धनगढी: डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो। यसअघि अध्यक्षमा नियुक्त भएपछि…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा अटाे रिक्सामा बेहोस भएका एक जनाको ज्यान गरेको छ। अटोमा सवार भएका बेला बेहाेस् भएपछि उनकाे मृत्युु भएकाे हो। बिहीबार शहीदगेटदेखि चाैराहतर्फ जाँदै गरेकाे सुपप्र ०१००१ ह ४८८७ नम्बरकाे अटाेमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री अचानक बेहाेस भएका थिए। उनलाई तत्काल उपचारका लागि मायामेट्राे अस्पताल लगिएको थियाे तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए। उनकाअनुसार अटाे चालक धनगढी उपमहानगरपालिका- ४ बस्ने ४० वर्षीय नारायण थापा र अटाेमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव…
काठमाडौँ: कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो। न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो। लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित…
धनगढी: गृहमन्त्री रमेश लेखक गृहप्रदेश सुदूरपश्चिम आएका छन्। बिहीबार उनलाई धनगढी विमानस्थलमा सुरक्षा निकायका प्रमुखसहित नेपाली काँग्रेसका नेता–कार्यकर्ताले स्वागत गरे। धनगढी विमानस्थलबाट गृहजिल्ला कञ्चनपुर गएका गृहमन्त्री लेखकले भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाम दर्शन गरेका छन्। धाम दर्शनपछि धनगढी फर्केर बिहीबार धनगढीमै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। गृहमन्त्री लेखक शुक्रबार फेरि कञ्चनपुर जाने छन्। त्यहाँ मन्त्री लेखक एनप्याब्सनकाे कार्यक्रममा सहभागी हुने छन्। शुक्रबार नै नेपाली काँग्रेस कञ्चनपुरले पार्टी कार्यालयमा आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा पनि मन्त्री लेखक सहभागी हुने उनको सचिवालयले जनाएको छ। उनी शनिबार काठमाडौं फर्किने छन्।
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकामा २२ सटर प्रकरण अझै सेलाएको छैन। युवा तथा विद्यार्थी नेताहरुले उठाएको सो २२ सटर प्रकरणले भीमदत्त नगरपालिकामा विवाद थप बल्झिएको छ। उसो त पटकपटक सो प्रकरणबारे छलफल, सर्वदलीय बैठक भएर निर्णयहरु पनि भए। तर सटरवाला व्यवसायीको प्रभावमा परेर निर्णय कार्यान्वयनमा नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम लेखक जोशीले उदासीनता देखाएपछि झन विवाद विकराल बनेको हो। सटर निर्माण रोकेर फुटपाथ लगायतको निर्माण बनाउने सर्वदलीय निर्णय गरिएकोमा कार्यान्वयनमा ढिलाई भैरहेको आन्दोलनहरुले जनाएका छन्। भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार मदनचोकको २२ सटर प्रकरणले विवाद चुलिँदै गएको हो। त्यहाँ सडक चौडा गर्ने उद्देश्यले पहिले भत्काइएका सटर पुनः मापदण्डविपरीत निर्माण गर्न…
धनगढी : पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो। धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ। बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन। चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै…
धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको त्रिनगर नाकास्थित भन्सार र भन्सारका हाकिम अनन्त तिमिल्सिना विवादमा तानिएका छन्। हिजो (बुधबार) नाकाबाट पास हुँदै लाखौंको फलफूल बोकेको गाडी आधा धनगढी पुगेपछि भन्सार प्रशासन र सशस्त्र प्रहरी बल नेपाल विवादमा मुछिएको हो। यस अगाडी पनि पटकपटक भन्सारमा तस्करी, सेटिङ हुने गरेको भन्दै विवाद आउने गरेको थियो। यद्यपि भन्सार छलेको भागेको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सो भारतीय गाडीलाई सशस्त्रले १५ लाख १९ हजार रुपैयाँ बिगोसहित नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएपछि सशस्त्र र भन्सार प्रशासनको कमजोरी फेरि सतहमा आएको हो। यूपी २५ एफटी ०९३८ नम्बरको भारतीय ट्रकमा भन्सार छल्दै अङ्गुर, अनार, र अम्बा धनगढी…
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कमिसन खान मात्रै त्यस्ता योजना अघि सारिने दाबी गरे। ‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले,’ नेपालले भने, ‘ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला। त्यो चल्छ त्यहाँ विमानस्थल? बैतडीमा चलिरहेको छ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन? के छ त्यसको हालत? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन? उदयपुरमा के आवश्यकता छ? किन बनाउनु पर्यो भने त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा…
काठमाडौँ: अस्ट्रेलियामा अपार्टमेन्टको सातौँ तलाबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ। ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको भएको समाचारमा उल्लेख छ। दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन्। यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ। प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। दीक्षाले केही अघिमात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन्। प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ।
बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका २६ वर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका छन्। रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका उनी भारतको बाटो हुँदै घर फर्कने क्रममा मुरादावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए। धामीमा मानसिक समस्या देखिएको थियो। उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो। कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाडौँको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए। भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन्। मृतक धामीको घरमा श्रीमती र एक छोरी छन्।