Author: महेन्द्रनगर पोष्ट

पोखरा – सांसदले बाँड्दै आएका ७२ करोड रुपैयाँ बजेट अर्थमन्त्रीले काटिदिएपछि गण्डकीमा आर्थिक वर्ष सकिनै लाग्दा समेत बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । अर्थमन्त्री रामजी बरालले १ असारमा बजेट सार्वजनिक गरेपछि ५ असारका लागि डाकिएको बजेट छलफल आधा असार सकिन लाग्दासमेत सुरु हुन सकेन । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट अर्थमन्त्री बरालले हटाएपछि सत्तारुढ र प्रतिपक्षी सांसद समेत बरालको विरुद्धमा लागेका छन् । उनीहरुले बरालको राजीनामा समेत मागेका छन् । लामो समय निकास ननिस्किएपछि केन्द्रीय नेतृत्वसँग छलफल गरेर छुटेका कार्यक्रम राख्ने सहमतिसहित पोखरा फर्किएका अर्थमन्त्री बरालले पुनः पूरानै अडान दोहोर्‍याए । ‘यो कार्यक्रम अब आउँदैन । काठमाडौंमा…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका छन् । आज (बुधबार) पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारण मात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए । प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौँ, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौँ क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारण मात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ…

Read More

कास्की – देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ । भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, ‘हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।’ भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए । यसैबीच पोखरा महानगरका…

Read More

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसपश्चात…

Read More

काठमाडौं – काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो । ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । क्षतीबारे थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सेयरिङ लभ नेपालका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री कापि किताब, पेन पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु वितरण गरिएको बताए । विद्यालयको शैंचालय अवस्था जिर्ण देखिएकोले सेयरिङ लभ नेपालले विभिन्न सहयोग गर्नुका साथै शौचालयको अवस्था हेरेर नयाँ तरिकाले बनाउने घोषणा समेत गरिएको छयस संस्थाले विगत ४ बर्ष देखि सामाजिक कार्यहरु गर्दै आएको छ । साथै विधार्थीहरुको लागी स्टेशनरी समानहरु वितरण गरि रहेको छ…

Read More

महेन्द्रनगर – आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी सबै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको र यो अवस्था…

Read More

काठमाडौं – सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ । डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी भएको पानी मात्रै पिउन भनेको हो । खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री वितरण गरेको जानकारी भएमा विभागलाई सूचना दिन नागरिकलाई आग्रह गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो । मापदण्ड विपरीतको पानी पाइएमा कारबाही समेत हुने विभागले बताएको छ ।

Read More

काठमाडौं – वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा मार्फत जानकारी सार्वजनिक गरिएको छ ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमेका नेताहरु मंगलबार पनि उपस्थित भएका छैनन्। नेताहरु प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान) बैठकमा उपस्थित नभएका हुन्। बैठकमा विरोध खतिवडा भने उपस्थित छन्। खतिवडा सोमबारको बैठकमा पनि साँझ एकैछिन गएका थिए। सोमबारको बैठकमा पुगेकी झाँक्री भने मंगलबार गएकी छैनन्।आलेको मोवाइलमा सम्पर्क हुन सकेन भने श्रेष्ठ पारिवारिक काममा व्यस्त भएको भन्दै बैठकमा नगएको बुझिएको छ।नवनियुक्त मन्त्रीमध्ये स्वास्थमन्त्री भवानी खापुङ मात्र बैठकमा उपस्थित छन्।अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछन्।

Read More