Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ४ हजार ८ सय मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका लोकेन्द्र मल्लले ४ हजार १ सय ९४ मतसहित पछ्याइरहेका छन् । नगरपालिकाको वडानम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ भने वडानम्बर ४ र ७ को मतगणना चलिरहेको छ। यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६ सय १६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ४ हजार ३ सय ३२ मत ल्याएकी छन् ।

Read More

कैलाली- कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका ४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र अन्दाजी ६० वर्षीय पुरुष मृत फेला परेका हुन् । भारत घर भएका उनको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुधबार मृत अवस्थामा फेला परेका उनको हालसम्म सनाखत हुन सकेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Read More

कैलाली- स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । उक्त पार्टीले ३४ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ । प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अब प्रदेशका एक उपमहानगरपालिका, एक गाउँपालिका र १० नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी…

Read More

नयाँ दिल्ली- पूर्वक्रिकेटर तथा कांग्रेस नेता नवजोत सिंह सिद्धु ‘रोडरेज’ घटनामा दोषी ठहर भएका छन् । उनलाई भारतको सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । सन् १९९८ को ‘रोडरेज’ घटनामा पुर्नविचार गर्दै अदालतले एक वर्ष जेल सजायको फैसला सुनाएको हो । यसअघि अदालतले सन् २०१८ मे १५ मा सिद्धुलाई एक हजार रुपैयाँको सजाय सुनाएको थियो । सन् १९९८ मा सिद्धुले पटियालाको एक बजारमा पार्किङको विषयमालाई लिएर ६५ वर्षका गुरनाम सिंहमाथि कुटपिट गरेका थिए । गुरनामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । रिपोर्टका अनुसार ह्दयघातका कारण उनको मृत्यु भएपनि सिद्धुमाथि हत्याको आरोप लगाउँदै मुद्धा दायर भएको थियो ।…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४१५ मत प्राप्त गरेका छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १२३ मत ल्याएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ३ हजार ७७४ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनकै तर्फबाट माओबादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले ७ हजार ४५७ मत ल्याएकी छन् । उनलाई पछयाइरहेकी एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत प्राप्त गरेका छन् ।

Read More

डडेल्धुरा- डडेल्धुराका नवनिर्वाचित सात स्थानीय तहका प्रमुखहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले दुई नगरपालिका र पाँच गाउँपालिका नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयतको सपथ खुवाएका हुन् । अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट, गन्यापधुरा अध्यक्षका इन्द्रबहादुर कार्की, नवदुर्गाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र भागेश्वर गाउँपालिकाकाका अध्यक्ष हेमराज चटौतले लिएले सपथ ग्रहण गरेका छन् । सपथ खुवाइसकेपछि जिल्ला न्यायाधीश शर्माले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै जनताको भावना अनुसार काम गर्न आग्रह गरे । आफ्नो पालिकाको…

Read More

कैलाली- कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी मेयरमा विजयी भए । उनले निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजार बढी मतान्तरले पराजित गरे । केवलले आठ हजार ९६६ मत पाए भने शेरबहादुरले पाँच हजार १९८ मत पाए । यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् । उपप्रमुखमा तिरुवाले सात हजार ६२२ मत ल्याइन् भने भण्डारीचार हजार ४९० मत पाए । नगरपालिकामा प्रमुख, उपप्रमुख जितेको नागरिक…

Read More

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए । हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् । जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ६५६ जना र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका प्रवक्ता पौडेलले बताए । ३५ हजार २२१ पदमध्ये हालसम्म करिब ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको उनको भनाई छ । ५ जेठभित्रमा मतगणना सम्पन्न…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले विभिन्न निर्णय गरेको छ । सशस्त्र महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा बसेको  परामर्श समितिको बैठकले विभिन्न १० निर्णय गरेको छ । बुधबार बसेको बैठकले सशस्त्र कर्मचारीलगायत उनीहरुको परिवारका साथै उनीहरुको जीवनवृत्तिको विकासका लागि विभिन्न निर्णयहरु गरी कार्यान्वयन गर्नका लागि निर्देशन समेत दिएको छ । जसअनुसार जुनियर अधिकृत तथा बिल्लादारलगायतलाई विभिन्न प्रमाणपत्र उपलब्ध गराउने, सशस्त्र प्रहरी कर्मचारीको बृहत्तर सुविधानलाई ध्यानमा राख्दै विभिन्न सेवाहरु प्रदान गर्ने, सशस्त्रका परिचरहरुलाई जवान सरहको फ्रिस्केलका सामानलगायतका, पोशाकलगायतको सुविधा दिने लगायतको निर्णयहरु गरेको छ । बैठकबाट विभिन्न १० निर्णयहरु गरी कार्यार्थका लागि निर्देशन दिएको सशस्त्रका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) विदुर खड्काले…

Read More

काठमाडौं – नेपालमा गत २४ घन्टामा थप १२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३६२७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ९ जना संक्रमण मुक्त भएका छन् भने कोही पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छैन । अहिलेको अवस्थामा नेपालमा १५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Read More