Author: महेन्द्रनगर पोष्ट

कैलाली- धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसका बुद्धि खड्का विजयी भएका छन् । खड्काले १ हजार ५९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी स्तन्त्र उम्मेदवार शिद्धराज पनेरुले ७१० मत ल्याएर पराजित भए ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये तीन जिल्लामा प्रमुख तीन ठूला दल फरक जिल्लामा जितबिहीन बनेका छन् । नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । यद्यपि यहाँ नेपाली कांग्रेसले तीन उपप्रमुख पदमा भने विजय हासिल गरेको छ । दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । दार्चुलामा महाकाली नगरपालिकासहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जित हासिल गरेको छ । यसैगरी, नेकपा माओवादी…

Read More

डोटी- डोटीमा सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका ९ वटा पालिकामध्ये सातवटा पालिकामा कांग्रेस विजयी भएको छ । काँग्रेस बाँकी दुई पालिकामा पनि झिनो मतले पराजित भएको हो । जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपकबहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो । बाँकी दुई पालिकामध्ये पनि एकमा एमाले र एक पालिकामा माओबादी विजयी भएको छ । जिल्लामा नेकपा (एकीकृत समाजबादी) जितबिहीन बनेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६८ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ३२ पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । त्यसैगरि २३ पालिका एमाले र १२ पालिका माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । तर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा एकीकृत समाजबादीले भने अहिलेसम्म कुनै पनि स्थानमा जित हात पार्न सकेको छैन । पदेशका ८८ स्थानीय तहमध्ये ६८ पालिकाको मतपरिणामको अन्तिम नतिजा आउँदा एकीकृत समाजबादी शून्यमै छ । नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्‍दा ठूलो दल हो । ५२ सदस्यीय प्रदेश सभामा १४ जना सांसद एकीकृत…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २६ हजार ४१९ मतगणना गर्दा झण्डै आधा मत ल्याएका छन् । बुधबार बेलुका ५ बजे सार्वजनिक परिणाम अनुसार हमालले १२ हजार ३०४ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन् । हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर पुगेको छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मत पाएकी छन् । एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन् । अहिलेसम्म…

Read More

पोखरा — विवादका कारण केहीबेर मतगणना स्थगित भएको पोखरा महानगरपालिकाको मतगणना अहिले पुन: सुरु भएको छ । मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि मतगणना प्रभावित भएको थियाे । सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवाद भएको थियो । वडा नम्बर ७ को मतगणना भइरहँदा एमाले प्रतिनिधिले नेपाली कांग्रेसले धेरै प्रतिनिधि प्रवेश गराएको आरोप लगाएका थिए । कांग्रेसका प्रतिनिधिले भने गठबन्धनका दलको तर्फबाट गणक प्रतिनिधि खटाएको दाबी गरेका छन् । त्यही क्रममा विवाद हुँदा केही बेर मतगणना स्थगित भएको हो । एमाले कार्यकर्ताले मतगणना भइरहेको हल बाहिर नाराबाजी गरेपछि…

Read More

धरान – धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मतपरिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना स्थगित रोकिएको हो । मतगणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।

Read More

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी निर्वार्चित भएपछि अहिले उनी पनि घरदैलो अभियानमा लागेका छन् । नेकपा एमाले बाट निर्वार्चित भएका धामी अहिले गाउँपालिकाका विभिन्न बस्तीहुदै घरदैलोमा गएका छन् । पछिल्लो समय विभिन्न जनपछिय कामबाट लोकप्रिय बन्दै गएका धामी गाउपालिकाका अध्यक्ष बनेपछि अहिले जनताको घरदैलोमा हुमिएर जनताको आशिर्वाद लिन थालेका छन् । २०५४ सालमा अनेरास्ववियू जिल्ला कमिटिका अध्यक्ष, बनेका धामी २०५९ मा पत्रकार महासंघ दार्चुला बैतडी शाखाको संस्थापक उपसभापति, हुदै २०६३ मा कालापानी पोष्ट साप्ताहिकको सम्पादक, तथा २०६५ मा मिडिया विकास समाज नेपाल दार्चुलाको अध्यक्ष भएर काम गरेका थिए । गत बैशाख ३० गते शुक्रबार सम्पन्न भएको…

Read More

पोखरा – पोखराको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेदवार र नेताहरुले नाराबाजी गरेका हुन् ।

Read More

काठमाडौं – निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देशन दिएको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठुलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी नेपालको संविधानबमोजिम विभिन्न तहका निर्वाचनको…

Read More