Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अनिवार्य अवकाशमा जादैछ्न्। ज्ञवाली उमेर हदका कारण अवकाशमा जान लागेका हुन्। स्रोतका अनुसार भदौ २६ गतेबाट अवकाश पाउने उनी अवकाशअघि आज हाजिर हुने गरी बिदामा बसेका थिए। उनी भदौ २५ गते प्रहरीबाट बिदा हुने तयारीमा छन्। उसो त उनले केही समय अगाडि सर्वोच्च अदालतमा उमेरहद हटाउन माग गर्दै रिट हालेका थिए। तर सर्वोच्चले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यसपछि उनी अनिवार्य अवकाशमा जाने निश्चित भएको हो। के हुँदैछ छानबिन ? एआईजी ज्ञवाली निकै विवादित प्रहरीका वरिष्ठ अधिकारी हुन्। घर जानै लाग्दा पनि उनीमाथि छानबिन जारी छ। उनकै समकक्षी टेकप्रसाद राईको नेतृत्वमा…

Read More

काठमाडौं: नेपाली सेनाका महासेनानी दिपक भण्डारीलाई जिम्मेवारीबाट हटाइएको पाइएको छ। सैनिक सामग्री खरिद र वितरणको जिम्मा पाएका भण्डारीले गडबड गरेको भन्दै जिम्मेवारीबाट हटाइएको हो। स्रोतका अनुसार उनी र दुई तारे जर्नेल प्रकाश देउजाले खरिद गरेका सामान महँगो हुनुका साथै ठेकेदारहरूलाई समेत पैसा मागेर हैरान बनाएपछि कारबाहीमा परेका हुन्। भण्डारीलाई जिम्मेवारीबाट हटाइएपछि यडी सप्लायर्सका झंक भट्ट, एन एस ट्रेड श्लोक इन्टरप्राइजेजका रितेश अग्रवाल, अलबेलो ट्रेडका जलेश्वर पौडेल, आर ए इन्टरनेशनलका राजेश अग्रवाल र राजश्री इन्टरप्राइजेजका सञ्चालकहरूले पनि समर्थन जनाएका छन्। उनीहरूले भण्डारी र प्रकाशले गरेका कमिसनका विषयमा जंगी अड्डामा बेलिविस्तार लगाइरहेका छन्।

Read More

धनगढीः कैलालीको धनगढीमा २ लाख बढी मुल्यको अबैध सामान बरामद गरिएको छ। शनिबार प्रहरी चौकी त्रिनगर, वडा प्रहरी कार्यालय र सादा पोशाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ आदर्श टोल, चटकपुर र हसनपुरबाट अबैध सामान बरामद गरेको हो। भारतबाट भन्सार छलेर ल्याएको करिब २ लाख २ हजार मुल्यको लेदर बेल्ट, टोपी, चश्मा, बच्चाका खेलौना, काजु तथा विभिन्न मसला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराधहरुलाई कम गर्न अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले साइबर अपराध र आतङ्कवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायहरूबिच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए । सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दीप प्रज्वलन गरी विधिवत् रूपमा उद्घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘सीआईडी म्यागजिन’ को विमोचन गरे। सो अवसरमा उनले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा…

Read More

धनगढी : कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण गरेका छन् । एसपी बिष्टले शुक्रबार प्रहरी महानिरीक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले स्थलगत निरीक्षण गर्न लागेको टीकापुरमा रहेको प्रहरी चौकी सत्तीसहितका केही कार्यालयको निरीक्षण गरेका हुन् । बिष्टले इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरको समेत निरीक्षण गरेका हुन् । प्रहरी चौकी र इलाका प्रहरी कार्यालय निरीक्षण गर्दै एसपी बिष्टले लागुऔषध दुर्व्यशनी, चोरी तस्करी नियन्त्रण तथा अन्य सामाजिक अपराध नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् । उनले चोरी, तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न खरो रुपमा काम गर्न समेत निर्देशन दिए ।…

Read More

धनगढीः कैलालीमा तीजको राति सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । हिजो (शुक्रबार) मात्र तीन महिलासहित ९ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोक नजिकै स्कारपियो र पिकअप बोलेरो जिप बाटो क्रस गर्ने समयमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। स्कारपियोमा सवार गोदावरी नगरपालिका–५ की ४१ वर्षीया एक महिला घाइते नै भएकी छन्। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–१ खुलामञ्च नजिकै जेसीबीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी पछाडी सवार धनगढी–१ कै १७ वर्षीय एक किशोर घाइते भएका छन्।उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्ग अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकललले ठक्कर…

Read More

काठमाडौं : सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ। संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय र हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमिति बनाइएका छन्। समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्। गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा हमाललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ। त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज…

Read More

धनगढी: डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। माइती जाने क्रममा आदर्श गाउँपालिकामा  पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ। साथै एक बालिका घाइते भएकी छन्। आदर्श गाउँपालिका–३ उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परि सोही वडाको आगरकी ६१ वर्षीया कौमती देवी ऐरको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिए। वडा अध्यक्ष पाठकका अनुसार कौमती सँगै रहेकी मृतककी करिब १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन्। कौमतीको आफ्नी नातिनी सहित आदर्श गाउँपालिका–६ सवखोला जानेक्रममा शनिवार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परि मृत्यु भएको हो।

Read More

सुरेश जोशी, बनबासा: भारतबाट नेपालमा हतियारसहित ड्रग्स तस्करी हुने कुरा जगजाहेर नै छ। बेलाबेला सीमा नाकामा घट्ने घटना र हतियारसहित व्यक्ति नै पक्राउ पर्नुले तस्करीको विषयलाई थप पुष्टि गर्दछ। यसैक्रममा हिजो (शुक्रबार साँझ) मात्रै नेपालको कञ्चनपुरस्थित सीमानाका जोडिएको बनबासा क्षेत्रमा कारतूससहित २ जना पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रानीखेतका विधायक प्रमोद नैनवालका भाई सतीश नैनवाल र उनका ड्राइभर अल्मोडा निवासी दिनेश चन्द्र रहेका छन्। उनीहरूलाई एसएसबीले नेपाल–भारत सीमामा ४० थान कारतूससहित समातेको जनाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र बनबासामा आउने क्रममा नैनवाल र उनका चालकलाई एसएसबीले अवैध कारतूससहित पक्राउ गरेपछि बनबासा प्रहरीलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार एसएसबीले…

Read More