Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्का सदस्यलाई कार्यभार तोकिदिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार ताकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका हुन् । तीन मन्त्री फरक फरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा जानुभएकाले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो । त्यस्तै प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज रसियामा आयोजना…

Read More

काठमाडौं – अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने हुन्छ। ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जान्छ। हालसम्म ३९ देशमा फेला परेको मंकीपक्स १६ सय भन्दा बढीमा पुष्टि…

Read More

काठमाडौं – जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । आज बिहिबार नियमित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्णय सार्वजनिक गर्दै सरकारले मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको बताए । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः-सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिएको राजीनामा स्वीकृत गर्ने। – सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गरेका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने। – एपीजी-एसिया प्यासिफिक ग्रुप अफ मनी लन्ड्रिङको मिति २०८९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा…

Read More

काठमाडौ – नेपाल प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो। उनीहरु पाँच वटा समूहमा आएका थिए। एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ। ब्यूरोले बिहीबार अर्थात आज पत्रकार सम्मलेन गरेर यो ठूलो सफलताको सार्वजनिक गरेको छ। लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीको यो अहिलेसम्मकै ऐतिहासिक सफलता हो। अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हुनसक्ने अनुमान गरिएको छ। सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ। एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको…

Read More

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका रावलले भने, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’ नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिबिना…

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले एसपीपी सम्झौताबारे कुन सरकारको पालामा के के भएको हो? वर्तमान सरकारले त्यो सबै कुरा बाहिर ल्याउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता लेखकले भने, ‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र २०१७ मा नेपालले आग्रह गरेको र सन् २०१९ मा स्विकृत भएको भन्ने कुरा बाहिर ल्याएको छ । नेपाली सेनाले यसमा संलग्न नभएको कुरा स्पष्ट पारेको छ । एसपीपी २०१९ मा यो स्विकार भएको हो भने त्यो बोलामा पनि सरकार थियो होला, कसको पालामा के भएको हो ? भन्ने कुरा अहिलेको सरकारले छानबिन गर्नुपर्छ । २०१९ मा स्वीकार भएको हो भने…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा कार्यव्यस्तताको कारण देखाउँदै संसदमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले दिइरहेका छन् । प्रतिनिधिसभाको आज ९बिहीबार०को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्लाई प्रधानमन्त्री देउवा कार्यव्यस्तताले उपस्थित हुन नसक्ने पत्र आएको जानकारी गराएका थिए । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवा बिरामी वा विदेश भ्रमणमा रहेको अवस्थामा मात्रै अरुले जवाफ दिनुपर्ने माग गरेका थिए । उनले त्यसबारे जानकारी माग गरेका थिए । सभामुखले भने विगतको अभ्यास र प्रधानमन्त्री कार्यालयको…

Read More

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन्। बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो। सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए। यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए। एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा कायम गरिएका राजश्वका दर हेरफेर आवश्यक प्रक्रिया अनुसार नै गरिएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्बन्धित विभागीय प्रमुख र सचिवहरू बसेर निर्धारण गर्ने प्रचलन छ । र, सोहीअनुसार करका दरहरू हेरफेर गरिएको शर्माले बताएका हुन् । ‘राजश्वका दररेटहरूमा भएको परिवर्तनमा म पूर्ण जिम्मेवार छु । राष्ट्रघात भएको भए र कतै गद्दारी भएको भए त्यसको जिम्मेवारी लिन म तयार छु,’ अर्थमन्त्री शर्माले भने, ‘डलरको सञ्चितीलाई ध्यान दिएर र औद्योगिक उत्पादन बचाउनतर्फ अग्रसर भएर नै राजश्वका दर हेरफेर गरिएको छ ।’

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजित हुनुको कारण आफ्नै पार्टीभित्रको अन्तर्घातले भएको बताएका छन् । आज (बिहीबार) काठमाडौँका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्रै सकुनीहरु निस्केको टिप्पणी गरे । ‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झन्डै दुई तिहाइमा थियौँ’ उनले भने, ‘तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’ उनले अङ्ग्रेजले बङ्गाल आक्रमण गर्दा बङ्गालका सेनापति मिरजाफर र मिरकासिमले अङ्ग्रेजलाई सहयोग गरेको उदाहरण दिए । ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा…

Read More