काठमाडौं: स्वास्थ्य बीमा बोर्डले ठूलो सँख्यामा करारमा कर्मचारी माग गरेको छ। बोर्डले एक सूचना जारी गर्दै करार सेवामा दर्ता अधिकारी (ना.सु.पाँचौं तह) तर्फ ५५ जना कर्मचारी माग गरेको हो। बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्ला र स्थानीय तहमा खटिनेगरी यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन बुझाउनसमे बोर्डले आह्वान गरेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गर्दैछ। टीयु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ।
बैतडी: बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा ७० बर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका-१ बस्ने बस्ने एक वृद्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख कमल चौधरीले बताए। आरोपित र पीडित बालिकाको थर एउटै भएकाले नाम सार्वजनीक गर्ने नमिल्ने प्रहरीले जनाएको छ। बोल्न नसक्ने ती बालिकामाथि पुस महिनामा बलात्कार भएको बुझिएको छ। बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की समेत दिएका ले ढिलोगरि घटना सार्वजनिक भएको बताइएको छ। घटनापछि बालिकालाई सुधपुक्ष गर्दा उनले ती वृद्धतिर संकेत गरेकी थिइन्। त्यसपछि आमाले दिएको जाहेरी अनुसार पक्राउ गरी वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।
काठमाडौं: सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका त्रिशक्ती कन्स्ट्रक्सन प्रालि कैलाली र गणपति कन्स्ट्रक्सन कंचनपुर रहेका छन्। समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ। तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा परप्ने छन् ।
बैतडी: बैतडीमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालयमा बालबालिकाहरुलाई भर्ना खोप कार्ड अनिवार्य गर्ने गरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध निशुल्क खोप दिने गरेको छ। त्यस्ता खोपबाट कोही पनि बालबालिका नछुटुन भनेर खोजपडताल अभियान समेत सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य प्रमुख भट्टले बताए।
काठमाडौं : लोकसेवा आयोगमा दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्यांक (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो। पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुनेरनहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको छ। लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिए। ‘कात्तिक, मंसिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेको थियो’, उनले भने, ‘नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग…
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले विहिबार कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले स्थानीय सरकारी सेवा चौथो तह अन्तर्गत विभिन्न प्राविधिक तर्फका पदका लागि विज्ञापन खोलेको छ। असिस्टेन्ट सभ इन्जिनियर, अमिन, नायब प्राविधिक, सहायक कम्प्युटर अपरेटर, अनमी, वैद्य, ल्याब असिस्टेन्ट र अहेव पदका लागि विज्ञापन खोलिएको सूचनामा उल्लेख छ।
काठमाडौं: आज नेपालले एसिसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल कतारसँग खेल्नेछ। खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ। कतार तीनै खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो। कतार ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो। नेपाल यस खेलमा विजयी भएमा…
नयाँदिल्ली: भारतमा पछिल्लो दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मंगबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन्। मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए। हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९ बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ।
काठमाडौं: आज देशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै राती सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।