विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले वडा कार्यालयमै पुग्नुपर्ने अवस्था रहेकाले ज्येष्ठ नागरिकसहित लाभग्राहीलाई समस्या रहेकाले आफैँ सेवाग्राहीको घरमा पुग्न थालेको अध्यक्ष बोहराले बताए। जम्मा पाँच वडा रहेको साइपाल गाउँपालिका भौगोलिक रूपमा अति विकट भएका कारण स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ। गाउँपालिकाभित्रका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ७० वर्षमाथिका वृद्धवृद्धालाई वडा कार्यालयसम्म…

Read More