Author: महेन्द्रनगर पोष्ट

जुम्ला – जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो । मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ वर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियो । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीयका अनुसार बुढाले बोकेको मोबाइलमा…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने बताइएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित स्थायी कमिटीका सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको बसेको पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो । आज १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम बैठकले अनुमति दिने नेताहरुको दाबी छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित…

Read More

काठमाडौं – जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिदबिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतले साबिक जर्बुटा वडा नम्बर ३ (क) कित्ता नम्बर ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद-बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरूप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिस्ट्रेसन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा…

Read More

एजेन्सी – मन्त्रिपरिषद्का धेरै सदस्यहरूले राजीनामा दिए पनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन पदमा ‘टाँसिरहने’ दाउमा छन् । राष्ट्रिय हितविपरित काम गरेको भन्दै पार्टीकै नेता र सांसदहरूले राजीनमा दिन बोरिसमाथि दबाब दिएका छन् । प्रिती पटेल र ग्रान्ट साप्ससहित प्रधानमन्त्रीका अधिकांश समर्थकले पनि उनलाई राजीनामा दिन सुझाएका छन् । त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाइ राजीनामा दिने लहर जारी छ । अहिलेसम्म वेल्स सेक्रेटरी साइमन हार्ट राजीनामा गर्ने सबैभन्दा पछिल्ला क्याबिनेट मन्त्री हुन् । त्यस्तै, महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले ‘लिडरसिप च्यालेन्ज’ सुरु गरेका छन् । तर, प्रधानमन्त्री जोनसनले मतदाताको ‘म्यान्डेट’ भन्दै तत्काल राजीनामा नदिने संकेत गरेका छन् । बरु, आफ्ना विरोधी र राजीनामा…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा ६ वटा कार्यसूची रहेको छ। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७७-२०७८’ पेश गर्ने राखिएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको खानेपानी तथा सरसफाइ विधेयक,२०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव गर्ने र त्यसपछि सो विधेयक पारित…

Read More

पोखरा – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताए । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गर्दै छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उनले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको बताए । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेकिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उनले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले…

Read More

दार्चुला – जिल्ला कारागार दार्चुलाका ४० जना कैदीबन्दीहरुले सिलाई कटाई तालिम सिकेका छन । जिल्ला कारागार शाखा दार्चुलाले गत जेठ १५ गतेदेखि ३० दिने सिलाई कटाई सीप तालिम सञ्चालन गरेपछि उनीहरूले सिलाई कटाई तालिम सिकेको कारागार दार्चुलाले जनाएको छ ।कारागारको कैदी जीवन सकेपछि घर फर्कँदा पनि व्यवसाय सञ्चालन गर्न सजिलो होस् भन्नको लागि सिलाई कटाई तालिम सञ्चालन गरिएको जिल्ला कारागार दार्चुलाका राम राज पन्तले जानकारी दिनुभयो । खाली समयमा सीप सिक्दा उनीहरूको बाँकी जीवनलाई सघाउ पुग्ने गरी हरेक वर्ष सीप विकास तालिम सञ्चालन गर्ने गरिएको छ । आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश तथा केन्द्र सरकारको संयुक्त…

Read More

धनगढी – कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताए । उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा समान्य उपचारपछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार जारी छ । उनीहरु मध्ये दुई जनालाई आईसीयू र एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।…

Read More

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विधेयक ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबरको संसदको बैठकमा नयाँ नागरिकता विधेयक पेश हुन लागेको बताएका हुन् । ‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विधेयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विधेयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विधेयक पेश गर्ने सूचना दिएका छन् ।

Read More