Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइरहेको छ । मौसमविद् का अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । शनिबार राति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो । यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । प्रि मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा स्वतन्त्रका उम्मेदवारको प्यानल विजयी भएको छ । वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन् । वडा अध्यक्षमा राना श्रवण ८१८ मतसहित विजयी भएका छन् । त्यस्तै, महिला सदस्यामा देवी कार्की ६३२ मत, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१ मत, सदस्यमा दिपेश मल्ल ६६४ मत र दुलेराम राना ६१३ मत ल्याएर विजयी भएका छन् । उनीहरु सबै गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ मा नेकपा माओबादी विजयी भएको छ । एमाले र नेपाली काँग्रेस बर्चश्व रहेको सो क्षेत्रमा माओबादीका भोजराज जोशी निर्वाचित भएका हुन् । माओवादी नेता जोशी काँग्रेसका गम्भिरसिंह ऐरीलाई ६२ मत अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भए । जोशीले ५३१, ऐरीले ४६९ मत ल्याएका थिए । एमालेकी सितादेवी सिहले १६५, राप्रपाका पार्वती भट्टले ९१ मत ल्याएका थिए । यस अघि उक्त वडामा कहिले एमाले, कहिले काँग्रेसले जित्दै आएको थियो ।

Read More

कैलाली- कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका १२ वटा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीले प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाइ गरी छाडिएको जनाएको छ । कतिपय सरकारी गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाएपछि स्थानीय प्रशासनले त्यसमा कडाई गर्न सुरु गरेको हो । बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइने व्यवस्था छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनीका सक्रिय पत्रकार पप्पु गुरुङ्गमाथि कुटपिट भएको छ । स्थानीय भुपेन्द्र ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखिएको विषयलाई लिएर पत्रकार गुरुङ्गमाथि कुटपिट गरेका हुन् । शनिबार पत्रकार गुरुङ्गकै कार्यालय दोधाराचाँदनीमा कुटपिट गरिएको घाइते पत्रकार गुरुङ्गले बताए । पत्रकार गुरुङ्गले आफुमाथि भुपेन्द्र ओलीले र श्रीमती रन्तादेवी ओली कार्यालयमा आएर कुटपिट गरेको बताए । उनले आफूलाई कुटपिट गरेर, क्यामेरा, फोन र कार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् । ओली दाम्पतीको कुटपिटबाट पत्रकार गुरुङ्ग घाइते भएका छन् । पत्रकार गुरुङ्गमाथि कुटपिट भएको विषयमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरले घटनाबारे भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेको छ…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र खड्का प्यानलसहित विजयी भएका छन् । उनी १३५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७५१ मत पाए । राप्रपाका उम्मेदवारले ५२५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २४९ मत पाए ।

Read More

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा हेलो मेयर कार्यक्रम सुरु हुने भएको छ । नवनिर्वाचित नगर प्रमुख पुस्करराज जोशीले पदभार ग्रहण गर्दै हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका बताएका हुन् । नागरिकहरुका गुनासो सुन्न हरेक बैतडीशुक्रबार ३ देखि ५ बजेसम्म नगर प्रमुखलाई सिधै गुनासो राख्न सक्ने नगर प्रमुख जोशीले बताए । उनले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राख्ने बताएका छन् । नगरप्रमुख जोशीले शुक्रबार पद तथा गोपनियताको सफथग्रहण गरेका थिए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेसका प्रेमबहादुर भण्डारी ६६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नविनसिंह कोलीले ६१० मत ल्याएर पराजित बने । यस्तै सम्पूर्ण वडा सदस्य पनि काँग्रेसबाट विजयी भएका छन् ।

Read More

बैतडी- बैतडीका विभिन्न ठाउँहरुमा शुक्रबार आएको हावाहुरीसँगैको असिनापानीले तरकारीमा क्षति गरेको छ । बन्दा काउली, टमाटर, आलुखेती लगायतका तरकारीहरु नष्ट गरेको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका, दशरथचन्द, नगरपालिका, पाटन, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका सुर्नया गाउँपालिकाका विभिन्न ठाउँहरुमा असिनापानीले कृषिबालीमा क्षति पुर्याएको स्थानीयहरुले बताइका छन् । हावाहुरीले जिल्लाका केही ठाँउका घर विद्यालय गाउँघर स्वास्थ्य क्लिनिक भवनको छानो समेत उडाएको बताएको छ ।

Read More

मकवानपुर- मकवानपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको गाडी जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौँडा अस्पतालमा पुर्याइएका तीन जना र एक जनाको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More