Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८३ हजार ६८२ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कूल खसेकामध्ये पूर्णरुपमा ०.७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि…

Read More

पोखरा – पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ । अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि…

Read More

कैलाली- यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा पालिका जितेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामा ठूलो दल बन्न सफल भएको छ । जानकी गाउँपालिकामा पनि विजेता बनेपछि नागरिक उन्मुक्ति जिल्लाकै सबैभन्दा ठूलो दल बनेको हो । जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित…

Read More

लिस्बन- वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल रहेका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए । सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले…

Read More

चितवन- चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका मेयरका उम्मेदवार रेणु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले नगरपालिकाका १४ वटा वडाको मत गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङसँग १२ हजार २०० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।…

Read More

काठमाडौं– काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरमा ९० हजार २९२ मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार २ सय ६० मत पाएका छन् । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ९२ मत पाएका छन् । स्थापितभन्दा साह १५ हजार ५ सय ६८ मतले अगाडि छन् । यस्तै, मेयर पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गरेकी छन् । सिंहले स्थापितसँगको मतान्तर घटाउँदै गएकी छन् । स्थापित सिंहभन्दा मात्रै १ सय १३ मतले अगाडि छन् ।

Read More

डोटी- हावारीका कारण गुडिरहेको जीपमाथि रुख ढल्दा डोटीमा तीन जना घाइते भएका छन् । राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढलेको हो । दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफि प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Read More

डोटी- धनगढीबाट अछाम जाँदै गरेको बस डोटीस्थित सेती नदीमा दुर्घटना भएको छ । ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको डोटी प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन् । बस करिब ५० मिटर तल खसेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन् । ५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन् । रानाले १० हजार ८८० र अधिकारीले…

Read More

कैलाली- कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी तर्फ आइरहेको से १ च ४४८ नम्बरको जिपले म२प६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनी व्यारेक नजिक जंगलमा ठक्कर दिएको हो । दुर्घटनामा बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम घाइते भएका थिए । उनको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More