Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन्। उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला (सिडिओ) अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका हुन्। ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ। हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर…

Read More

कैलाली-कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्थान मिलाउन स्थानीय परिचयपत्र अभ्यासका लागि सम्झौता भएको छ। सरकार संगको सहकार्यमा गोदावरी नगरपालिका र कैलाली भित्रका सबै घरधुरीको तथ्यांक संकलन व्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि सम्झौता भएको हो । गोदावरी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बीच संझौता भएको छ । केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रक्रिया सहजिकरण गर्ने छ । किसान परिचय पत्र वितरणका लागि गोदावरी नगरपालिको कार्यपालिकाबाट किसान परिचय पत्र वितरण एवम् सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ तर्जुमा गरेको छ । यस्तै वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने…

Read More

काठमाडौं-‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको डलास शहरमा आयोजना हुने भएको छ। राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराएको हो। ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्। अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए। कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन। अवार्ड…

Read More

काठमाडौं-वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु भएको छ। आज विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ। रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ। तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए।वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस…

Read More

संखुवासभा- संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ। संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो। हाम्रा संखुवासभा संवाददाता भविन कार्कीले १४ जनाको मृत्यु भएको र पाँच जनाको जिवितै उद्दार गरिएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि गरेको उनले जानकारी दिए। मृतकहरुको पहिचान भइसकेको छैन्।

Read More

बनेपा-काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ। बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन्। वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताए विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले…

Read More

दार्चुला-एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दार्चुलाको अध्यक्षमा गणेश सिह सामन्त निर्वाचित भएका छन्। अनेरास्ववियु दार्चुलाको १३ औं जिल्ला अधिवेशनले सामन्तलाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। केन्द्रिय उपाध्यक्ष एबं सुदुुरपश्चिम प्रदेश इन्चार्ज मोती बिकका अनुसार सबै पदाधिकारी र ३२सदस्य सर्वसम्मत चयन भएका हुन्। उपाध्यक्षमा सन्तोष सिह ठगुन्ना चयन भएका छन । यस्तै सचिवमा नरेन्द्र प्रसाद जोशी सहित ३२ सदस्यीय समिति चयन भएको अनेरास्ववियु दार्चुलाका नव निर्वाचित अध्यक्ष सामन्तले जानकारी दिए। यस्तै सहसचिवमा रेसिका धामी, धनसिह बडाल सुरेन्द्र जोशी सह सचिवमा चयन भएका छन। कोषाध्यक्षमा कृष्ण सिह धामी चयन भएका छन। अनेरास्ववियुका जिल्ला अध्यक्ष आनसिह बडालको अध्यक्षतामा गरिएको कार्यक्रममा उदघाटन…

Read More

काठमाडौँ-सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स,दोहोरी क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो। रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए। कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो। 1646838593265244Download

Read More

कैलाली- सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । बागमती र फ्रेन्ड्सबीचको खेल ३ बजेपछि सुरु हुनेछ।आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ। सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो। फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा…

Read More