जनकपुरधाम – सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् । काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं –सत्ता गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो । जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् । यसअघि जितपुर…
काठमाडौं — नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरेका छन् । शीतल निवासमा गेब्रेयसस र भण्डारीबिच छलफल भएको हो। त्यसक्रममा भण्डारीले कोरोना भाइरस महामारीका क्रममा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । यस्तै, महानिर्देशक गेब्रेयससले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र गेब्रेयससबीच छलफल भएको हो। उनी बिहीबार भारत हुँदै नेपाल भ्रमणका लागि आएका थिए ।
एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीको राष्ट्रपति भवनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । तस्विरः एफपी
काठमाडौं – आज विश्व पृथ्वी दिवस हो । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवसको…
काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
काठमाडौं– रौतहटमा इटाभट्टामा जिउँदै मान्छे हाली हत्याको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दाको सुनुवाई आज हुने भएको छ । यसअघिको सुनुवाईमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको छ । यसअघि गत वैशाख २ गते पनि सुनुवाई रहेको उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । विगत लामोसमयदेखि सुनुवाको तय भए पनि अहिलेसम्म पनि सो मुद्दा किनारा लाग्न भने सकेको छैन ।
काठमाडौं – स्थानीय तह निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको हो । अब २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए…
काठमाडौं – बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो…
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् । तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका महानिर्देशक गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेअत गरेमा हुन् । अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्ल्यूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद दिए । डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।