काठमाडौँ-सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स,दोहोरी क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो।
रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए।
कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो।
Facebook Comments Box