Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो…

Read More

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेढ महिनाको अवधिमा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बिक्री गरेको हो। प्राधिकरणले गत जेठ १९ गतेदेखि भारत बिजुली निर्यात गर्न सुरुवात गरेको थियो। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर क्षेत्रीले प्राधिकरणले दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेको बताए। ‘प्राधिकरणले जेठ १९ यता दुई अर्ब १५ करोड रूपैयाँ बराबरको बिजुली भारत निर्यात गर्दै आइरहेको छ,’ उनले भने-‘प्राधिकरणले अहिले औषतमा भारु ४ देखि ६ रूपैयाँप्रति युनिट बिजुली निर्यात गर्दै आइरहेको छ।’ प्राधिकरणले गत जेठ १९ गतेदेखि ३९…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटक पटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ । आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात् सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ । विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्। अब भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ। आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागि मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ। हिजो बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको…

Read More

काठमाडौं – पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

Read More

काठमाडौं – जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन् । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । प्रहरी निरीक्षक भट्टका अनुसार गए राति चौकीदार गाउँतिर गएका थिए । सोही बेला ठुलो पानी परेको…

Read More

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले कागजात दिन आनाकानी गरेको छ। बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा समितिले आवश्यक कागजात बिहीबारसम्म बुझाइसक्न पत्र पठाएको थियो। तर मन्त्रालयले कागजात उपलब्ध नगराएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्। छानबिन समितिले बजेटसम्बन्धी सम्पूर्ण कागजातसहित सिसिटिभी फुटेजको भिडिओ उपलब्ध गराउन मन्त्रालयलाई भनेको थियो। छानबिनका लागि आवश्यक कागजपत्र आइनपुगेपछि बिहीबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले छानबिन गर्न बाँकी ७ दिनको कार्यतालिका बनाएर पारित गरेको छ। जसअनुसार आज (शुक्रबार) बिहान १० बजे, दिउँसो १२ बजे र बेलुकी ५ बजे गरी तीन चरणमा बैठक बस्नेछ। आज बिहान बैठकअघिसम्म…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।

Read More

काठमाडौं – भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ। तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे…

Read More

दार्चुला – शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको करार अवधि थप नहुने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुको नयाँ आर्थिक वर्षको पहिलो महिना साउन १ गतेदेखि म्याद नथपिने जनाएको छ । नगरपालिका भित्रका वडा कार्यालय,स्वास्थ्य संस्था,कृषि शाखा,पशु शाखा,कृषि शाखा,आर्युवेद शाखा र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत सबै करारका कर्मचारीको म्यान नथपिने सुचनामा उल्लेख गरेको छ । असार १६ गते बसेको नगरकार्यपालिकाको वैठकले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेकोले सोही अनुसार कार्यान्वयन गर्न गराउन नगरपालिकाले आग्रह गरेको हो ।

Read More