Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जेठ २८ मा पूर्वी नेपालबाट भित्रिएको मनसुन अझै देशैभर फैलिन सकेको छैन। मनसुन प्रणाली आजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा फैलिए पनि सुदूरपश्चिम प्रदेशमा पुग्न सकेको छैन। प्रदेशमा मनसुन सुरु नहुँदा तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्यधिक बढेको छ । गर्मीले दुई जिल्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीमा मनसुन पुग्न अझै केही दिन समय लाग्ने छ। नेपालमा औसत मितिभन्दा तीन दिन छिटो कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिए पनि देशभर सक्रिय नहुँदा किसानलाई धान खोप्न समस्या भइरहेको छ।

Read More

काठमाडाैं: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्। आफ्ना पूर्व पार्टनरसमेत रहेका राईको लोकेशन पत्ता लागिसकेको र नेपाल ल्याउने तयारी थालिएको उनले बताएका हुन्। बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मलेसियाको गृहमन्त्रीले जिबी राईको लोकेशन कन्फर्म गरेको बताए। उताका गृहमन्त्रीकाे कुराकानीमा जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भएको उनले बताए। सुपुर्दुगी सन्धिलगायतका कारणले राईलाई तत्काल नेपाल ल्याउन नमिलेको लामिछानेले बताएका छन्। लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए। “टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ।” कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले पष्ट पारे। थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक…

Read More

काठमाडौं : पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् । त्यसैगरी सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेशपछि धरौटी तिरेर रिहा भएका छ्न ।

Read More

चितवन : गृहमन्त्री रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । उनले जिबि कहाँ छन् भन्ने कुरा जानकारी भइसकेको र मलेसियाका गृहमन्त्रीसँग पनि आफ्नो कुराकानी भएको बताएका छन । राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

Read More

सर्लाही: बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँका १५ वर्षीय बालक अबिरल चन्दको बुधवार ज्यान गएको हो। बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र…

Read More

काठमाडौं: आईसीसी टी–२० विश्वकपको सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए। दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए ।

Read More

काठमाडौं: सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छ । आज प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाकारी दिएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका छन । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने छ्न । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय…

Read More