Author: महेन्द्रनगर पोष्ट

नेपालगञ्ज – प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका…

Read More

एजेन्सी  – चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३० लाखभन्दा बढी माछालाई छोडिएको छ । हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजातिलगायत केही संरक्षित प्रजातिहरू पनि छन् । कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो । कृषि तथा ग्रामीण मामिलासम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरूलाई छोडिएको छ। एजेन्सी

Read More

गुल्मी- गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको इस्मा गाउँपालिका–५ की ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। अपरान्ह बारीमा मकै खन्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए।

Read More

कैलाली- कैलालीमा मोटरसाइकल र पावर टिलर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार जानकी गाउँपालिका-३ सुवर्णपुरस्थित भित्रि सडकखण्डमा टीकापुरबाट उत्तरतर्फ गइरहेको बा प्र ०२०३५ प ६८६० नम्बरको मोटरसाइकल र सोही दिशाबाट गइरहेको पावर टिलर ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-१ का १८ वर्षीय विष्णु विक र मोटरसाइकलकै पछाडि सवार उनकी आमा ३५ वर्षीया ईशारा विक घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरु दुवै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ। दुवै सवारी साधनसहित पावर टिलर चालक जानकी-८ का २९ वर्षीय लक्षुराम चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको…

Read More

बैतडी- बैतडीमा यही जेठ १७ गतेबाट सम्पर्कबिहीन प्रेमसिंह रावत मृत अवस्थामा भेटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सौंडालीका अन्दाजी ३० वर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा भेटिएका हुन् । बोल्न नसक्ने सुस्त मनस्थिति भएका रावत १७ गते बिहानबाट सम्पर्कबिहीन रहेका थिए । रावतको शव भीरमा अड्केको र सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाबार अनुसन्धान भइरहेको उहाँले बताएका छन् ।

Read More

बैतडी- जिल्ला समन्वय समिति बैतडीको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेदेखि मतदान सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान ९ बजेसम्म चल्ने छ । गठबन्धन दलसंगै स्वतन्त्र एकातिर छन् भने एमाले एक्लै छ । प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी उम्मेदवार छन् भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी रहेको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवर र एमालेबाट हेमा भट्ट चुनावी मैदानमा रहेका छन् । यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा नेकपा माओवादी केन्द्रका प्रेमसिंह भाटको उम्मेदवारी रहेको छ । एमालेबाट ईश्वरबहादुर बोहरा,…

Read More

आज- २४ जेठ २०७९ मंगलवार । यस्तो छ आजको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कर्कट(हि, हु, हे, हो,…

Read More

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा अध्ययनरत कोभिड-१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्तीसम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड-१९ महामारीको अवधिमा नेपाल फर्की आएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया सुरु गरिएको जनाएको हो । मन्त्रालयको वेबसाइटमा ती विद्यार्थीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ । सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा…

Read More

बुटवल – नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबिच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ । सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरेको निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गरिएको एक मन्त्रीले जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।

Read More